राज्य पुनःसंरचनापछि नेपालगन्जबाट धमाधम व्यवसायीहरु पलायन

राज्य पुनःसंरचनामा विवेक नपु¥याउँदा नेपालगन्जमा व्यवसायिक भविष्य धरापमा परेको गुनासो गरिएको छ । खासगरि, होटल तथा पर्यटन व्यवसायीहरुले राज्य पुनःसंरचनाका नाममा यहास्थित सरकारी तथा गैरसरकारी कार्यालय स्थानान्तरण गरिंदा नेपालगन्जको व्यवसायिक अवस्था विस्थापनको जोखिममा परेको गुनासो गरेका हुन् ।

‘बेलैमा समाधान खोजिएन भने नेपालगन्जको व्यवसायिक भविष्य धराशयी हुने अवस्थामा पुगिसकेको छ,’ व्यवसाय चौपट भइसकेको भन्दै सरोकारवालासँग आइतवार समाधान खोजिका लागि गरिएको अन्तक्र्रियामा आयोजक होटल व्यवसायी संघ नेपालगन्जका अध्यक्ष भीमलाल कंडेलले भने ।

व्यवसाय विस्थापनको अवस्थामा पुगेको भन्दै बाँकेका होटल सञ्चालकहरुको लगानी डुब्ने अवस्थामा पुगेपछि आइतवार नेपालगन्जमा ‘होटल व्यवसायीका बर्तमान समस्या र समाधानका उपाय’ बिषयक अन्तक्र्रिया आयोजना गरिएको थियो । कार्यक्रमबारे प्रकाश पार्दै संघका अध्यक्ष कंडेलले पछिल्ला दिनहरुमा होटलहरु पनि सञ्चालन खर्च समेत जुटाउन नसकेर विस्थापित हुन थालेको बताए । संघीयताको नराम्रो असर नेपालगन्जलाई परेको र त्यसमा पनि सबै भन्दा धेरै होटल व्यवसायलाई मर्का परेको अध्यक्ष कंडेलको भनाइ छ ।

नेपालगन्जमा रहेका कयौं सरकारी तथा गैरसरकारी कार्यालय कर्णाली प्रदेशका नाममा सुर्खेत र प्रदेश ५ का लागि बुटवल सारिएपछि त्यसको पहिलो प्रभाव होटल व्यवसायीहरुलाई परेको हो । ‘समय छँदै समाधानका लागि केही गर्न सकिन्छकी भनेर यो पहल गरिएको हो, प्रदेश सभा सदस्य, नगर प्रमुख, राजनीीतक दलका प्रमुख, सरकारी तथा नीजि क्षेत्रका प्रतिनिधिबीच व्यवसायिक अवस्थाबारे होटल व्यवसायी संघ नेपालगन्ज बाँकेका तर्फबाट अन्तक्र्रियामा अवधारणा प्रस्तुत गर्दै पूर्व बरिष्ठ उपाध्यक्ष एवं वरिष्ठ सल्लाहकार नारद पुरीले भने । नेकपाका जिल्ला अध्यक्ष समेत रहेका प्रदेश ५ का प्रदेश सभा सदस्य आइपी खरेल, प्रदेश सभा सदस्य मोहमद याकुव अन्सारी, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख धवल समशेर राणा, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, जिल्ला प्रहरी प्रमुख बीरबहादुर वली, नेपाली काँग्रेस बाँकेकी अध्यक्ष किरण कोइराला, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य लगायतबीच पुरीले १५ बूँदे अवधारणा प्रस्तुत गरेका हुन् ।

होटल व्यवसायी महासंघ प्रदेश ५ का अध्यक्ष भाष्कर काफ्लेले व्यवसायिक अवस्था सुधारमा राज्यको तर्फबाट उचित पहलको खाँचो औल्याए । ‘भएकै होटल तथा पर्यटन क्षेत्रको अवस्था सुधार गरेरै मानिसलाई आकर्षित गर्नुको विकल्प छैन,’ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले भने ।

नगर प्रमुख डा. राणाले व्यवसायीका मागमा आफु सहमत रहेको बताए । उनले फुटपाथ देखि सडक बजारलाई व्यवस्थित गर्न लागिएको बताए । बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक बीर बहादुर वली लगायतलाई कार्यक्रममा स्वागत समेत गरिएको कार्यक्रम सञ्चालन संघका महासचिव रंगबहादुर खड्काले र स्वागत वरिष्ठ उपाध्यक्ष राम बहादुर लिम्बुले गरेका थिए ।

नेपालगन्जका होटल तथा पर्यटन व्यवसायीहरुको सहभागितामा भएको कार्यक्रममा तारे होटलका सञ्चालकहरुको समेत सहभागिता थियो । भेरी यातायात व्यवसायी संघका कार्यबाहक अध्यक्ष शोभाखर पौडेल र होटल सोल्टीका महाप्रवन्धक इन्द्र खड्का संघको अवधारणामा टिप्पणीकारका रुपमा थिए । ‘भारतका विभिन्न सहरमा सोझै बस सञ्चालनका विषयमा राज्यले गम्भीर ढंगले सोच्नुपर्ने’ यातायात व्यवसायी संघका पौडेलको भनाइ थियो ।

प्रतिक्रिया

प्रतिक्रिया