‘गुरुयोजना नबन्दा सम्म बागेश्वरीमा संरचना नबनाउ’

प्रसिद्ध शक्तिपिठ बागेश्वरीको गुरुयोजना नबन्दा सम्म मन्दिर परिसरमा कुनै पनि स्थायी संरचना नबनाउन आग्रह गरिएको छ । बुधबार विकासका लागि नागरिक सरोकार समितिले आयोजना गरेको सर्वपक्षीय, सर्वदलीय बैठक गुरुयोजना नबन्दासम्म मन्दिर परिसरमा स्थायी संरचना नबनाउन आग्रह गर्ने निर्णय गरेको हो ।

समितिका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका वक्ताहरुले बोलेका थिए ।

यसअघि नेपालगन्ज उपमहानगर–पालिकाका प्रमुख डा. धवल समशेर राणाको अध्यक्षतामा सर्वदलीय, सर्वपक्षीय व्यवस्थापन समिति गठन भैसकेको छ ।

बागेश्वरी गुठीमा विजय गुप्ता उपाध्यक्ष, गोपाल अधिकारी सचिव, दिपक कुमार श्रेष्ठ कोषाध्यक्ष भएका छन् । सदस्यहरुमा मन्दिरका मुल महन्थ चन्दनाथ योगी, उपप्रमुख थापा, नेपालगन्ज–२ का वडाध्यक्ष सुनिल सिंह हमाल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत, जिल्ला मालपोत कार्यालयका अधिकृत, उच्च अदालत बारका प्रतिनिधि, गुठी संस्थानका केन्द्रीय सदस्य ओम प्रकाश आजाद, मधुसुदन शर्मा रिजाल, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य लगायत छन् ।

प्रतिक्रिया

प्रतिक्रिया