प्लाष्टिकले भएको फोहोरको अवस्था देखाउन नेपालगन्जमा फोटो प्रदर्शनी

नेपालगन्ज उपमहानगरपालिका प्लाष्टिक विरुद्धको अभियान जारी राखेको छ । नगरलाई प्लाष्टिक मुक्त बनाउनका लागि उपमहानगरपालिकाले विभिन्न संघ, संस्थाहरु सँगको सहकार्यमा सचेतनामूलक कार्यक्रमहरु आयोजना गरिरहेको हो ।

त्यसक्रममा शुक्रबार पनि नेपालगन्जमा सहरमा प्लाष्टिकले सिर्जना गरेको फोहोरको अवस्था चित्रण गर्ने खालको फोटो प्रदर्शनी गरिएको छ । बिहीबार विपीचोकमा गरिएको फोटो प्रदर्शनी शुक्रबार त्रिभुवन चोक र राँझामा फोटो प्रदर्शनी गरिएको सहभागी अमित रावलले जानकारी दिएका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघले पनि शुक्रबार प्लास्टिकजन्य फोहर न्युनीकरणका लागि त्रिभुवनचौकदेखि विपीचोक सम्म ‘प्लाष्टिक फोहोर न्यूनीकरण परीक्षण परियोजना’ अन्तर्गत सिकाई समिक्षा कार्यशाला आयोजना गरेको उपमहासचिव ताराकुमारी खत्री रोकायले जानकारी दिएकी छन् ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशरमेर राणाले सहरलाई प्लास्टिक मुक्त बनाउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताएका छन् । उनले नेपालगन्जलाई नमुना र हराभरा सहर बनाउने कार्यमा आफुहरु लागिपरेको बताउदै सो कार्यमा सबैलाई जुट्न आग्रह पनि गरे ।

प्रतिक्रिया

प्रतिक्रिया