बुधबार विहान प्रहरी र नेत्रविक्रम चन्द विप्लव समूह बीच दोहोरो भिडन्त भएको छ । भिडन्तमा एक प्रहरी र एक विप्लव समूहका नेताको मृत्यु भएको छ ।
भोजपुर अस्पतालमा उपचार हुँदै गर्दा प्रहरी जवान सन्जीव राई र विप्लव कार्यकर्ता निरकुमार राईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए ।
विप्लव समूह र प्रहरी बीच भएको दोहोरो भिडन्तमा प्रहरीको मृत्यु भएको सम्भवत यो पहिलो घटना हो ।