रुपन्देही :
रुपन्देहीको ओमसतियास्थित चनौदी बगाहा प्रहरी चौकीका इन्चार्ज घुस लिदा लिदै पक्राउ परेका छन् । उनि स्थानीय व्यापारीसँग घुस लिदै गर्दा पक्राउ परेका हुन ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलको टोलीले चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) प्रेमबहादुर थापालाई रोहिणी गाउँपालिका १ स्थित एक रेष्टुरेन्टबाट व्यापारीसँग ३ हजार ५ सय रुपैयाँ घुस लिदै गरेको अवस्थामा पक्राउ गरेको आयोगको बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताए ।
भुसालका अनुसार थापालाई घुस रकमसहित आवश्यक कारवाहीका लागि टंगालस्थित आयोगको केन्द्रीय कार्यालयमा पठाइएको छ ।