आमाको सम्मानमा सामाजिक संस्था



आमाको स्वर्गवास भएपछि दुई वर्षदेखि छट्पटिएकी कृणा केसी (नमुना) लाई शनिवार ठुलो राहत महसुस भएको छ । आमा गुमाएका छोरीहरुको शनिवारको भेलाले एउटा संस्थामार्फत आमाको सम्मानमा सामाजिक गतिविधि सञ्चालन गर्दै आमाको सम्झना गरिरहने निष्कर्ष निकालेपछि नमुनालाई राहत महसुस भएको हो ।
‘आमाको सम्मानमा एउटा कोष स्थापाना गरेर आफुजस्तै आमा नभएका छोरीहरुको साथमा सामाजिक काम गर्ने सोंचले दुई वर्षपछि साकार रुप पाएको छ,’ नमुनाकै नेतृत्वमा एउटा सामाजिक संस्था परिकल्पना गरिएपछि नमुनाले दैनिक नेपालगन्जसँग भनिन्, ‘यसले आमा नभएका छोरीहरुलाई आवश्यक सहयोग पनि गर्ने सोंच बनाएको छ ।
नमुनालाई साथ मिलेको छ, आमा स्वर्गबास भएको शुक्रवार पहिलो वार्षिक पुण्यतिथिमा भावविव्ह्ल सञ्चारकर्मी सावित्री गिरीको । र, त्यस्तै आमा गुमाएका १५ जनाको एकमन भएको छ । शनिवार नेपालगन्जमा आमा गुमाएका छोरीहरुको एउटा भेलाले प्रदेश नम्बर ५ की सांसद समेत रहेकी युवा नेतृ कृष्णा केसी (नमुना) को अध्यक्षतामा १५ सदस्सीय तदर्थ समिति गठन गरेको छ ।
आमा गुमाएका छोरीहरुको सञ्जालमा हाललाई तदर्थ समिति बनाइएको छ । समितिमा उपाध्यक्ष किरण आचार्य, सचिव साबित्री गिरी, सहसचिव बिजया धिताल, कोषाध्यक्षमा तारा खत्री छन् । त्यसैगरी सदस्यहरुमा लता शर्मा, जयन्ती खत्री, नारायणी रुपाखेती, अक्षरी पोखरेल, गणेशा कार्की, मिना मल्ल पुन, सरस्वती मल्ल, मैमुना सिद्दिकी, रेखा गुप्ता र गिता राना रहेको सचिव गिरीले जानकारी दिइन् ।
‘आमा बुुवा गुुमाएका टुुहुुरा बालबालिकालाई शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्ने, हिंसा पिडित महिलालाई सहयोग गर्ने, सामाजिक सचेतना फैलाउने बिषयमा निर्णय भएको छ,’ सचिव गिरीले भनिन् । देशभरमा रहेका आमा गुुमाएका छोरीहरुको भावना समेटिएको संस्करण पुुस्तक प्रकाशन गर्ने योजना सुनाउँदै सचिव गिरीले दैनिक नेपालगन्ज सँग भनिन्, ‘आमा औंशी र तीज जस्ता चाडमा आमाको अभाव हुने भएकाले आमा नभएका चेलीहरु भेला भएर आमाको श्रदाञ्जली गर्नुका साथै आमाको बारेमा रचना र भनाई सुुन्ने सुुनाउने काम गर्ने छ ।’

प्रतिक्रिया

प्रतिक्रिया