अमृत शर्मा ढकाल
amritdhakal550@ gmail.com
आगो भएर पनि पगाल्न नसक्ने तिमी
नौनी भएर पनि पग्लिन नसक्ने म !
पूरुषसत्ताद्वारा शाक्षित नेपाली समाजमा नारी संवेदनाको ज्वरो, कुण्ठा र आक्रोशको मूल स्वर – सरीता तिवारी विभेदका विरुद जो हाकाहाकी लड्न तम्सन्छ, जसको दृष्टिकोण छिट्टै विशउन हुन वा बरालिन मान्दैन, जसलाई छर्लङ्गै थाहा छ ‘ म कविता किन लेखिरहेकी छु ? ’ यो समय सरीता तिवारीको हो ।
स्तनको उचाई, कम्मरको लचक, नितम्बको फैलावट र अनुहारमा विकसित लज्जाको आवरण पढेर नारी समुन्द्रको गहिराई बोल्ने समाजका अघिल्तिर सरीता तिवारी नारी लाग्दिनन् । न त उनलाई अनुदानमा / बक्सिसमा दिइएको
‘शिलावती सुशीलाकै’ मोह छ । समाज हरेक साधारण सभामा नारीको उही पुरुषद्वारा निर्मित आदी दस्तावेजको स्वीकृति चाहन्छ तर सरीता तिवारीहरु ‘अस्तित्वको घोषणापत्र’ बोकेर फरक मतका साथ उभिन्छन् र वर्षाैदेखि अनुत्तरित ‘प्रश्नहरुको कारखाना’ को उत्तर चाहन्छन् । सजिलै अनुमान लगाउन सकिन्छ कि सरीता तिवारी बन्नु सजिलो छैन ।
कोहलपुर पाटी प्यालेशको पछिल्तिर कुनामा भाइ छोटु (पर्वत) सँगै छु म । बिहानको ११ः५२ भैसक्यो हल हतारिएको छैन, कसैलाई थप पर्खिरहेको छ । व्यानर टाँसिएको छ ‘एकल कविता वाचनमा सरीता तिवारी’ भनेर, सिलिङ लाइटहरुको उज्यालो छ, एसीको चिसो छ, हलमा चालिस जनाको हाराहारीमा उपस्थिति छ । कालो न खैरोजस्तो चस्मा, निधारमा टिकुली, पहेँलो सारी ब्लाउजमा घाँटी निशम्म छ सरीता तिवारीको प्रवेश भयो । मन्चको अघिल्लो लहरमा बसेका कथाकार सनत रेग्मीलाई नमस्कार र विश्लेषक पत्रकार नरेन्द्र्रजंग पिटरसंग हात मिलाएर उनले आफ्नो पक्षधरीया अभिवादन पुरा गरिन् । उनलाई हेरेपछि उनको घाँटीमा धेरैले पोते वा मालासम्म खोजेहोलान् मैले पनि खोजेको तर म तत्कालै झस्किँए – म सरिता तिवारीलाई सुन्दै छ – छु र छैन मलाई भानुभक्तको बधुशिक्षा कालीन पुरुष हुन । बुद्ध र लामाहरु पहिलो कविता कृति संरक्षण कविता आन्दोलन (२०५५) पत्रकार विश्लेषक नरेन्द्रजंग पिटरले कविताको आयाम र धर्मको सन्दर्भमा अवतारसिहं पासलाई सम्झेर सुरु भएको शुभकामना मन्तव्यको क्रमले आसन ग्रहणलाई धेरै पछाडि छोडेर आइसकेको छ । म हलको त्यहीँ छु जहाँ थिएँ अहिले भन्दा लगभग १ घण्टा अगाडि यो विचमा आसन उद्घाटन भाषण र सम्मानका धेरै दिनरात कटिसकेको । यसबिचमा तिवारीको शरीरमा तुलसिराम स्मृति पुरस्कार – २०७६ को रातो खादा देखिएको छ । ‘सिर्जनामा विचारको संघर्षपूर्ण यात्रा गर्ने स्रष्टाको लागि उसका सृजना नै पुरस्कार र सम्मान हुन्’ – यति भनेर कार्यक्रमका प्रमुख अतिथि सनत रेग्मी मञ्च ओर्लिए पछि अब पूरै मञ्च कवि सरीता तिवारीका नाममा खाली छ ।
‘कवि स्वप्नशील प्राणी हो, उसले समाजको सुधार र सुन्दरताको पक्षधर भएर निरन्तर सपना देख्ने यत्न गर्छ । देख्छ । म पनि आफूलाई परिवर्तनको सपना देख्ने कविको रुपमा परिचय गराउन चाहान्छु । यस्ता खाले पुरस्कार सम्झँना र अवसरले समाजप्रति आफ्नो जिम्मेवारी बढाएको महशुस गर्छु । म निश्चित विचारको पक्षधर भएर लेख्ने मान्छे हँु । पुरस्कार सम्मान र अवसरको स्वीकार गर्दा पनि तिनले मेरो विचारको सम्मान गर्छन् कि गर्दैनन् भन्ने विषयमा चाहिँ म निर्मम रुपमा सचेत रहन्छु । मेरो विचार, दुष्टिकोण र काव्य शील्प नै सहायक हुने गरी मलाई कुनै अवसरको भोक छैन । ’ झन्डै झन्डै बंगलादेशी लेखिका तसलिन निसरिन जस्तो लुक्समा मञ्च उक्लेकी कवि सरीता तिवारी बोलिरहँदा अर्काे आवाजमा पनि उत्तिकै साहस, गर्व र आत्मा विश्वास मिश्रित थियो । सिमान्तकृत, महिला र निम्न वर्गीय पक्षधरता उनका कविताको मूल स्वर सकिन्छ । उनी उच्चहरुले नचिनेको वा चिन्न नचाहेको वर्षाै देखि आवाज विहीन बनिरहेकाहरुको सत्ताको निर्माणाले आफ्नो काव्यिक चेतनालाई समर्पित गर्ने साहसिक कवि हुन् । बुद्ध र लामाहरु, अस्तित्वको घोषणापत्र र प्रश्नहरुको कारखानाबाट कवि तिवारीलाई सबैले यसैगरी चिन्छन्, ।
हलको विकसित गल्याङ मल्चाङको सङ्केत बुझेकी कवि तिवारीले बाँकी संवाद कविताबाटै गर्ने भन्दै कविता पाठको तयारी थालेपछि हलमा एकाएक सन्नाटा छायो । पाश्र्वमा टेबुल फेन, एसी र केही नानी बाबुहरुको स्वभाविक उत्तेजनाको मसिना फैलावट सिवाय !
यो माटोमा खसेको
आदीम बिऊ हुँ म
…
यो माटो मेरी आमा हो
यसैले लेखेको आख्यान हुँ म
यो माटोको विकल्पमा
मेरो केही छैन
…
( आदीवासी )
कवि तिवारीले कविता पढ्दै गर्दा मेरा आँखा डुल्दै गएर कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु चौधरीको अनुहारमा ठोकिए निमग्न सन्जु ! धर्ती पुत्र कहलिन थारु लगायतका आदिवासीलाई सत्ताले दिएको धपेडी प्रतिरोधमा उठेको चित्कार समेटिएको कविताले उपस्थित सबैलाई सोचमग्न मुद्रामा उभ्यायो । डेलीमा साछाज्ञ अलबिदा शीर्षकको कवितामा विद्रोहको स्वर झन् टाठो सुनियो ।
ऊ सित हिँड्नलाई छैनन् गोडा
बलजफ्ती खोसेर लगेको छ उसले मेरा गोडाहरु
र तिनैले टेकेर
उक्लिरहेको छ सुपर मार्केटको सिंढी
निमग्न लेखिरहेछु
सीमान्त निरंकुश बजारविरुद्ध कविता
(बजार विरुद्ध)
यसरी सरीताले कवितामा (बजार विरुद्ध) पुंजीवादलाई लल्कारी रहेकी मञ्चको सजावटमा पछिल्तिर प्लास्टिकका दुई बुटा उभिएका थिए । एसीको चिसो झन उत्तेजित थियो । डिएसएलआर क्यामेराका फ्ल्यास लाइट निरन्तर थिए । बेला बखतमा बज्ने आइफोनका ट्युनले तिवारीका कविता भन्दा शक्तिशाली तरिकाले श्रोताको ध्यान खिचिरहेथ्यो ।
कवि तिवारीका आँखा थोरै विनोदी भए, उनले प्रेम कविताको सन्दर्भलाई भूमिकामा बाँधिन् – ‘म पनि मान्छे हुँ, मेरा पनि आम अनुभूति, अभिव्यक्ति, रहर र स्वप्न छन् । फरक यति हो म सामाजिक सरोकारका गम्भीर सन्दर्भ जसले हाम्रो उपस्थितिको अभाव महसुस गरेका छन् । तिनलाई प्राथमिकतामा राख्छु ।’ उनका आँखा प्रेम कविताको पृष्ठमा अडिएका थिए –
दुनियामा सबभन्दा दुर्गम छ
तिम्रा ओठहरु सम्म पुग्ने बाटो
सकँुला बरु
सकुँला बरु
सातवटै महासागरको पिधमा पुगेर फर्कन !
…
(बाटो)
कविताभरी नारी संवेदनाको सग्लो आवाज मुखरित थियो । नारीलाई भोग्य बस्तुको व्यवहार गर्ने समाज, संस्कार, संस्कृति, व्यवस्था सबै माथि एकै पटक दह्रो प्रहार थियो ।
भाषा चोरहरु शासक बनेपछि
सबैभन्दा ठूलो संकटमा पर्छन् शब्दहरु
उदाहरण हेर्नुस्,
संघीयता
समावेशी लोकतन्त्र
समानुपातिक प्रतिनिधित्व
सुखी नेपाली समृद्ध नेपाल
म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न
स्मार्ट सिटी
आदी आदी
ंंंंंंंंंंंंंंंं…
(भाषा चोरहरु जब शासक बन्छन् )
वर्तमान राजनीतिक अव्यवस्था र निराशालाई मूल स्वर बनाएर लेखिएको कविता ‘भाषा चोरहरु जब शासक बन्छन्’ सबैलाई बोधगम्य अनुभूत भयो जब कविता पाठको अन्त्यमा तालीको भोलुम अलि बढ्यो । यो कविताको समर्थन अत्यन्तै चिन्ताजनक विषय चाहिँ हो । यो बुझ्नु पर्ने त फेरि उनै भाषा चोरहरुले नै हो ।
करिब एक घण्टाको वरिपरी चलेको कवि तिवारीको एकल वाचन भित्र वर्तमान समयको अव्यवस्था जो इतिहासको विरासती सिर्जना हो त्यसको विरुद्धका सङ्गठीत आवाजहरु प्रक्षेपित भए ।
कविताको सामाजिक उत्तरदायित्व खोन्ने सन्दर्भमा म आफूलाई पासकै वंशज हु भन्ने लाग्छ । यदि मेरो लाग्नु भित्र म जिउँदो बाँच्न सकें भने मेरा कविताको सामथ्र्य प्रमाणित हुनेछ यति भनिसकेपछि कवि तिवारीको अनुहारमा मुस्कान मिश्रित चमक बोकेर स्टेज ओर्लिन, पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकाल मन्च उक्लिए म चाहिँ भारतीय क्रान्तिकारी कवि अवतार सिहं पास (अवतार सिन्धुक) को कवि तिवारीलाई सर्वप्रिय लाग्ने कविता ‘मैँ अब बिदा लेता हुँ ’ सम्झँदै हलबाट निस्कें –
मैँ अब बिदा लेता हुँ मेरी दोस्त
मैँ अब बिदा लेता हुँ
मैने इक कविता लिखना चाहिथी
सारी उम्र तुम जिसे पढ्ती रही सकती
उस कविता मे
महेकते हुए धनियाँके जिक्र होनाथा
इख कि सर्सरहाटकी जिक्र होनाथा
उस कविता मे
भिक्षुओ से चुती ओस और
बाटीमे चोए दुध पर राती झाकका जिक्र होनाथा
और जो भि कुछ मैने
तुम्हारे जिस्म मे देखा वा सब कुछ का जिक्र होनाथा
उस कविता मे मेरे हाथोंकी शख्तीको मुस्कुरानाथा
मेरे जाधो के मछलियो ने तैरनाथा
और मेरी छातीकि बालो कि नरम शाल मे से
स्निग्धताकी लप्टे उठनी थि !