बजारमा क्यानन ब्राण्डका नक्कली काट्रेज र टोनर ?

नेपालगन्जका बजारमा जापानीज बहुर्राष्ट्रिय कम्पनी क्याननका नाममा नक्कली सामान बिक्रि बितरण भैरहेको पाइएको छ । नेपालगन्जका बजारमा क्यानन कम्पनीको नाम दिएर नक्कली काट्रेज र टोनर्स बिक्री बितरण भएको पाइएको क्यानन कम्पनी नेपालका आधिकारिक प्रतिनिधि दिपक न्यौपानेले जानकारी दिए । नेपालगन्जका बिपी चोक क्षेत्रमा नाम चलेका बिक्रेताहरुले समेत क्याननका नाममा नक्कली सामान बिक्री बितरण गरिएको पाइएको न्यौपानेले बताए ।

जिल्ला प्रशासन कार्यालय बाँके समेतको सहभागितामा भाद्र २ र ३ गते गरिएको अनुगमनमा क्रममा नेपालगन्जको सुर्खेत रोड, धम्बोजी र त्रिभुवन चोक क्षेत्रका ९ वटा बिक्री पसल मध्ये ७ वटाले क्याननसंग मिल्दो जुल्दो नाम दिई काट्रेज र टोनर्स बिक्री बितरण गर्ने गरेको पाइएकोले थप अनुसन्धान र छानविनका लागि नमुना सहित उद्योग बिभाग काठमाडौं पठाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालले बताए ।

क्याननका सक्कली उत्पादनलाई ६ हजार देखि ८ हजारसम्म पर्ने सामानसंग मिल्दो जुल्दो डुब्लीकेट नक्कली सामानलाई दुई हजार देखि ४ हजारसम्म मुल्य लिई बिक्री बितरण गर्ने गरेको पाइएको क्यानन कम्पनीका प्रतिनिधि दिपक न्यौपानेले जानकारी दिए ।
उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष अधिवक्ता वसन्त गौतमले सक्कली सामानको नाम दिई नक्कली सामान बेच्नु उपभोक्तामाथिको ठगि भएको बताए । गुणस्तरीय बस्तु पाउनु उपभोक्ताको अधिकार भएकाले गुणस्तर हिन नक्कली सामान बेच्ने उपर आवश्यक कानूनी कारवाही हुनु पर्ने गौतमले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया