दुर्घटना कारण लापरवाही र तिव्र गति, एक बर्षमा ६० ले गुमाए ज्यान

बढी जसो दुर्घटनाका तिव्र गति र चालकको लापरवाहीले हुने गरेको तथ्यांक जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्यांकले देखाएको छ । आ.व. ०७५-०७६ मा बाँकेमा ९९ सय वटा दुर्घटना भएको तथ्यांक ट्राफिक प्रहरी दुर्गादत्त जोशीले उपलब्ध गराएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार, दुर्घटनाको प्रमुख कारण तिव्र गति, चालकको लापवारही रहेको छ । आ.व. ०७५-०७६ मा तिव्र गतिका कारण ३९, चालकको लापरवाहीका कारण ३९ वटा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

ओभरटेकका कारण ७, मापसेका कारण ५, यान्त्रिक कारणले २, सडकको कारणले ३ र चौपायाको कारणले ३ वटा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

सबै भन्दा बढी दुर्घटना शुक्रबार, शनिबार, आइतबार र सोमबार हुने गरेको तथ्यांकले देखाएको छ । बाँकेमा गत आ.व.मा भएका ९९ वटा दुर्घटना मध्ये शुक्रबार १८, शनिबार १९, आइतबार २० वटा, सोमबार १९ वटा, मंगलबार ४, बुधबार ११, बिहीबार ८ वटा भएका थिए ।

बढी जसो दुर्घटना रातीको समयमा हुने गरेको छ । प्रहरीका अनुसार, बाँकेमा ४३ वटा दुर्घटना साँझको ६ बजेदेखि राती १२ बजेसम्म भएका छन् । गत आ.व.मा विहान ६ बजेदेखि १२ बजेसम्म १६, दिउँसो १२ बजेदेखि ६ बजेसम्म ३५, राती १२ देखि विहान ६ बजेसम्म ५ वटा दुर्घटना भएका छन् ।

बाँकेमा गत आ.व.मा भएका दुर्घटनामा ६० जनाले ज्यान गुमाएका छन् । गत आ.व.मा दुर्घटनामा ७५ जना गम्भीर घाइते भए । जसमा ४२ पुरुष, १४ महिला र ४ बालक रहेका छन् । उक्त अवधीमा ४५ पुरुष, २३ महिला, ७ बालक र १ बालिका गम्भीर घाइते भएको तथ्यांक प्रहरीमा छ । ८६ जना साधारण घाइते भएका थिए । साधारण घाइते हुनेमा ५४ पुरुष, २९ महिला र ३ बालिका रहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया