मन भण्डारी
विकासको दृष्टिकोणले हेर्ने हो भने बाँके जिल्ला सुगम जिल्लाको रुपमा गनिन्छ र सबैले बाँके जिल्लालाई सुगम जिल्लाको रुपमा चिन्छन् पनि । तर, सुगम जिल्लाको दुर्गम क्षेत्रको रुपमा रहेको राप्तिपारीको बगौडा क्षेत्रको पिर मर्काको बारेमा सबैलाई थाहा नहुन सक्छ ।
सबै दृष्टिकोणले पछाडि परेको बगौडा क्षेत्रको विकासको लागि बजेट नगएको पनि हैन, हरेक बर्ष विकासको नाममा गएको करौडौको बजेट केहि टाठा, बाठा ब्यक्तिहरुले दोहन गर्न थाले पछि बगौटा क्षेत्र विकासमा पछाडि परेको छ ।
जनताको सेवा गर्नका लागि खटिएका राष्ट्रसेवकहरुले समेत ठग्न थाले पछि बगौडाबासि झन् समस्यामा परेका छन् । नरैनापुर गाउँपालिका वडा नम्बर २ स्थित लक्ष्मणपुर प्राथामिक स्वास्थ्य केन्द्रमा कर्मचारीहरुको नियमितता नहुँदा लक्ष्मणपुरबासी प्रभावकारी स्वास्थ्य उपचार गराउनबाट बन्चित भएका छन् ।
त्यो क्षेत्रकै सबै भन्दा ठुलो स्वास्थ्य केन्द्रको रुपमा रहेको उक्त स्वास्थ्य केन्द्र हाल १५ वेडको अस्पतालको रुपमा नामाकरण भइसकको छ । नामले १५ वेडको अस्पताल भनिएपनि सामान्य स्वास्थ्य चौकीको जस्तो सेवा उपलब्ध हँुदै आएको छ ।
प्राथामिक स्वास्थ्य केन्द्र हँुदा जम्मा १३ जनाको दरबन्दी भएकोमा हाल ८ जना स्वास्थ्यकर्मी मात्र कार्यरत रहेको पाइएको छ । एम.बि.बि.एस. डाक्टरको समेत दरबन्दी रहेको उक्त स्वास्थ्य केन्द्रमा त्यहाँका स्थानीयहरुले डाक्टरको अनुहार हेर्न पाउँदैनन् । स्वास्थ्य केन्द्रको रुपमा स्थापना भएको २५ वर्ष सम्म पनि त्यो स्वास्थ्य केन्द्रमा डाक्टर बसेको देखेका छनौं त्यहाँका स्थानीयले भने । एम.बि.बि.एस. डाक्टर कहिलेकाही महिलाले पनि १÷२ महिना भन्दा बढि बसेको उदाहरण छैन ।
उक्त स्वास्थ्य केन्द्रमा एकजना एम.बि.बि.एस. डाक्टर, एक जना एज.ए.÷सिअहेव, १ जना स्टाफ नर्स, ३ जना अहेव, ३ जना अनमी, १ जना ल्याब असिसटेन्ट र एक जना कार्यालय सहयोगीको दरबन्दी रहेकोमा हाल एक जना सिअहेव, एक जना स्टाफ नर्स, दुई जना अहेब, तीन जना अनमी, र एक जना कार्यालय सहयोगी कार्यरत रहेको स्वास्थ्य केन्द्रका निमित्त इन्चार्ज मो. तयव रायनले जानकारी दिए ।
स्वास्थ्य केन्द्रको इन्चार्जको जिम्मेवारी पाएका एच.ए. मोइन खाँले लामो समय देखि गाउँपालिकाको स्वास्थ्य संयोजकको जिम्मेवारी सम्हाली रहेका छन् । १३ जनाले गर्नु पर्ने काम अहिले ८ जनाले मात्र गर्नु पर्दा त्यो क्षेत्रका जनताहरुले सहज रुपमा स्वास्थ्य उपचार पाउन सकिरहेका छैनन् । डा. को ब्यवस्था भएको स्वास्थ्य केन्द्रमा डा. नै नबस्ने अन्य स्वास्थ्यकर्मी पनि पर्याप्त मात्रामा नभएपछि उक्त स्वास्थ्य केन्द्र तल्लो तहका कर्मचारीको भरमा चल्दै आएको छ । स्वास्थ्य केन्द्रमा उपचार गर्ने स्वास्थ्यकर्मी नहुँंदा बगौडाबासी जटिल समस्यामा परेका छन् । स्वास्थ्य उपचार गर्न भनेर स्वास्थ्य केन्द्रमा गयो भने स्वास्थ्य केन्द्रमा डा. नहुँदा खाली घर फर्किनु पर्छ लक्ष्मणपुरका स्थानीयले गुनासो पोखे । सामान्य बिरामी हँुंदा पनि अस्पताल जाँदा कहिले कर्मचारी नै हँुदैनन् कहिले कर्मचारी भइहाले पनि औषधि छैन भनेर पठाइदिन्छन् हामी उपचार गर्न जाने अरु ठाउं छैन् लक्ष्मणपुरका कमदिन खाँले भने । कोही बिरामी भइहाले पनि उपचार गर्नका लागि गाउंमा स्वास्थ्यकर्मी भेटिंदैनन् नेपालगन्ज लैजानलाई यातायातको सुविधा छैन गाउँंमै छट्पटाउनु पर्ने अवस्था आउँंछ खाँले गुनासो पोखे ।
गाउंँमा बस्नलाई राम्रो व्यवस्था नभएको निउंँमा स्वास्थ्यकर्मीहरु बस्न नमानेपछि नरैनापुरबासीहरु स्वास्थ्य उपचारबाट बन्चित हुनु मात्र परेको छैन स्वास्थ्य उपचार नपाएकै कारण कति जना त मृत्युको मुखमा पर्नु परेको छ । दरबन्दी अनुसार कर्मचारीको ब्यवस्थापन नहुनु र जिम्मेवारी पाएर गएका स्वास्थ्यकर्मीहरु पनि बिभिन्न बहाना बनाएर फिर्ता हुनुले नरैनापुर क्षेत्रका जनताहरु स्वास्थ्य सुविधाबाट बन्चित हुनुपरेको छ ।
लक्षमणपुर प्राथामिक स्वास्थ्य केन्द्रको समस्या यति मात्रै नभइ भवनको समस्या पनि त्यस्तै छ । लामो समयदेखी स्वास्थ्य केन्द्रको भवन नहँुदा ब्यक्तिको घरमा भाडामा बस्दै आएको स्वास्थ्य केन्द्रको लामो समयदेखी निर्माणाधिन अवस्थामा रहेको १५ वेड सहितको भवनमा हाल सम्म पनि सर्न सकेको छन् । लामो समय लगाएर भवन त बन्यो तर बाउण्ड्री र आवश्यक सबै ब्यवस्थापन हुन सकेको छैन, अब छिट्टै सर्ने योजनामा छौं निमित्त इन्चार्ज मो. तयव रायनले भने ।
मान्छेको स्वास्थ्य जस्तो सम्बेदनशील विषयमा खेलबाड हँुंदा समेत सम्बन्धित निकायको ध्यान जान नसक्नुले पनि नरैनापुर क्षेत्रको समस्या समाधान हुन नसकेको बुझिन्छ । स्वास्थ्यको समस्या मात्र हैन त्यो क्षेत्रका जनताले सबै क्षेत्रको समस्या यसरी नै झेल्दै आएका छन् । हरेक बर्ष बगौडा क्षेत्रको बाटो, बिद्युत र स्वास्थ्य क्षेत्रको विकासको लागि भनेर बिभिन्न निकायबाट जाने करोडौको बजेट कता जान्छ भनेर खोज्ने जिम्मेवारी कस्को ?