विद्यार्थी नेता र क्याम्पस प्रशासनबीच उत्पन्न तनाव बढ्दै जाँदा महेन्द्र बहुमुखी क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनहरुले क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेश गर्न नदिने घोषणा गरेका छन् । (हेर्नुस् विज्ञप्ति)
क्याम्पस प्रशासन समक्ष विभिन्न मागको सुनुवाईमा बेवास्ता गरेको भन्दै चार विद्यार्थी संगठनहरुले क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेश गर्नरोक लगाएको संयुक्त प्रेस विज्ञप्ती जारी गरेरै जनाएका छन् । आफ्ना माग पूरा गर्न कुनै चासो नदेखाएकाले आन्दोलनमा उत्रन बाध्य भएको भन्दै विद्यार्थी संगठनहरुले मनोमानी गर्न नदिने चेतावनी दिएका हुन् ।
शैक्षिक क्यालेण्डर अनुसार नियमित पठनपाठनको व्यवस्था हुनुपर्ने, मनोमानी ढंगले गरिएका शुल्क बृद्धिलाई वैज्ञानिक मापदण्डमा गरिनुपर्ने, सेमेष्टेर कार्यक्रमहरुमा अपारदर्शी ढंगले वितरण गरिएका छात्रबृत्तिलाई खारेज गरिनुपर्ने लगायतका माग गरिएको छ ।