हरित खजुरा, ‘मुलुकमैं पहिलो’

त्यसका लागि दुई अर्बको डिपीआर तयार

खजुरा गाउँपालिकाले हरित खजुरा बनाउने गुरु योजना अघि सार्दै मुलुकमैं पहिलो यसखाले परियोजना ल्याउन लागेको जनाएको छ । बुधवार पत्रकार सम्मेलन गरेरै गाउँपालिकाले आफ्नो ‘स्वप्निल परियोजना’ बारे जानकारी गराएको हो ।

उज्बेकिस्तानको ताशकन्द शहरमा सम्पन्न भएको ग्रिन इकोनोमी समिटमा पुगेर हरित खजुरा परियोजनाको औपचारिक सम्झौता गरि फर्किएका गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले परियोजना कार्यान्वयनमा आए खजुरा वा बाँकेको मात्र नभइ देशकै गौरबको आयोजना हुने बताए । यसले सडक सञ्जालदेखि कृषिमा वैज्ञानिक पद्धतीको विकास गर्ने विश्वास गरिएको छ ।
कृषिमा दीगो विकास र हरित खजुरा भन्ने मुल नाराका साथ गाउँपालिकाले अघि सारेको हरित खजुरा बनाउने गुरु योजना ल्याएको हो ।

युनेस्को सिटिज् प्रोजेक्ट, चाइना इन्स्टिच्युट फर साउथ साउथ कोअपरेसन इन एग्रीकल्चर वल्ड फुड प्रोग्राम, चाइना सेन्टर अफ एक्सलेन्स, युएनडिपी, आइएफएडी, एफएओ र खजुरा गाउँपालिकासंग कृषिमा दीगो विकास गरि हरित शहर बनाउन साझेदारीको सम्झौता गरिएको हो । चाइना इन्स्टिच्युट फर साउथ साउथ कोअपरेसन इन एग्रीकल्चर विच सयुक्त हस्ताक्षर गरि खजुरा गाउँपालिकाको कृषिमा दीगो विकासको परियोजना प्रवेश पाएको औपचारिक जानकारी दिन गाउँपालिकाले पत्रकार सम्मेलन गरेको थियो ।

‘तत्कालै नमुनाका रुपमा कार्यान्वयनमा आउने परियोजना सफल भएमा सन २०२० देखि औपचारिक रुपमै कार्यान्वयनमा आउनेछ,’ २ अर्ब बराबरको डिपीआर तयार भएको जानकारी दिंदै कक्षपतिले भने । उनले ‘सिचाई, प्रविधि, उन्नत विउ विजन, प्रविधिको प्रभावकारी व्यवस्थापन र परिचालन गरि हालको परम्परागत निर्वाहमुखि कृषि प्रणालीलाई यस सम्झौताको कार्यन्वयनले सम्मुनत र समृद्धि गर्ने लक्ष्य रहेको बताए । परियोजना नेपाल सरकारसँग स्वीकृतिको चरणमा गइसकेको छ ।

परियोजनाले गरिवी न्युनिकरणका साथै व्यवस्थित हरित शहरको विकास गरि नेपालकै नमुना गाउँपालिका बनाउने योजना रहेको गाउँपालिकाका प्रमुख कक्षपतिले बताए । ‘यो गौरबको कुरा हो,’ गाउँपालिका उपप्रमुख एकमाया बिक, विज्ञ, वडाध्यक्षहरु, विभिन्न कृषि क्षेत्रका स्थानीय अगुवाबीच गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीले भने, ‘यसका लागि सिंगो खजुरा एक ढिक्का हुनुपर्छ ।’

स्थानीय अगुवा किसान लालबहादुर खत्रीले खजुराको दीगो विकासका लागि स्मार्ट कृषिसँगै आएको नयाँ परियोजना सँग् धेरै आशा राखिएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया