बाँके डुडुवा गाउँपालिकाले व्यवसाय करको दायर विस्तारको कार्य शुरु गरेको छ । गाउँपालिका अन्र्तगत रहेका विभिन्न व्यवसायिक पसलहरुलाई करको दायरामा ल्याउनका लागि अभियान थालिएको हो ।
गाउँपालिका अन्र्तगत रहेका विभिन्न साना तथा ठुला व्यवसायिक पसलहरुलाई शुरुमा दर्ता प्रक्रियामा ल्याउनका लागि अहिले तथ्यांक संकलनकर्ताहरुलाई खटाइएको छ । संकलनकर्तालाई खटाएर सबै व्यवसायिक पसलमा पुगेर करको बारेमा जानकारी दिई दर्ता प्रक्रियामा ल्याउन लागिएको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चोैधरीले बताउनुभयो ।
अध्यक्ष चौधरीका अनुसार चालु आर्थिक वर्षको असार मसान्तसम्म सबै व्यवसायिक पसल दर्ता गरिसक्नु पर्नेछ । दर्ता शुल्क गाउँपालिकाले गाउँसभाबाट पारित गरेको शुल्क लागु हुनेछ । शुरुमा न्युनतम शुल्क लिएर कर तिर्न बानी बसाल्नका लागि अहिले शुरुमा घरमै संकलनकर्ता पठाइएको अध्यक्ष चौधरीले बताउनुभयो ।
व्यवसाय करको दायरालाई फराकिलो बनाउनका लागि गाउँपालिकाले यो अभियान शुरु गरेको हो । अभियानमा खटिने संकलनकर्तालाई दर्ता फारम भर्नका लागि अभिमुखीकरण गरिएको छ । अभिमुखीकरणमा गाउँपालिकाका लेखापाल नारायण सापकोटा, नासु ऋषिराज गौतम, कम्प्युटर अपरेटर कौशल पटेलले सहजीकरण गुर्नभएको थियो ।