नेपालगन्ज: छोरीको बिहे उमेर घटाउन अघि सारिएको माग सडक सम्म पुगेको छ । बाँकेका ग्रामीण समुदायका विभिन्न महिलाहरुलाई संगठित अघि सारिएको बिहे उमेर घटाउन कानुन संशोधनको माग लिएर सडकमैं प्रदर्शन गरिएको हो ।
स्थानीय प्रशासनलाई ज्ञापनपत्र दिएर सुरु भएको आन्दोलन विहीबार सडकमा पुगेको छ । उनीहरुको एउटा समूहले नेपालगन्ज उपमहानगरपालिका अगाडी सडक कब्जा गर्दै धर्ना दिएको हो । ‘१६ वर्षको उमेरमै छोरीको बिवाह गर्न नपाए छोरीको सुरक्षा सरकारले गर्नुपर्ने’ तर्क गरिरहेका उनीहरुले त्यसको कारण भने पुरातन र अवैज्ञानिक प्रस्तुत गर्छन् । ‘हामीले दुःख गरेर छोराछोरी जन्माउने सरकारले कानुन बनाएर उनीहरुको बिहे गर्न पाउने अधिकार खोस्ने ?,’ धर्नामा बोल्ने एक वृद्धा महिलाले तर्क गरिन् । कतिपयले आफुपनि १६ वर्ष नपुदै बिहे गरेको र आफ्ना छोरीको पनि ‘बेलैमा’ विहे गरिनदिने भन्दै सरकारले त्यसका लागि अनुदान माग समेत गरे ।
जानकी गाउँपालिका वडा नम्बर ६ का रामदेव मिश्र ग्रामीण वस्तीका महिलाहरुलाई संगठित गर्दै
१६ वर्षमैं सडकमा उतारेका हुन् । उनलेनै यसअघि किशोरीहरुलाई सडकमा ल्याएर आफुहरुको बिहे १६ वर्षमैं गर्न पाउनुपर्ने माग लिएर स्थानीय प्रशासनमा ज्ञापनपत्र बुझाउन लगाएका थिए ।