‘नेपालगन्ज न्याय सम्पादनको उर्जावान क्षेत्र’

बसन्त गौतम

न्यायाधीश शान्ति सिंह थापाले नेपालगन्ज न्याय सम्पादनको उर्जावान क्षेत्र भएको बताएकी छिन् । नेपालगन्जबाट बिशेष अदालत काठमाडौंमा सरुवा भई जान लाग्नु भएकी न्यायाधीश थापाले बुधबार न्यायाधीशलाई बिदाई गर्न उच्च अदालत बारले आयोजना गरेको कार्यक्रममा बोल्दै उक्त कुरा बताएकी हुन् ।

न्यायाधीश थापाले सार्वजनिक सरोकारका मुद्धामा नेपालगन्ज उर्जावान क्षेत्र भएको बताउँदै न्यायाधीश थापाले बिकाश निर्माण, स्वच्छ वातावरण, स्वास्थ्य क्षेत्रमा हुने हेलचेक्राई लगायतका सार्वजनिक सरोकारका मुद्दामा कानून ब्यवसायीहरुको सक्रियता सराहनिय भएको बताएकी थिइन् । प्रभावकारी न्याय सम्पादनका लागी बार बेन्चको समन्वकारी भूमिका हुनु पर्नेमा जोड दिदै न्यायाधीश थापाले भनिन् ‘बार र बेन्च एउटै रथका दुई पाङग्रा हुन् ।’

न्यायाधीश खुशी प्रसाद थारुले बार र यहाँका कानून ब्यवसायीको रचनात्मक सहयोगले न्याय सम्पादनमा सहज भएको बताए । मानव अधिकार र सार्वजनिक सरोकारका मुद्दामा यहाँका कानून ब्यवसायीहरुको सक्रियता साँच्चै सराहनिय भएको बताउँदै न्यायाधीश थारुले कानूनका सबै बिद्यार्थी भएकाले नयाँ कानून र सिद्धान्त बारे न्यायाधीश, वकिल सबै र सधै कानूनका बिद्यार्थी भएको बताए । न्यायाधीशलाई नयाँ–नयाँ कानून र सिद्धान्त सिकाउने वकिल भएको बताउँदै नेपालगन्जको सदिक्षाले आगामी दिनमा पनि प्रभावकारी न्याय सम्पादनमा आफु लागिरहने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासबाट २ जना न्यायाधीशको सरुवा भएको छ भने सरुवा भएको ठाउँमा अन्यत्रबाट २ जना न्यायाधीश आउँदै छन् । सरुवा भई आउने न्यायाधीशहरुमा गोकर्ण डाँगी र नर बहादुर शाही रहेका छन् ।
न्यायाधीश डाँगी केहि दिनमा नेपालगन्ज आउदै छन् भने न्यायाधीश नर बहादुर शाही एक मुद्दाको क्षेत्राधिकार सम्बन्धि बिवादमा मुछिए पछि न्यायपरिषद तानिएका छन् । उक्त घटनाको छानविनको लागी सर्वोच्च अदालतका माननीय न्यायाधाधीश सपना प्रधान मल्लको संयोजकत्वमा एक छानविन समिति समेत गठन भै सकेको छ ।

न्यायाधीशद्वयको बिदाई

बारले उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासबाट सरुवा भई अन्यत्र जान लाग्नु भएका २ जना न्यायाधीशहरुको बुधबार बिदाई गरेको छ ।

नेपालगन्ज उच्च बार एशोसिएसनले नेपालगन्ज उच्च अदालतका न्यायाधीशहरु शान्ति सिंह थापा र खुशी प्रसाद थारु बिदाई गरेको हो । नेपालगज उच्च अदालतबाट न्यायाधीश शान्ति सिंह थापाको बिशेष अदालत काठमाण्डौमा सरुवा भएको छ भने न्यायाधीश खुशी प्रसाद थारुको उच्च अदालत पाटनमा सरुवा भएको छ ।

उच्च बार अध्यक्ष बिकाश आचार्यको अध्यक्षमा भएको बिदाई कार्यक्रममा नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ, पूर्व उपाध्यक्ष टिकाजंग सिंह, वरिष्ठ अधिवक्ता गिरिवर प्रसाद अग्रवाल, बाँके जिल्ला बारका अध्यक्ष मोहम्मद अयुव सिद्धिकी अधिवक्ताहरु कुसुमा सुवेदी, इश्वरी प्रसाद ज्ञवाली, सुनिता शर्मा लगायतका वक्ताले उच्च अदालत नेपालगन्जमा कार्यरत रहँदा न्यायाधीशद्वयबाट भएको कार्यको प्रसम्सा गर्दै आगामी दिनमा पनि न्यायका उपभोक्तालाई गुणस्तरिय सेवा दिनमा सकारात्मक भुमिका हुने बिश्वास ब्यक्त गरेका थिए ।

बिदाई शुभकामना दिदै बारमा आवद्ध कानून ब्यवसायीहरुले न्यायाधीशद्वयको न्याय सम्पादनमा महत्वपूर्ण योगदान रहेको भन्दै बारले न्यायाधीशको बिवाद गर्नु वहाँहरु प्रतिको सम्मान र योगदानको कदर भएको बताएका थिए । बाँके जिल्ला बार अध्यक्ष मोहम्मद अयुव सिद्धिकीले न्यायाधीशले आफ्नो बिवेकलाई कानून सम्मत तरिकाले प्रयोग गरेको रहेछ भने कुनै निकायले पुव्राग्रही राखी कारवाही गर्न नहुनेमा जोड दिए ।

नेपाल बारका वरिष्ठ उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले नेपालगंजबाट एकै चोटी शान्ति र खुशीको बिदाई गर्नु पर्दा आफुहरुलाई केहि नराम्रो लागे पनि न्यायिक पद्धती, बिधिशास्त्रको सिस्टम बसाल्नमा न्यायाधीशद्वयको भुमिका महत्वपूर्णको भएकाले नेपालगन्जबासीले वहाँहरुको योगदान सम्झिरहने बताए ।

प्रतिक्रिया

प्रतिक्रिया