नेपालगन्जको भविष्य, ‘राजधानी की कर्णाली’

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले यहाँको भविष्यका लागि आन्दोलनको माहोल बनाउँदै लैजान आव्हान गरेका छन् ।


‘नेपालगन्जको भविष्य प्रदेश ५ को राजधानीमा छ, की कर्णालीमा जोडिनुमा,’ नगर प्रमुख डा. राणाले राज्य पुनःसंरचनाको मारमा पिल्सीएका स्थानीय होटल व्यवसायीहरुलाई आइतवार सम्बोधन गर्दै भने, ‘त्यसका लागि आन्दोलनको विकल्प छैन ।’ उनले बाँके र बर्दियाका लागि राजधानी सम्भव नदेखिएको भन्दै कर्णाली प्रदेशमा जानुनै उचित निर्णय हुने ठोकुवा गरे ।

‘यहाँका थारु र मधेसी जनताले पनि बुझिसकेका छन्,’ नगरप्रमुख डा. राणाले महिनौं देखि आन्दोलनको विकल्प नरहेको आफ्नो धारणा पुनः राख्दै भने, ‘केही थारु र मधेसी अगुवालाई यो कुरा बुझाउन बाँकी छ ।’ उनले कर्णालीमा जोडिंदा नेपालगन्जमा निर्विकल्प रुपले अन्तर्राष्ट्रिय विमानस्थल देखि प्रदेशको आर्थिक केन्द्र स्थापना हुने बताए । डा. राणाले जनता सडकमा आउनुको विकल्प नरहेको भन्दै व्यवसायीहरुलाई साथ दिन आव्हान पनि गरे ।

बाँके बर्दियालाई प्रदेश ५ मा अव्यवहारिक हुने भन्दै धारणा सार्वजनिक गर्दै आएका नेपालगन्जका नगर प्रमुख डा. राणाले ‘अब आन्दोलनको विकल्प नरहेको’ बताउन थालेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया