बर्दिया जिल्ला प्रशासन कार्यालय देशभरमै पहिलो

भावुक योगी, बर्दिया, साउन २९


नेपाल सरकार गृह मन्त्रालयको मुल्याङ्कनमा गत वर्षको कार्य सम्पादनमा देशभरका ७७ जिल्ल्ला मध्ये जिल्ला प्रशासन कार्यालय बर्दिया पहिलो भएको छ ।
अर्थिक वर्ष २०७५,०७६ को कार्य सम्पादनमा देशभरका ७७ जिल्ल्ला मध्ये नेपाल सरकार गृह मन्त्रालयको मुल्याङ्कनमा जिल्ला प्रहरी सहित जिल्ला प्रशासन कार्यालय बर्दिया पहिलो भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिनुभयो ।

बर्दियाको शान्ति सुरक्षा, सुशासन, सेवा प्रवाह, विपद व्यवस्थापन, घुम्ती सेवा प्रवाह, विकास निर्माणको अनुगमन, बजार अनुगमन लगायतका राम्रा काममा बर्दिया जिल्ला प्रशासन कार्यालयले पहिलो प्राथमिकतामा राखेको काम अघि बढाएको छ ।
झण्डै १४ महिना अघि बर्दिया आउनुभएका कुरुम्वाङ्गले बर्दिया बसाईका क्रममा काम गर्दा सबैबाट ठुलो सहयोग प्राप्त भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले आफ्ना सहकर्मी, संचारकर्मी, नागरिक समाज लगायत सम्पुर्ण बर्दियाबासीको सहयोगले गर्दा काम गर्न सहज भएको बताउनु भएको छ ।

बर्दियाबासीको सहयोगका कारण देशभरमै पहिलो जिल्ला हुन सफल भएकोमा गौरवान्वित भएको समेत उहाँले बताउनुभयो । बर्दियाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामबहादुर कुरुम्बाङ्ग ‘इन्टिग्रिटी आईडल २०१८ बाट ६ महिना अघि विजेता हुनुभएको थियो ।
बर्दियाका प्रजिअ कुरुम्वाङले आफूमा नागरिकप्रति अझैँ बढी जिम्मेवारी थपिएको बताउँदै यस प्रकारको सम्मानले नागरिकको हितमा काम गर्ने हौसला मिलेसंगै काँधमा थप जिम्मेवारी समेत थपिएकाले अझँै गम्भिर भएर नागरिककै हितका लागि काम गर्नु पर्ने अवसर मिलेको बताउनुभयो ।

जनताको घरदैलोमा सरकारी सेवा पुर्याएर चर्चामा आएका निडर तथा जनताप्रती जवाफदेही र भ्रष्ट्राचार विरोधीका रुपमा चिनिएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग तेह्रथुम जिल्ला फेदाप गाउँपालिका–१, का रामबहादुर कुरुम्बाङ्ग निजामति कर्मचारीमा आएको २९ वर्ष भयो । एमए पास गर्नुभएका कुरुम्बाङ्ग २०४६ सालमा सुब्बाबाट सरकारी जागिरमा प्रवेश गर्नुभएको हो ।

त्यसपछी २०४९ सालमा नेपाली सेनाको (सहायक सेनानी) सेकेण्ड लेफ्टिनेन्टबाट नाम निकालेपछी २०५३ सालसम्म नेपाली सेनाको सेकेण्ड लप्टनमा जागिरे हुनुभयो । कुरुम्बाङ्गले नेपाली सेनाको जागिर पनि छोडेर फेरी २०५५ सालमा निजामति कर्मचारीको अधिकृतमा नाम निकाल्न सफल हुँदै उपसचिव भएको बताउनुभयो ।

नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्टबाट जागिर जाडेर २०५५ सालबाट निजामती सेवामा रहेर प्रमुख जिल्ला अधिकारीको रुपमा देशका विभिन्न ९ वटा जिल्लामा काम गरिसक्नुभएका कुरुम्बाङ्ग नागरिकको घरदैलोमा सरकारी सेवा, निडर र नागरिकप्रति जवाफदेही, भ्रष्टचार बिरोधी, विकासप्रेमी, जनप्रिय प्रशासकको नाबाट पनि चिनुहुन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया