आमाको महिमाबाट मञ्चको अभियान

एक साता अगाडि मात्र संगठित ‘आमा गुमाएका छोरी’हरु सामाजिक अभियानमा जुटेका छन् । त्यसको शुभारम्भमा आमाको महिमा बारे प्रवचन गरिएको छ । शनिवार भव्य जमघटमा विभिन्न व्यक्तित्वहरुले आमाको महिमा बारे प्रवचन गरेका हुन् ।


आमा स्मृति मञ्च गठन गरेर नेपालमैं पहिलो पटक बाँंकेबाट अभियानको सुरुवात भएको उनीहरुको भनाइ छ । शनिवार नेपालगन्ज स्थित ब्रहमकुुमारी बिश्व बिद्यालयमा आमाको बारेमा प्रवचन लिएका छोरीहरुले आफुहरुलाई थप उर्जा मिलेको बताउँछन् । ब्रम्हा कुुमारी इश्वरीय विश्व बिद्यालय नेपालका उपाध्यक्ष दुुर्गा दिदी, आर्ट अफ लिभिङका प्रशिक्षक काब्य लम्साल र हिन्दुु स्वयंम् सेवक संघका प्रमुुख प्रचारक एवं राष्ट्रिय शारिरीक प्रशिक्षक बिकल दाहालले आमाको महिमा बारे प्रवचन दिएका थिए ।

स्मृति मञ्चका अध्यक्ष कृष्णा केसीले आमाको सम्मानमा अघि सारिएको मञ्च एउटा अभियान मात्र नभई मातृत्व जोगाउने संस्कारको सुुरुवात भएको बताइन् । समाजमा नैतिक शिक्षा हराउँदै गएको र बुुवा आमालाई बृद्धाश्रममा लगेर छोड्ने प्रवृत्ति गलत भएको भन्दै अध्यक्ष केसीले मञ्चको अभियानले आमा बुुवाको महत्वलाई र संस्कारलाई जिवन्त राख्ने विश्वास व्यक्त गरिन् । प्रदेशसभा सदस्य समेत रहेकी अध्यक्ष केसीले आमाको स्मृति अभियान बांँकेमा मात्र नभई देशैभरी पुुराउने उद्देश्य सुनाइन् । सामाजिक काममा भएको यो एकतालाई अझै बलियो बनाउदै कोष खडा गरेर सामाजिक कामलाई तिब्रता दिइने अध्यक्ष केसीको भनाइ छ ।

कार्यक्रममा सहभागी वक्ताहरुले आमाको सम्झनामा सुुरु भएको सामाजिक कामको प्रशंशा गरेका थिए । कार्यक्रममा बांँकेको खजुुरा गाउंपालिकाका उपाध्यक्ष एकमाया बिक, आमा स्मृति मंचका सल्लाहकार खेम कुुमारी न्यौपाने, नेपाल घरेलुु तथा साना उद्योग महासंघ नेपालगन्ज उपमहानगरपालिकाका महिला समिति अध्यक्ष मिना सुुवेदी, बाल रोग बिशेषज्ञ डा. रोमा बोरा, भेरी अस्पतालका प्रमुुख अस्पताल नर्सिङ प्रशासक दुुर्गालक्ष्मी श्रेष्ठ, नेकपा प्रदेश सदस्य तथा बांके महिला इन्चार्ज शान्ति ढकाल,अनेमसंघका केन्द्रीय सदस्य बिम्मी पन्थी लगायतको सहभागिता रहेको थियो ।

आमा नहुुँदा माइतीमा नरमाइलो हुुने भएकाले सामुुहिक रुपमा आमालाई प्रार्थना गर्दे दरभोज तथा तीजगीत कार्यक्रम पनि गरिएको आमा स्मृति मञ्चका सचिव साबित्री गिरीले जानकारी दिइन् । ‘यो कार्यक्रमले आफुु जस्तै अरु छोरीहरु पनि आमाको मायाबाट टाढा छन् भन्ने भाव झल्कँने’ उनको भनाइ छ ।

मञ्चले अनाथ बालबालिकालाई सहयोग गर्ने, हिंसा पिडित महिलालाई सहयोग गर्ने, आमाको बिषयमा रचना सुुन्ने र सुुनाउने लगायतका थुुप्रै कार्यक्रम गर्ने योजना रहेको बताएको छ । ‘आमाको सम्झँनामा गर्न लागिएको यो काम नेपालमै नयांँ हो,’ सचिव गिरीले दैनिक नेपालगन्जसँग भनिन्, ‘मञ्चमा सबै क्षेत्रका महिला समेटिएकाले योजना बनाउन सजिलो र कार्यान्वयनमा प्रतिबद्ध छौं ।’

आमाको सुरुवात र अन्त्य मातृत्वबाट हुन्छ भन्ने भनाई रोवर्ट बेनिङको हो । यस्तै अब्राहम लिंङकन भन्छन्,जो व्यक्तिसंग भगवान जस्ती आमा छिन्, त्यो व्यक्ति नै धनि व्यक्ति हो । तर आमा नहुुनेहरु स्मरण जीवनभर गर्छन् । ‘अब स्मरण मात्र नगरेर स्मरणमा सामाजिक काम गर्ने सोंचको सुुरुवात बांँकेमा भएको छ,’ आमाको सम्मानमा संगठित चेलीहरुको नेतृत्वमा उत्साहित मञ्चका सचिव गिरीले भनिन् ।

प्रतिक्रिया

प्रतिक्रिया