होटलबाट दमकललाई पानी, हराए सडकका फायर हाइटेन्ट ?

नगरका विभिन्न भागमा राखिएका फायर हाइटे«न्ट सडक निर्माण गरिएसँगै हराएका छन् । आगलागी हुँदा तत्काल पानीको जोहो गर्न सडकमा बनाइएका फायर हाइटे«न्ट सडक बिस्तारका क्रममा निकालिएपछि पुनः राखिएका छैनन् । त्यसैले नगरमा ठूला आगलागीका घटना हुँदा पानीको जोहो गर्न होटलको सहारा लिनु पर्ने अवस्था आएको छ ।

दीर्घकालीन सोंच राखेर आपतकालीन अवस्थामा तत्कालै पानीको व्यवस्था गर्न फायर हाइट्रेन्ट बनाइएको थियो । खानेपानी मुख्य पाइपमै जोडेर जमीनको सतह भन्दा केही फिट माथि राखिएका फायर हाइटे«न्ट अहिले नगरमा देख्न पाइँदैन । नेपालगन्जमा आपतकालीन स्थितिमा मात्र प्रयोग गर्न मिल्ने गरी बनाइएका फायर हाइटे«न्टबारे सरोकारवाला निकाय र स्थानीयबासीले संरक्षण ध्यान नदिएपछि कहाँ गए भन्ने एकिन रुपमा कसैले बताउन सक्ने अवस्था छैन ।

नेपाल खानेपानी संस्थानले नेपालगन्जमा खानेपानीको पाइप बिस्तारका क्रममा जोडिएका फायर हाइटे«न्ट सडक बिस्तारका क्रममा सुर्खेतरोडका हटाइयो तर, पुनः बनाउने तर्फ कसैले चासो दिएन । सडक बिस्तारका क्रममा खानेपानीको पाइप सर्दा निर्माण कम्पनीले नै फायर हाइटे«न्ट पनि निकालेका थिए । खानेपानी संस्थानका अनुसार, सडक निर्माणका क्रममा खानेपानीको पाइप सारियो तर, फाइर हाइट्रेन्ट सडक निर्माण कम्पनीले बनाइदिएन ।

सडक निर्माण कम्पनी र निर्माण गराउने सरकारी निकायले फायर हाइटे«न्टमा खासै चासो राखेन । निर्माण कम्पनीले पनि वेवास्ता गर्यो । सडक बिस्तारका क्रममा निकालिएका फायर हाइट्रेन्टको अवस्थाका सरोकारवाला निकायले बताउन सक्दैनन् । नगरभवन रहेको वारुण यन्त्रको कार्यालयमा दमकललाई पानी भर्न ट्यांकी बनाइएको छ । एक पटक दमकलको ट्यांकी भर्न ३० मिनेटसम्म लाग्छ । तर, पानी भर्न आउने र जाने प्रक्रियामा निभ्न लागेको आगो पुन सल्कन थालेका पछिल्ला प्रशस्तै उदाहरण छन् ।

नगरमा हुने आगलागीका घटना नियन्त्रणका लागि पानीको जोहो होटलबाट समेत गर्न थालिएका छन् । विगतमा भएका ठूला आगलागीका घटनामा पानीका लागि स्थानीय होटल सँग सहयोग लिइरहेको छ । विगतमा दुगडमा भएको आगलागीमा सिद्धार्थ भ्यूबाट दमकललाई पानी लिइएको थियो । त्यस्तै, सुर्खेतरोड स्थित श्रेया इन्टेरियर इन्डष्ट्रिजमा आगलागी हुँदा पुनः पानी भर्न जाँदा आगो दन्किएपछि होटल सिटि प्यालेसले १ लाख लिटर भन्दा बढी पानी दिएको थियो । हालै विपी चोकमा भएको आगलागीमा होटल सिग्नेटबाट समेत पानी लिइएको थियो ।

आगलागीका घटनामा नगरमा तत्काल पानीको जोहो गर्न उपमहानगरपालिकाको आफ्नै पानीको स्रोत र पानी जुटाउने योजना पाइँदैन । नगरका दमकल पानी लिन नगरभवन नै पुग्ने गरेका छन् । यसतर्फ उपमहानगरपालिकाले ध्यान नदिने हो भने आगलागीका घटनामा क्षति बढ्न सक्ने जोखिम छ । कुनै पनि ठाउँमा ठूला आगलागीका घटना हुनसक्छन् । त्यसैले उपमहानगरपालिकाले त्यस्ता घटना नियन्त्रणका लागि योजना बनाउन आवश्यक छ ।
उपमहानगरपालिकाले एक दमकल भने थपेको छ । उपमहानगरपालिकासँग हाल २ वटा दमकल रहेका छन् ।

ठूला आगलागीका घटनामा कोहलपुरबाट पनि दमकल बोलाउने गरिन्छ । तर, ती दमकललाई पानीको भने समस्या हुने गरेको पाइन्छ । विगतमा भएका ठूला आगलागीका घटनामा नेपालगन्ज विमानस्थलको दमकल समेत प्रयोगमा ल्याइएको छ । तर, विमानस्थलको दमकल प्रयोगका लागि भने चुनौति हुने गरेको छ । विमानस्थल बन्द भएको अवस्थामा मात्र विमानस्थलको दमकल अन्य ठाउँमा हुने आगलागी नियन्त्रणका लागि पुग्ने गरेको छ ।

व्यवसायिक क्षेत्र भएकाले ज्वलनशील पदार्थको कारोबार गर्ने प्रशस्तै छन् । तर, त्यसको सुरक्षाका लागि दीर्घकालीन सोंच कसैमा पनि पाइँदैन । व्यवसायीहरु आफै पनि आगलागीको जोखिमबाट बच्नका लागि अवलम्वन गर्न सकिने प्राविधिक उपकरण जडान गरेको पाइँदैन । करोडौं लगानी गरेर सञ्चालन व्यवसाय सञ्चालन गर्ने र भविष्यमा आगलागी जस्ता घटनाभए त्यसलाई नियन्त्रणमा लिन पूर्व तयारी भने उद्योग, व्यवसायमा पाइएको छैन ।

प्रतिक्रिया

प्रतिक्रिया