बर्दियाको खुन्तिपुरमा बाढीले बगाएर ल्याएको काठ लिन जाँदा बबई नदीले बगाएको दुई जनाको सकुशल उद्धार गरिएको छ ।
बाढीले बगाएर ल्याएको काठ लिन नदी किनारमा गएका बेला बारबर्दिया नगरपालिका–११ खुन्तीपुरका रामभरोसे थारु र अर्का एक जनालाई बाढीले बगाएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिनुभयो । बबई नदीले बगाएका दुवै जनाको सकुशल उद्धार गरिएको उहाँले बताउनुभयो
स्थानदेखि झण्डै २ किलोमिटर तल गुलरिया नगरपालिकाको भैँसाहीबाट रामभरोसे थारुलाई र अर्का एक जनालाई बालापुरबाट उद्धार गरिएको सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।
बबई नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कताका लागि जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुरोध गरेको छ । बबई नदीको चेपाङ्गमा रहेको बाढी मापन केन्द्रमा बुधबार बिहान पानीको सतह ५.४ मिटर पुगेकाले बबई नदीको तल्लो तटीय क्षेत्रमा बेलुकासम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
२०७१ साल साउन ३० गते बबई नदीमा आएको बाढीले बर्दियामा जनधनको ठूलो क्षति भएको थियो । साथै बर्दिया बबई नदिको चेपाङ्गमा रहेको वाढी मापन केन्द्रमा २०७६ श्रावण ८ गते विहान पानीको सतह ५.४ मिटर पुगेकाले बबई नदिको तल्लो तटिय क्षेत्रमा आज वेलुका सम्म उच्च सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यलय बर्दियाले जारी गरेको सुचना स्थानीयबासिमा अनुरोध गरेको छ ।
साथै निरन्तर वर्षा जारी रहेको र नदिको तल्लो तटिय क्षेत्रमा नदिमा काठ दाउरा समात्न, निकाल्ने कार्य अति जोखीमपुर्ण हुने हुँदा यस्तो अवस्थामा नदि किनार क्षेत्रको नजिक नजान हुँन समेत अनुरोध गरिएको छ ।