नेपालगन्जमा हुन्डाई ‘भेन्यु’ लन्च



नेपालगन्जमा हुन्डाई गाडीको नयाँ प्रोडक्ट ‘भेन्यू’ लन्च गरिएको छ । राजधानी काठमाडौंमा नेपालको लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई भेन्यू सार्वजनिक गरेसँगै नेपालगन्जमा विहीवार हिम अटोले बाँकेका मिडियाकर्मीबीच ‘भेन्यू’ लन्च गरेको हो ।


दर्जनबढी मिडियाका प्रतिनिधिहरुबीच हिम अटोका प्रवन्ध निर्देशक रविन्सन श्रेष्ठ र हुन्डाईका बिक्री प्रवन्धक बिमल गौतमले ‘भेन्यू’ लन्च गर्दै नेपालगन्जमा आकर्षक सबै मोडेलका भेन्यू आइपुगेको बताए । उनीहरुले ३ ओटा इन्जिन अप्सनमा उपलब्ध भेन्यूको मूल्य कम्पनीले ३४ लाख ९६ हजार देखि ५३ लाख ५६ हजारसम्म निर्धारण गरेको जानकारी दिए ।
१.२ लिटर पेट्रोल इन्जिन कप्पा डुअल भिटिभिटि टेक्नोलोजीको भेन्यूले ६ हजार आरपिएममा ८३ पिएस पावर, १.४ लिटर डिजल इन्जिन यु २ सिआरडिआइ इन्जिनले ४ हजार आरपिएममा ८० पिएस पावर र १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल भिटिभिटी टेक्नोलोजि इन्जिनले ६ हजार आरपिएममा १ सय २० पिएस पावर जेनेरेट गर्छ ।
‘यो निकै आकर्षक, स्तरीय सुरक्षित रहेको रहेकाले बजारमा राम्रो छाप छोड्ने विश्वास गरेका छौं,’ पत्रकारलाई टेष्ड राइडमा लगेपछि बिक्री प्रवन्धक गौतमले दैनिक नेपालगन्जसँग भने, ‘उत्कृष्ट एक्स्टेरियर, इन्टेरियर र फिचर्समा ल्याएकाले पनि यसको बजारमा राम्रो चर्चा पाउने विश्वास गरेका छौं ।’ लन्चिङ्लगत्तै टेष्ट राइडमा निस्किएका पत्रकार दामोदर भण्डारीले क्रेताको प्यास कम पैसामैं भेन्यूले मेटाउने प्रतिक्रिया दिए । ‘प्रतिस्पर्धी मोडलहरु भन्दा महंगो पनि नभएकाले विभिन्न आधुनिक फिचर्सको प्याकेजका रुपमा रहेको भेन्यूले ठूलो संख्यामा ग्राहक बटुल्ने सम्भावना देखिन्छ,’ यसअघि क्रेताको स्वाद लिएका पत्रकार भण्डारीले दैनिक नेपालगन्जसँग भने ।
भेन्यूमा थुप्रै ‘बेस्ट इन सेगमेन्ट’ र ‘फस्र्ट इन सेगमेन्ट’ फिचर्सहरु देखाउँदै बिक्री प्रवन्धक गौतमले उत्साह व्यक्त गरे । ‘ग्राहकका लागि सबै फिचर्स निकै उपयोगी छन्,’ भेन्यू गाडी प्रिमियम अवतारमा आएको र यसमा विभिन्न आधुनिक सुविधाहरु रहेकाले कारलाई प्रिमियमस्तरको बनाएको गौतमको भनाइ छ ।
‘यसमा शक्तिशाली इन्जिनहरु प्रयोग भएका छन्,’ गौतमले भेन्यू तीन विकल्पका इन्जिनमा उपलब्ध रहेको ज्ञान गराउँदै गौतमले पत्रकारसँग भने, ‘१.२ लिटर पेट्रोल इन्जिन, १.४ डिजेल इन्जिन र १.० टर्बो पेट्रोल इन्जिनका विकल्पहरु छन् ।’ गौतमका अनुसार, १.२ लिटर पेट्रोल इन्जिन कप्पा डुअल भीतीभीटी टेक्नोलजी छ, ८३ पीएसर ६०००को सर्वाधिक पावर रहनेछ । १.४ लिटर डिजल इन्जिन यू२सीआरडीआई जसको सर्वाधिक पावर ९० पीएसर४००० आरपीएम छ । १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजी छ, जसको सर्वाधिक पावर १२० पीएसर६००० आरपीएमको रहनेछ । हुन्डाई भेन्यूले ७ स्पीड डीसीटीकोको उपलब्धता पनि प्रदान गर्ने गौतमको भनाइ छ ।
‘हुन्डाई भेन्यू एउटा सुरक्षित यात्राको सहयात्री हो,’ वाइरलेस फोन चार्जर, व्रmुज कन्ट्रोल, टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एच डी डिस्प्ले, एअर प्युरिफायर तथा रिएर ए सि भेन्ट जस्ता थप सुविधाबारे जानकारी दिंदै श्रेष्ठले भने, ‘हुन्डाई भेन्यूले नेपाली बजारमा आफ्नो छुट्टै पहिचान कायम गरि सफलतापूर्वक ग्राहकहरुको मन जित्नेमा कम्पनी विश्वस्त छ ।’
पहिलो पटक ‘मिडिया लन्चिङ’ को विधि अपनाएको हिम अटो नेपालगन्जले भेन्यूलाई स्पेसियस गाडीका रुपमा चित्रण गर्दै डिजाइनका हिसावले पनि निकै आकर्षक रहेको जनाएको छ । भेन्यूमा प्रजेक्टर हेडल्याम्प, कर्नरिङ ल्याम्प, होलोजन ल्याम्प र एलइडी डीआरएल एन्ड पोजिनिसिङ ल्याम्प दिइएको छ । मिडिया लन्चिङकै क्रममा विक्री प्रवन्धक बिमल गौतमले गाडी फिल्डमैं लगेर पत्रकारलाई राइड शो गराए । त्यहाँ उनले देखाए, भेन्यूको टेल ल्याम्प पनि एलइडीमा क्रिस्टल इफेक्टसहितको छ । यसमा डार्क क्रोम फ्रन्ट ग्रिल छ । जसले गाडीलाई निकै सानदार देखाएको छ । यसमा स्पोर्ट रुफ रेल्स छ । फूल ह्विल कभर डायमन्ड कट एलोय ह्विल पनि । ‘गाडी साँच्चिकै आकर्षक छ,’ कारका पारखी पत्रकार भण्डारीले झण्डै ३० मिनट गाडीमा बिताएपछि भने, ‘अगाडिबाट मात्रै हैन, पछाडि र साइडबाट पनि भेन्यू निकै आकर्षक देखिन्छ । रुफल एन्टेना पनि दिइएको छ ।’


विक्री प्रवन्धक गौतमका अनुसार, भेन्यूकोे इन्टेरियर निकै लोभलाग्दो छ । यसमा ब्ल्याक सिंगल टोन थिम छ । खाकी डुअल टोन थिमको अप्सन पनि छ । फेब्रिक सिट आरामदायी छ । लेदर प्याक स्पेयरिङ ह्विल र गियर नोव छ । मेटलले फिनिसिङ गरेको भित्री डोल ह्यान्डलडोरमा म्याप पकेट र सिट ब्याक पकेट पनि छ । यसमा सुपर भिजन क्लस्टर छ । हाईट एड्जस्टेबल सिट छ । अगाडि एड्जस्टेबल हेड रेस्ट छ । २ं.३२ सीएमको टच स्क्रीन डिस्प्ले अडियो भिडियो सिस्टम छ । यसमा स्मार्ट फोन कनेक्टीभिटीको सुविधा पनि छ । भ्वाइस रिगग्निसन, एन्ड्रोइड अटो, एपल कारप्ले लगायतका अप्सनहरु छन् । ‘कम मुल्यमा स्तरिय गाडीको अवतार हो यो,’ फ्रन्ट रेयर स्पीकर, फ्रन्ट ट्विटर, ब्लुटुथ कनेक्टिभिटी, अटो रिमोट एप्लिकेसको पनि सुविधा प्रयोग गरेर पत्रकारलाई देखाएपछि गौतमले दैनिक नेपालगन्जसँग भने, ‘यो गाडी निकै आरामदायी पनि छ । अफरोडमा जान सुविधाजनक तवरले बनाइएको छ । यसमा स्मार्ट इलेक्ट्रिक सन रुफ, पुस बटन स्मार्टरस्टप, एयर कन्डिसनर, रेयर एसी भेन्ट्स लगायतका सुविधा पनि छन् ।’
भेन्यूमा एयर प्युरिफायर पनि ड्राइभर रेयर भ्यु मनिटर, ग्लबबक्स कुलिङ, फ्रन्ट पावर आउटलेट लगायतका सुविधा पनि रहेको गौतमले पत्रकारलाई डेमोस्ट्रेसन गरेका थिए । गौतमले सुरक्षा हिसावले भेन्यूमा अब्बल फिचर्सहरु रहेको जानकारी गराए ।
‘वास्तवमा भेन्यू गाडीभित्र विभिन्न टुल्सहरु निकै वैज्ञानिक तवरले ‘प्लेसिङ’ गरिएकाले गर्दा गाडी निकै सुसज्जित र भव्य लाग्छ,’ माग अनुसारको गाडी उपलब्ध हुने जानकारी दिंदै हिम अटोका प्रवन्ध निर्देशक रविन्सन श्रेष्ठले भने, ‘यस्ता महत्वपूर्ण फिचर्सका कारण यो गाडी धेरै ग्राहकको नजरमा पर्ने विश्वास लिएको छु ।’ उनले प्रतिलिटर १८ किलोमिटर को माइलेज दिने विभिन्न विशेषतायुक्त भएकाले सबै वर्गमा छाप छोड्न भेन्यू सफल हुने विश्वास व्यक्त गरे ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्छ । ‘हामी छिट्टै इलेक्ट्रिक गाडी ल्याउँदैछौं,’ हिम अटोका प्रवन्ध निर्देशक श्रेष्ठले त्यसका लागि ‘चार्जिङ सेन्टर’को काम सुरु भइसकेको जानकारी दिंदै कम्पनीले आफ्टर सेल्स सर्भिसमा पनि निकै ध्यान पु¥याएको दावी गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया