यू–१९ एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल

एजेन्सी – श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध पहिले ब्याटिङ गरेको छ । कोलम्बोमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङको लागी निम्तो पाएको हो ।

नेपालले पहिलो खेलमा घरेलु टोली श्रीलंकासंग डीएल मेथोडका आधारमा ५ विकेटले पराजित भएको थियो ।

अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउन नेपाललाई आज जित्नैपर्ने दबाब छ । पहिलो खेलको पराजयले नेपालको सेमिफाईनल पुग्ने सम्भावना कठिन बनेको छ । समूह चरणको अन्तिम खेल नेपालले मंगलबार युएईसंग खेल्नेछ । समूहको शीर्ष दुई टिम सेमिफाईनलमा पुग्नेछन् ।

पछिल्लो पाँच खेलको हेड टु हेडमा बंगलादेश बलियो रहेको छ । पाँच भेटमा बंगलादेशले ४ खेल जितेको छ । एक खेल भने वर्षाको कारण नतिजा विहिन भएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया