पूर्व शिक्षक शर्माको निधन

भावुक योगी / बर्दिया – बर्दिया जिल्लाकै अग्रणी शैक्षिक संस्था चुरे माध्यामिक विद्यालय, बगनाहाका पूर्व शिक्षक राममणी शर्मा अधिकारीको बुधवार राती निधन भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका ४ बर्गदा निवासी राममणी शर्मा अधिकारीको उपचारका क्रममा ७४ वर्षको उमेरमा बुधवार राती निधन भएको हो । स्वर्गिय शर्माको शवलाई विहिवार विहान बबई नदीमा अन्तेष्टि गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार समिति सदस्य समेत रहेका स्वर्गिय शर्माको शवमा पार्टीको झण्डा ओढाए पश्चात अन्तेष्टि गरिएको नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी दिलबहादुर कठायतले बताए ।

वि.सं. २००३ साल असोज ६ गते प्युठानको सल्लीबेसी नयाँगाउँमा जन्मेका स्वर्गिय शर्मा २०२६ सालतिर बर्दिया बसाई सरी आएका थिए । २०२९ सालमा शिक्षक भएका स्वर्गिय शिक्षक शर्माले जोगीगाउँको विद्यालयबाट सरुवा भई २०३५ सालदेखि बगनाहाको चुरे माध्यामिक विद्यालयमा पढाउन सुरु गरेका थिए । उनले चुरे मावि बगनाहाबाट २०६३ सालमा शिक्षक पेशाबाट अवकास लिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया