अवैध सामानको आयात नियन्त्रण गर्न माग गर्दै दाङको तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्वमा आएका उद्योगी व्यवसायीहरुले मंगलवार नेपालगन्ज भन्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरीका स्थानीय प्रमुखसंग भेटेका छन् ।
नेपालगन्ज भञ्सार प्रमुख शान्तिराम निरौलालाई ज्ञापनपत्र बुझाउँदै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतले अवैधरुपमा भित्रिने सामान बजारमा पुग्दा कर तिरेर व्यापार गरिरहेका व्यवसायीलाई समस्या परेको बताउनुभयो । ज्ञापन पत्र बुझाउने कार्यक्रममा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले अवैध काम गर्ने व्यवसायीलाई कहिल्यै प्रोत्साहन नगरिएको भन्दै भन्सारबाट हुने अवैध निकासी रोक्न माग गर्नुभयो ।
अवैधरुपमा भित्रिएका सामानहरु गाउँ गाउँ पुगेर बिक्री बितरण गर्दा बैधरुपमा कर तिरेर ब्यापार गरिरहेका आफुहरु मर्कामा परेको व्यवसायीको गुनासो छ । तुलसीपुरबाट आएका व्यवसायीले भञ्सार प्रमुख निरौलासहित बाँकेका प्रहरी प्रमुख बिरबहादुर ओली, सशस्त्र प्रहरीका प्रमुख दिपक अधिकारी लगायतसंग भेटका थिए । व्यवसायीलाई नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले साथ दिनुभएको थियो ।