चल्तीको एउटा नेपाली गीत छ । के सोंचे थे जीन्दगीमा, के के भयो आज… धेरैसंग मिल्न सक्छ यो गीत । सोचिन्छ एउटा भइदिन्छ अर्को । परिस्थितिले कहा–कहा पु¥याउँछ । अनुभवले त्यही भन्छ । धेरैको भोगाईले त्यहि पुष्टि गर्छ । भोगाईको फुलको एउटा केर्सा केलाउ ? ल सुन्नुस है । तिम्रो नाम के हो ? ठूलो भएपछि पढेर के बन्ने ? साना बाबुनानीलाई अधिकांश सोध्ने प्रश्न यही होईन र । अभिभावक पनि के कम आफ्ना बच्चालाई पहिले नै प्रश्नको जवाफ सुगा झै रटाई दिएकै छन् । बाबुनानीको रेडिमेड जवाफ—पढेर डाक्टर बन्छु । इन्जिनियर बन्छु । पाइलट हुन्छु । वकिल बन्छु । डाक्टर र इन्जिनियर बन्नका लागि फस्ट डिभिजन पास गर्नु पर्छ भन्ने कुरा बच्चालाई के थाह ? ब्यापारी बन्नलाई व्यवस्थापन विषय पढ्नु पर्छ भन्ने जानकारी उनीहरुलाई हुँदैन ।

तपाई र म पनि यो प्रश्नबाट दुर हुने कुरै भएन । किनभने समाज यही हो । मानिस उनै हुन् । संस्कार त्यही हो । संगत गर्ने उनै हुन् । माध्यमिक बिद्यालय पढ्ढासम्म यसैगरी प्रश्न आइरह्यो । जवाफ दिन सजिलो थियो, डाक्टर बन्छु । पाइलट बन्छु । बस । यही भूतले ८ कक्षामै बिज्ञान विषय रोजियो । ९ र १० कक्षामा गणितबाहेक थप ऐच्छिक गणित पनि रोजियो । गणितमा बढी नम्बर ल्याउन सक्ने सम्भावना अधिक रहन्छ । यसले श्रेणी राम्रो ल्याउन सहयोग गर्छ ।

बुबाआमा पढेलेखेको हुनुहुन्न । त्यसैले यो वा त्यो विषय पढ्नु भन्ने सल्लाह दिने कुरै भएन । तर ममा डाक्टर बन्ने भूत सवार थियो जो । तर त्यतिबेला २५ लाख बढी खर्च हुने बारे बेखबर थिएँ म । बाउबाजेको सबै सम्पत्ती बेचेर पनि त्यति पैसा आउँदैन्थ्यो । बाजेले चराउने ७० वटा गाईले पढाई खर्च धान्ने कुरै थिएन । तर बिज्ञान त पढ्ने नै भइयो । लाग्थ्यो बिज्ञान, गणित बाहेक अरु विषय पढ्नु अपराध हो । अरु विषय पढ्ने बिद्यार्थी मान्छे नै होईनन् । बिज्ञान पढ्ने बिद्यार्थीलाई हेर्ने दृष्टिकोण नै फरक हुने रै छ । अर्थशास्त्र लगायतका विषय पढ्ने साथीहरुभन्दा बढी माया शिक्षकहरुले हामीलाई गर्नु हुन्थ्यो । कस्तो अचम्म ? पढ्ने विषयका आधारमा पनि विभेद है । त्यो बेलाको एसएलसी राम्रै नम्बरले पास भइयो । युद्ध जितेजस्तो भयो । थारुको छोराले बिज्ञान लिएर पास ग¥यो । वाफ रे । हैट । अहमले नाक फुल्यो । तर मेरो अहम एक वर्ष पनि टिकेन । कारण निकै रोमन्च छ । हालै एसइइ पास गरेका बिद्यार्थीका लागि सुझाव हुनसक्छ । बढी अंक अनि बिज्ञान पढेको घमण्ड न हो । थोत्रो साइकलमा बर्दियाको थारु नेपालगन्ज आइपुग्यो ।

नेपालगन्जस्थित महेन्द्र बहुमुखि क्याम्पसमा नाम भर्ना भयो, आइएसीमा । सुरु भयो पढाई । क्यामेस्ट्रि, फिजिक्स आदि । फिजिक्स पढाउने सर हिन्दीमा पढाउनु हुन्थ्यो । नाम बिर्से । सात आठ महिना विज्ञान पढियो । यहीबाट डाक्टर पढ्ने ढोका खुल्थ्यो । एक दिन फिजिक्स पढाउने सरले प्रश्न गर्नु भयो । मैले जानिन् । बेन्चमा उभिन लगाउनु भयो । यो बेला भएको भए सरलाई मुद्दा लाग्थ्यो होला । तर त्यतिबेला यतिसारो मानव अधिकार र बालवालिकाका अधिकारको वकालत भइसकेको थिएन । सरले सोधेको प्रश्नको उत्तर नजानेपछि हिन्दी भाषामा भन्नु भो—‘तुम अभि फ्याकल्टी चेन्ज करो । दश वर्ष लट्के रहोगे । तुमहारा मा“ बापके पैसा बेकार खर्च होगा ।’ सरको बचनले मन तोडियो । बिज्ञान पढेको घमण्ड चकनाचुर भो । सात÷आठ महिना बिज्ञान पढिसकियो । सरको फ्याकल्टी चेन्ज गर्ने दबाव । कक्षाबाट बाहिरिने बेला सरले फेरि भन्नु भो, ‘क्याम्पस चिप सर ने फ्याकल्टी चेन्ज कर्नेको मनाही करे तो मुझे बोल्ना ।’ त्यो दिन सरको फन्डामा हामी चार जना परेका थियो । एक जना साथी एसएलसीका बा“के टपर थिए । हाल उनी पढाई छोडिसकेको सुन्छु । ध्यान रहोस बा“के टपेर पनि, बढी अंक ल्याएपनि परिस्थितीले साथ दिएन भने पढ्न नसकिने रहेछ ।

क्याम्पस बिदापछि कोठा पुगियो । सरले बोलेको बचन बिर्सिने कुरै थिएन । आ“खाबाट निरन्तर पानी बगिरह्यो । धन्न त्यो बेला जा“रदारु पिउन सिकिएको थिएन । होइन भने बेहोस हुने गरी पिउ“दै सरमाथि रीस पोख्थे होला । त्यो घटनाले मेरो जीवन मोडियो । भोलीपल्ट रिसको झोंकमै कलेज पुगियो । सरासर चिप सरसंग पुगे । विज्ञानबाट कानुनबाट नाम लेखाए । तर समस्या भने पढाईको भयो । बिज्ञान पढियो । कानुनमा नाम लेखाइयो त्यो पनि परिक्षा दिने बेलामा । जय होस । कानुनमा अर्थशास्त्र पढ्नु पर्दो रैछ । मेरो सातो गयो । जीवनमा त्यो किताव देखेकै छैन । याद आयो एसएलसीमा विज्ञान पढेको । अनि अर्थशास्त्र पढ्ने साथीलाई हेपेको घटना । कानुनकै पहिलो वर्षको परिक्षा दिए । पास पनि भए“ अर्थशास्त्र बाहेक । रुवायो त्यो विषयले । दोस्रो वर्षको परिक्षा दिए । पहिलो वर्षको ब्याक अर्थशास्त्र पनि दिए“ । सबैमा पास । फेरि अर्थशास्त्रमा फेल । तेस्रो वर्ष ब्याक दिए अनि पास भए“ । कम्ता रुवायो अर्थशास्त्रले । कानुन पढेर अधिवक्ता भएं । हालको पेशा भने पत्रकारिता । कस्तो अचम्म है । डाक्टर बन्ने सपना बोकेको केटो अधिवक्ता बन्यो । अधिवक्ता बनेर पत्रकारिता गर्यो ।

२२ वर्षदेखि निरन्तर पत्रकारिता मै छु । पत्रकारिताका लागि सुरुमा तीन महिनाको कोर्ष गरे । उत्कृष्ट भए । त्यसपछि १० महिना डिप्लोमाको कोर्स पढियो । पछि सुर्खेतस्थित महाविश्व बिद्यालयमा केही वर्षका लागि पत्रकारिता पढियो । यि कुरा लेखिरह“दा पत्रकारिता पेशामै छु । अधिवक्ताका रुपमा केही काम गरियो । कहिलेकसो सार्वजनिक सरोकारका विषयमा अदालत गएर बहस गर्छु । तर प्यासन त्यहि हो जय पत्रकारिता । मान्छे धेरै थरी देखेको छु । जान्दै नजानेको विषयमा भाषाण गरेको सुनेकै छु । आफू भने जानेको विषय, पढेको विषयमा पनि बोल्न डराउनु पर्ने । बेलैमा मेरो इच्छा बुझिदिने भइदिएको भए यि घटना नहुन सक्थे होला । तर भयो त्यस्तै । सुनाउदै मजा आउने । अनि भन्नु पर्छ, म अधिवक्ता थारु । पत्रकारिता गर्छु । पढेलेखेकाहरुले भन्दो होलन । अधिवक्ता रे । अनि पेशा पत्रकारिता । कस्तो नमिलेको है । बच्चालाई डाक्टर, ईन्जिनीयर बन्ने सपना देखाउनु ठिकै होला । तर हामीले सुगा झै रटाइएका बिज्ञ बन्न कति मिहनेत गर्नुपर्ने, के पढ्ने, कसरी पढ्ने बारे कहिल्यै सिकाएनौ । का“चो दिमागमा डाक्टर, इन्जिनीयरको सपना भरिदिने । तर बच्चाको इच्छा कुन विषयमा बढी छ भन्ने ध्यान अभिभावकले दिदैनन् । जसका कारण बच्चाको मन पर्ने विषय एउटा र अभिभावकको इच्छा फरक पर्न जान्छ ।

बच्चा जे बन्न खोजेको छ त्यही बन्नका लागि अभिभावकले कहिले प्रेरित गर्ने ? हिन्दी फिल्म थ्रि इडियट हेर्ने जो कोहीलाई थाह हुनसक्छ, बच्चाको इच्छाबिनाको पढाईमा अभिभावकले दवाव दिने हो भने परिणाम जे पनि हुन सक्छ । अर्को रिजल्टको अंकका लागि पनि बढी जोड दिंदा बालवालिकाहरु अत्मा हत्या गरेका घटना हुने क्रम जारी नै छ । होला, एक वर्ष परिक्षामा कम अंक आउदा । तर सुधार गर्यो भने अर्को वर्ष राम्रो अंक ल्याउन सकिन्छ । तर एसइइमा कम अंक ल्याउन बिद्यार्थीलाई अपराधिका रुपमा हेरेपछि त्यसको भविषय के हुने ? डिप्रेशन हुने कारण हामीले सृजना गरेका होईनौ र ? त्यतिबेला एसएलसीमा तेस्रो श्रेणीमा नम्बर ल्याएका साथीभाई, दाजुभाई डाक्टर बनेन् तर न्यायाधीश बनेको देखेकै छु ।

मै संग पढेका थुप्रै साथीहरु इन्जिनीयर छन् । कोही विदेशमा राम्रै ओहदामा छन् । उनीहरु फस्ट, सेकेण्ड भएनन् तर अहिले मजाले जमेका छन् । कोही उद्यँेगी छन् । कोही नेता । कुनै पनि मानिसको जीवन र पढाई तीन घण्टाको परिक्षाले जा“च गर्नै सकिदैन । तर बिद्यम्बना हामी बढी अंक ल्याउने शिक्षाको होडबाजीमा कसैको जीवनसंग खेलवाड गरिरहेका त छैनौ ? कसैको जीवन बर्बद गर्न खोजेको त छैनौ ? अब अंकमा होईन जीवन उपयोगी पढाइको मुल्यांकन गर्ने कि ? त्यसका लागि शिक्षा नीतिमा ब्यापक परिवर्तन गर्ने कि ? माटोमा मिल्नु न हो मनिसको सार जे जे भयो जीन्दगीमा माया नमार…

प्रतिक्रिया

प्रतिक्रिया