यस कारण खेलकुद : रतन कुमार टण्डन

खेलकुदमा लागिसकेपछि मैले जीवनमा धेरै प्राप्त गरें, केही गुमाएको अनुभुति भएको छैन । स्वास्थ्य जीवन जीउने कला खेलकुदले नै सिकायो । मिहिनेत, अनुशासन, लगनशीलता जीवनका अभिन्न अंग हुन् भन्ने पनि खेलकुदबाटनै सिकेको हुँ । जसको कार्यान्वयनले मलाई उद्योग र व्यापार व्यवसायमा सफल बनायो । जसको स्वाभीमानी नेपाली नागरिक भई आत्मसम्मानका साथ बाँच्न पनि यही खेलकुद क्षेत्रले सिकाएको हो

कर्म गर फलको आशा नगर । गीताको श्लोक यही भन्छ । वास्तवमा फलको आशा नगरेर पनि कर्म गरी रह्यो भने अन्ततः मिठो फल पाइदो रहेछ । आज मलाई यस्तै महसुस भइरहेको छ । हुन त म आफुलाई खेलकर्मीका रुपमा चिनाउन चाहन्छु र मेरो वास्तविक परिचय पनि यही नै हो । तर, म विशुद्ध व्यापारी पनि हुँ । लगानी गरेपछि प्रतिफल अवश्य पाउनु पर्छ । व्यापारको सिद्धान्त त यही नै हो । तै पनि सामाजिक स्वार्थका लागि काम गर्ने क्रममा भने प्रतिफल आफ्ना लागि होइ्न, समाज कै लागि हुनु पर्छ भन्ने मेरो मान्यता सधैँ रहिरह्यो । खेलकुदमा मेरो प्रत्यक्ष, अप्रत्यक्ष संलग्नताले समाजलाई के कति लाभ पुग्यो, यो कालान्तरमा इतिहासले मूल्यांकन गर्ने नै छ ।


तर, खेलकुदमा लागिसकेपछि मैले जीवनमा धेरै प्राप्त गरें, केही गुमाएको अनुभुति भएको छैन । स्वास्थ्य जीवन जीउने कला खेलकुद ले नै सिकायो । मेहनत, अनुशासन, लगनशीलता जीवन का अभिन्न अंग हुनु भन्ने पनि खेलकुद बाटनै सिकेको हुँ । जसको कार्यान्वयनले मलाई उद्योग र व्यापार व्यवसायमा सफल बनायो । जसको स्वाभीमानी नेपाली नागरिक भई आत्म सम्मानका साथ बाँच्न पनि यही खेलकुद क्षेत्रले सिकाएको हो भन्दा अन्यथा हुने छैन मेरो लागि । बरु विभिन्न जात, धर्म, भाषा, भेषभूषाका कारण विक्षिप्त समाजलाई एकताको सुत्रमा बाँध्ने प्रभावकारी माध्यम खेलकुद नै अगाडि देखिँदा यस क्षेत्रमा समय मै लागिए छ भन्ने लागेको छ । खेलकुद क्षेत्रमा लाग्दा मलाई आत्म गौरवको अनुभुति भएको छ । मेरो बाँकी सारा जीवन पनि नेपाली खेलकुदको विकासमा सर्मपित गर्ने बाचा राख्दा छु ।


जुमा स्पोर्टस् अवार्ड अन्तर्गत पाएको यो विशेष सम्मान मलाई यतिबेला निकै भावविह्वल बनाएको छ । मेरो चार दशकको खेल केरियरमा पाएको यो सम्मान समस्त बाँकेबासीमा समर्पण गर्न चाहन्छु । जुमा स्पोर्टस क्लब अवार्ड नेपाली खेलकुदकै एउटा सम्मानित पुरस्कार हो भन्ने मलाई लागेको छ ।


मेरो ४० वर्षे खेलकुद जीवनमा पाएको सम्भवतः यो ठुलो सम्मान हो । यसलाई मैले नागरिक सम्मानका रुपमा लिएको छु । यसको सम्पूर्ण श्रेय मेरो बुबा स्वर्गीय कृष्ण गोपाल टण्डन जसले मलाई समाज सेवा र खेलकुद विकास अभियानमा लाग्न प्रेरित गर्न भो, उहाँमाथि अर्पण गर्न चाहन्छु । त्यसै गरी सम्पुर्ण परिवार जन, जसले मलाई समाजिक कार्यमा लाग्न उत्प्रेरित गर्नु भयो, उहाँहरुलाई पनि यसको श्रेय पक्कै जाने छ । त्यसपछि यो सम्मानको भागीदार बाँके जिल्ला निवासी सम्पुर्ण दाजुभाई तथा दिदी बहिनीलाई जान्छ, जानुपर्छ । उहाँहरुकै साथ र सहयोगले खेलकुदमा लाग्न प्रेरित गरी रह्यो, सर्दैव उर्जा भरि रह्यो । (ओलम्पिक कमिटीका कोषाध्यक्ष, नेपालगन्जका वरिष्ठ उद्योगपति टण्डनले नेपालगन्जमा शनिवार सम्मानित भएपछि दिएको मन्तव्यको सम्पादित अंश)

प्रतिक्रिया

प्रतिक्रिया