स्थानीय भन्दा भारतबाट आउने पशुचौपाया नगरका लागि चुनौती
नेपालगन्ज उप–महानगरपालिका भित्रका बिभिन्न समस्या मध्यको छाडा पशु चौपाया नियन्त्रण चुनौती बन्दै गएको छ । जथाभावी रुपमा छाडा पशु चौपाया सडकमा छाडिंदा नगरको सौन्दर्य मात्र बिग्रिएको छैन, सडक दुर्घटनाको कारक पनि बनिरहेको छ ।
लामो समय देखि छाडा पशु चौपायाको ब्यवस्थापनमा लागेको नेपालगन्ज उप–महानगरपालिका कार्यालयलाई चुनौती बनेको चौपायाको ब्यवस्थापनका लागि पटक पटक अनेक प्रयास गरे पनि उप–महानगरपालिका कार्यालय सफल हुन सकेको छैन । बजार क्षेत्रमा ठुलो संख्यामा छाडा पुश चौपाया हुंँदा एका तिर सहरको सुन्दरता बिग्रिएको छ भने अर्को तिर दिनौँ सवारी दुर्घटना बढाएको छ । खास गरि बजार क्षेत्रको मुल सडकमै जथाभावी रुपमा सांडे, गाई, खच्चड, भुस्याहा कुकुर रहनुले सडकमा आवत जावत गर्ने सवारी साधनहरुलाई समस्या बनाएको हो । छाडा पशु चौपायाको कारण धेरै समस्या उत्पन्न भएको भन्दै ट्राफिक कार्यालय र उप–महानगरपालिका कार्यालयले सयुक्त रुपमा नियन्त्रणको काम थाले पनि समस्या जस्ताको त्यस्तै छ ।
छाडा भेटिएका चौपायाहरुलाई लैजानका लागि नेपालगन्ज उप–महानगरपालिका कार्यालयले पशु धनीहरुलाई पटक, पटक सूचना गर्ने गरेको जनाएको छ । ‘सम्बन्धित पशु धनीहरुले बेवास्ता गरे पछि त्यस्ता चौपायालाई कान्जी हाउसमा पठाइन्छ,’ कति पटक त बजार क्षेत्रका छाडा चौपायालाई जंगलमा समेत लगेर छाडिएको जानकारी दिंदै नेपालगन्ज उप–महानगरपालिका सूचना अधिकारी शरद पौडेलले भने, ‘समस्या समाधान भइरहेको छैन ।’
चौपाया सडकमा छाड्ने पशु धनीहरुलाई उप–महानगरपालिकाले कुनै पनि किसिमको कारबाही गर्न नसक्दा लापरबाही दोहोरिने गरेको बुझाई स्थानीयको छ । बजार क्षेत्रमा रहेका छाडा पशु चौपायाहरुलाई नियन्त्रणमा लिइ कान्जी हाउसमा राख्नु समस्या समाधान नभएको जस्का लागि पशु धनीहरुले नै सहयोग गरेमा समस्या समाधान हुने सूचना अधिकारी पौडेलको भनाइ छ ।
स्थानीय भन्दा भारतबाट आउने पशुचौपाया नगरका लागि चुनौती बनेका हुन् । नेपाल प्रहरीको सहयोगमा सडक तथा बजार क्षेत्रमा भएका छाडा चौपायालाई पटक पटक नियन्त्रणमा लिइ कान्जी हाउसमा राख्ने गरिएको भए पनि भारतमा आउने क्रम नरोकिंदा छाडा चौपाया ब्यवस्थापनमा समस्या आएको पौडेलको भनाइ छ । वडा कार्यालयको रिफारिस लिएर पालन पोषण गर्ने गरि कोहि ब्यक्ति आएको खण्डमा त्यस्ता व्यक्तिलाई उपमहानगरपालिकाले चौपाया उपलब्ध गराउने गरेको छ । ‘यति गर्दापनि नियन्त्रणको चुनौती कम भएको छैन,’ जगर सूचना अधिकारी पौडेलको भनाइ छ ।
पछिल्ल दिनमा बजार क्षेत्रमा पटक पटक हुने सडक दुर्घटनाको प्रमुख कारण मध्यको छाडा चौपाया पनि एक हो । विशेष गरी साँझ तथा रातीको समयमा सडकका मुख्य चौक तथा बिच सडकमा अस्त ब्यस्त अवस्थामा छाडा चौपाया छरिएर बसेको पाइन्छ । जस्को कारण सवारी साधन संचालन गर्न असहज हुनुका साथै दुर्घटना हुने गरेको पाइन्छ । कान्जी हाउसमा लगेर राख्नु समस्या समाधान नभएको कतिपयकोे भनाइ छ । कान्जी हाउसमा थुनेर राख्नु समस्या समाधानको उत्तम उपाय नभएको बरु कतै टाढै लगेर छोड्ने र अन्य बिकल्पको खोजिमा लाग्नुपर्ने नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष्य बुद्धिसागर सुवेदीको भनाइ छ । कान्जी हाउसमा राखेका जनावरहरु मर्ने समस्या भएको भन्दै यो समस्या समाधानका लागि सबै नगरबासीहरु लाग्नुपर्ने वडा अध्यक्ष सुवेदीले बताए ।
यसरी जथाभावी रुपमा पशु चौपाया बजारमा छाड्नाले धेरै सर्बसाधारण र ब्यापारी ब्यबसायीहरुले समेत सास्ती खेप्नु परेको छ । लामो समय देखि रहेको यो समस्या समाधानका लागि सम्बन्धित निकायले दिर्घकालीन उपायको खोजि गर्न जरुरी रहेको स्थानीयवासी बताउँछन् ।