बाँकेमा लागु औषध एक बिकराल समस्या भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । महिला, कानून र बिकास मञ्चले नेपालगन्ज उमनपा वडा नं १७ को वडा कार्यालय परसपुरमा आयोजना गरेको लागु औषधको नियन्त्रण सम्बन्धि सामुदायिक सम्बाद कार्यक्रमका सहभागाहीहरुले बाँकेमा लागु औषध दुब्र्यसनीहरुको बढ्दो आँकडाले बिकराल समस्या उत्पन्न सक्ने भन्दै समयमै यसको नियन्त्रण गरिनु पर्नेमा जोड दिएका थिए ।
नेपालगन्ज नगरपालिका वडा नं १७ का वडा अध्यक्ष अजय कुमार पाठकले आफ्नो वडामा दुब्र्यसनी युवाहरु रहेको भन्दै अभिभावकले आफ्ना छोराछारीलाई दुब्र्यसनमा फस्नबाट बचाउन समयमै बिचार पु¥याउनु पर्नेमा जोड दिए ।
प्रहरी चौकी साईगाउँका इन्चार्ज प्रसनी कुलराज खनालले छोराहरु लागु औषध गर्ने भए पनि आमाबाबुले ढाकछोप गर्ने प्रवृत्तिले लागु औषध नियन्त्रणमा समस्या परेको बताए । लागु औषध सेवन गर्ने ब्यक्तिहरु गाउँघरमै रहेको भए पनि प्रहरीसम्म समयमै सुचना नआउने समस्या रहेको खनाले बताए ।
स्थानीय समुदायले जबसम्म लागु औषध दुब्र्यसन रोकथाममा पूर्ण सहयोग गर्दैनन् तबसम्म लागु औषध रोकथाममा समस्या पर्ने भन्दै प्रसनी खनालले लागु औषध रोकथाम बिरुद्धको अभियानलाई टोलटोलमा लागु पर्नेमा जोड दिए ।
सम्बाद कार्यक्रमका सहभागीहरुले लागु औषध ठुलो समस्याको रुपमा रहेकोले यसको रोकथाममा अभिभावकको भुमिका बढी हुने बताए । आफ्ना छोरा छोरी कहाँ गैरहेका छन्, के गरिरहेका छन्, उनीहरुको संगत कस्ता ब्यक्तिहरुसंग छ ? भन्ने बारेमा हरदम ख्याल गर्नु पर्नेमा वडा अध्यक्ष अजय कुमार पाठकले जोड दिए ।
रुपैडियाको खुल्ला बजार मुख्य समस्या
सम्बाद कार्यक्रममा सहभागीहरुले भारतको रुपैडियाका मेडिकल पसलमा खुल्ला रुपमा लागु औषधको बिक्रि बितरण हुनाले लागु औषध सेवनकर्ताको सख्यामा बृद्धि हुदै गएको बताएका छन । युवाहरु प्रत्येक दिन साँझ पख रुपैडिया जाने र लागु औषध सेवन गर्ने गरेको जानकारी दिदै वडा अदस्य फिरोज बेहनाले रुपैडियाको रेलस्टेशन वरिपरी लागु औषध दुब्र्यसनीको ठुलो सख्या देख्न सकिने बताए ।
नेपालगन्ज महानगरपालिकाको १७ नं वडा अन्तरगत थुकौलाको सडक पेटीमा लागु औषधका दुब्र्यसनीकर्ताहरु जम्मा हुने स्थान रहेको भन्दै भारतमा गएर लागु औषध सेवन गरि नेपाल फर्कने ब्यक्तिहरुको निगरानी गरि रोकथामको उचित ब्यवस्था मिलाउनु पर्नेमा कार्यक्रममा सहभागीहरुले जोड दिएका थिए ।
सम्बादकर्ता लोग बहादुर परियाले संचालन गरको कार्यक्रममा अधिवक्ता वसन्त गौतमले बाँकेमा लागु औषध बिकराल समस्या बन्दै गएको भन्दै रोकथामका लागी सबै लाग्नु पर्नेमा जोड दिए । भविष्यका कर्णधार युवाहरु लागु औषधको नसामा फस्दै जानु गम्भीर चिन्ताको बिषय भएको भन्दै गौतमले आफ्ना बच्चालाई लागु औषधको कुलतमा लाग्नबाट जोगाउन अभिभावकले हरदम ख्याल राख्नु पर्ने बताए ।
माछा मासु रक्सी छाडी नसामा
पछिल्लो समय नेपालगन्जकोे परसपुरमा माछा माछु र रक्सी खान छोडी नसा सेवन तर्फ युवाहरु लागेको स्थानीय छब्बन सोनकरले बताए ।
जाड, रक्सी खान छोडी जयगुरुदेवका अनुयायी बन्नेको संख्या दिनप्रतिदिन बृद्धि हुदै गए संगै लागु औषध सेवनकर्ताको संख्यामा पनि बृद्धि हुदै गएको वडा सदस्य फिरोज बेहेनाले जानकारी दिए । युवाहरु माछा, मासु, जाड, रक्सी खान छाडेर नसामा जाने क्रम बढेको छ, उनले भने ।