निगरानीमा बाँकेका होटल

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक बीरबहादुर वलीले होटलहरुमा प्रहरीले निगरानी बताएका छन् । अपराधको स्रोत बन्द कोठा र सुरक्षित स्थाननै हुने भएकाले अपराधीहरुले फाइदा लिन सक्ने सम्भावित ठाउँ होटलहरुलाई नियमित निगरानीमा राखिने गरिएको वलीले खुलस्त पारे ।


आइतवार आफुलाई स्वागत सम्मान गर्ने होटल व्यवसायी संघ, नेपालगन्ज बाँकेले आयोजना गरेको अन्तक्र्रियामा प्रहरी उपरीक्षक वलीले भने, ‘तर, तपाइहरु डराउनु पर्दैन, निर्धक्क आफ्नो पेशागत आचरण र कानुनको दायरामा बसेर होटल सञ्चालन गर्नुस् ।’

वलीले होटल सञ्चालकलाई आन्तरिक सुरक्षामा गम्भीर हुन सचेत गराए । ‘कानुनको अज्ञानता क्षम्य हुँदैन,’ प्रहरी उपरीक्षक वलीले अपराधलाई केही गरि प्रश्रय नदिन चेतावनी पनि दिए ।
प्रहरी उपरीक्षक वली सामु होटल व्यसायी संघले अव्यवस्थित ट्राफिकका कारण समस्या भएको गुनासो राखेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया