फेरिंदै सल्यानीबागको छात्रा विद्यालय

चालु शैक्षिक सत्रदेखि नेपालगन्जको सल्यानीबागस्थित आधारभुत विद्यालयलाई छात्रा विद्यालय बनाइएपछि भौतिक र शैक्षिक सुधार गरिएको छ । उपमहानगरपालिकाले मुस्लिम र मधेशी छात्राहरुलाई अध्यापन सहज होस् भनेर सञ्चालनमा ल्याएको विद्यालयमा हाल २ सय ४९ जना विद्यार्थी अध्यापन छन् । हाल कक्षा ८ सम्म सञ्चालनमा रहेको विद्यालयलाई कक्षा १२ सम्म पुर्याउने उपमहानगरपालिकाको योजना रहेको छ ।

नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले आधारभुत विद्यालयलाई देशकै उत्कृष्ट र नमूना छात्रा विद्यालयका रुपमा अगाडि बढाउने बताएका छन् । आइतबार स्थलगत निरीक्षण गरि भौतिक पूर्वाधारबारे जानकारी लिदैं प्रमुख राणाले विद्यालयमा उपमहानगरपालिकाले कुनै पनि अभाव हुन नदिने प्रतिबद्धता जनाएका थिए ।

शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा र ईञ्जिनियर निवेश शर्मासहित पुगेका नगर प्रमुख डा. राणाले विद्यालयका परामर्शदाता किरण आचार्यसँग विभिन्न विषयमा छलफल गरेका थिए ।
अवसरमा विद्यार्थीहरुले विगतमा भन्दा अहिले पढाईमा धेरै सुधार भएको बताए । परामर्शदाता आचार्यले शिक्षकले समयमै विद्यालयमा पुगेर विद्यार्थी केन्द्रीत सिकाईमा ध्यान दिने हो भने मात्रै पनि शैक्षिक अवस्थामा सुधार आउने बताइन् । ‘शैक्षिक गुणस्तर सुधार्न धेरै मेहनत गर्नुपर्ने अवस्था छ’, उनले भनिन् ।

प्रतिक्रिया

प्रतिक्रिया