नरैनापुरबाट तस्करीका १८ खसी सहित भारतीय नागरिक पक्राउ

भारत श्रावस्ती जिल्लाको मल्लीपुरबाट ल्याउँदै गरेको १८ वटा खसी इलाका प्रहरी कार्यालय भगवानपुरले नियन्त्रणमा लिएको छ ।

आइतबार नेपाल–भारत सीमाको भित्री बाटोहरुबाट भन्सार छलेर ल्याइएको खसी निमित्त प्रहरी इन्चार्ज परशुराम चौधरीको कमाण्डमा गएको टोलीले मटेहिया नजिकबाट फेला पारेर नियन्त्रणमा लिएको हो ।

आइतबार भारतीय नागरिक नान बाबु खाँले भन्सार छलेर ल्याएको खसी प्रहरीले नियन्त्रणमा लिएको हो । यसअघि पनि भित्री नाकाहरुबाट अवैध रुपमा नेपाल भित्र्याइएको खसी बाँकेको अगैयामा प्रहरीले समातेको थियो ।

यो पनि पढ्नुहोस्

सेटिङमा खसी तस्करी

प्रतिक्रिया

प्रतिक्रिया