उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले लक्ष्य अनुसार मुद्दाको फछ्र्यौट गरेको जनाएको छ । अदालतले कुल लगतको मुद्दा फछ्र्यौट प्रतिशत ७१.१२ रहेको हो ।
छिटो छरितो न्याय, सवैको लागी न्याय भन्ने मुल नाराका साथ अगाडी बढेको अदालतले बर्षभरिमा १०४२ थान मुद्दाको फैसला गर्ने लक्ष्य राखेकोमा १२१३ थान मुद्दा फछ्र्यौट भएको वरिष्ठतम् न्यायाधीश बिष्णु देव पौडेलले जानकारी दिए ।
अदालतले बार्षिक कार्ययोजना अनुसार जम्मा लगत १४८९ रहने र १०४२ थान मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखिएकोमा १७०३ थान, लक्ष्य भन्दा २१४ थान बढी मुद्दा अदालतमा दर्ता भएकोमा १२१३ थान अर्थात् लक्ष्य भन्दा १७१ थान मुद्दा फछ्र्यौट भएको अदालतले जनाएको छ ।
बार्षिक कार्य प्रगती बारे संचारकर्मीलाई जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठतम न्यायाधीश पौडेलले २०७६ असार समान्तसम्ममा एक बर्ष नाघेका २ थान मुद्दा मात्र फैसला हुन बाँकी रहेको जानकारी दिए ।
अदालतमा जम्मा ४९० थान मुद्दा चालु रहेको रजिष्ट्रार हिरण्य प्रसाद भण्डारीले जानकारी दिए । हाल अदालतमा रिट क्षेत्रका मुद्दा थान १५८, देवानी १५८ थान, सरकारवादी फौजदारी १३९, दुनियावादी फौजदारी मुद्दा ३५ थान बिचाराधिन रहेको रजिष्ट्रार हिरण्य प्रसाद भण्डारीले बताए ।
पत्रकारसंगको अन्तरक्रियामा वरिष्ठ न्यायाधीश बिष्णुदेव पौडेलका साथै न्यायाधीशहरु हेमराज पन्त, शान्तिसिंह थापा, ऋषि प्रसाद अधिकारी, खुसी प्रसाद थारु र बिमल प्रसाद सुवेदीको सहभागिता रहेको थियो ।