दीपज्योती र जनज्योतीलाई फुटबल उपाधी

बाँके जिल्ला फुटबल संघले नेपालगन्जमा आयोजना गरेको क्वीक्स कप अन्तर विद्यालय छात्र÷छात्रा फुटबल प्रतियोगिताको उपाधी दीपज्योती मावि, चिसापानी र जनज्योती पब्लिक हाइस्कूल, कोहलपुरले हात पारेका छन् । आइतबार नेपालगन्ज रंगशालामा भएको फाइनलमा खेलमा छात्रतर्फ दीपज्योती र छात्रातर्फ जनज्योती वियी हुँदै उपाधी हात पारेका हुन् ।
जनज्योतीले अमर मावि, गौतमबस्तीलाई ६–० गोलले पराजित ग¥यो । जनज्योतीको उपाधी जितमा दुई खेलाडीले ह्याट्रिक गरेका थिए । अञ्जली चौधरी र रोजी सुवेदीले ह्याट्रिक गरेर टीमलाई जित दिलाउदा अमर मावि निरीह बनेको थियो । अञ्जलीले ६, १४ र २७ मिनेट तथा रोजीले ३१, ५५ र ५९ मिनेटमा गोल गरेकी थिइन् । क्वीक्स कप छात्रा फुटबलमा आठ वटा टीमले भाग लिएका थिए ।

छात्रको फाइनल अझ रोचक बनेको थियो । शुरुवाती दुई गोलको अग्रतालाई जोगाउन नसक्दा दीपज्योती विद्याश्रम, चप्परगौडी उपविजेतामा सीमित हुन पुग्यो । दुई गोलले पछि परेर पनि दीपज्योती मावि चिसापानीले ‘कम्ब्याक’ ग¥यो । उसले दीपज्योती विद्याश्रमलाई ५–३ गोलले पराजित गर्दै उपाधी जित्यो ।

दीपज्योती मावि, चिसापानीको तर्फबाट लक्ष्मण रानाले दुई, सुमित थापामगर, राजु चौधरी र सन्दीप सोनीले एक÷एक गोल गरेका थिए । दीपज्योती विद्याश्रमबाट ईश्वर श्रेष्ठले दुई र गणेश कुँवरले एक गोल गरे ।

प्रतियोगिताका विजेता, उपविजेता खेलाडी तथा प्रशिक्षकलाई नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, उपमेयर उमा थापामगर, राखेपका सदस्य विनोद मैनाली, एन्फाका पूर्व मानार्थ उपाध्यक्ष गोवद्र्धनसिंह सम्झना, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष नरेन्द्र थापा, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीलगायतले पुरस्कार, प्रमाणपत्र र शिल्ड वितरण गरेका थिए ।

प्रतियोगितामा छात्रतर्फ ३२ र छात्रातर्फ आठ वटा स्कूलले भाग लिएका थिए । क्वीक्स कपका शुरुवाती खेलहरु पुष्पलालचोकस्थित दंगा नियन्त्रण गण ब्यामशालामा भएको थियो । आठौं राष्ट्रिय खेलकुदपछि पहिलो पटक नेपालगन्ज रंगशालालाई खुल्ला गरिदा क्वीक्स कप सञ्चालन गरिएको थियो । स्कूले विद्यार्थीले जिल्लामा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको रंगशालामा खेल्ने मौका पाएका हुन् । हरियो बर्मुडा दुबोमा फुटबल खेल्न पाएपछि विद्यार्थीहरुले खुशी व्यक्त गरिरहेका थिए । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले कार्यविधि बनाइसकेकाले रंगशालामा शुल्क लिएर फुटबल खेल्न दिने तयारी गरेको कार्यवाहक अध्यक्ष थापाले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया