नेपालगन्ज
नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको सभागृह तथा प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग भाग गरिएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघले आइतवार आयोजना गरेको सर्वपक्षीय सर्वदलीय बैठकका सहभागीहरुले नेपालगन्जको वृहत्तर विकासका लागि अन्तर्राष्ट्रियस्तरको सभागृह तथा प्रदर्शनी स्थल निर्माण आवश्यक भएको भन्दै लिखित माग गरेका हुन् ।
सरकारले दिएको भोगाधिकार खोसिएपछि अन्तर्राष्ट्रियस्तरको सभागृह तथा प्रदर्शनी स्थल निर्माण गर्ने नेपालगन्जको सपना चकनाचुर भएको भन्दै सरकारसँग पुनः जग्गाका लागि मात्र नभै सभागृह निर्माणकै लागि माग गर्ने निर्णय गरिएको संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए ।
दशकअघि संघलाई भोगाधिकार दिइएको कारकादौं सडक विभागको १० विगाह जग्गामा अन्तर्राष्ट्रियस्तरको सभागृह तथा प्रदर्शनी स्थल निर्माणको अठोट संघले लिंदै आएको थियो । एक्कासी भोगाधिकार खोसिएको निर्णय बाहिर आएपछि संघले नयाँ ढंगबाट पुनः जग्गा फिर्ता अभियान थालेको हो ।
‘नेपालगन्ज उपमहानगरपालिकाले पनि लिखित असहमतिसहितको बोर्ड बैठकको निर्णय उपलब्ध गराएको छ,’ अध्यक्ष बैैश्यले स्थानीय सरकारको निर्णयदेखि सबै निकायमा भइरहेका पहल तथा सर्वदलीय बैठकको निर्णय लिएर राजधानी काठमाडौं जाने जानकारी दिए ।
‘जसरी होस् अन्तर्राष्ट्रियस्तरको सभागृह तथा प्रदर्शनी स्थल नेपालगन्जमा बन्नु प¥यो, संघका निवर्तमान अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले भने ।
कार्यक्रममा सहभागी राजनीतिक दलहरुले विकासमा राजनीति नगर्न एकापसमा सुझाव दिएका थिए । ‘सत्तारुढ दलहरु जिम्मेवार बनुन्,’ पूर्व नगरप्रमुख, विजय कुमार गुप्तले भने, ‘विकास विरुद्ध गम्भीर राजनीति भएको छ ।’