कानुनलाई चुनौति दिंदै दुग्ध व्यवसायी, मापदण्डमा वेवास्ता

नेपालगन्जमा सञ्चालित कतिपय डेरी पसलहरु मापदण्ड बिपरित सञ्चालन भएको पाइएको छ । उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रुपन्देही र बाँके जिल्ला स्थित संयुक्त बजार अनुगमन टोलीले नेपालगन्जका डेरी पसलमा गरेको अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको पाइएको हो ।


अनुगमनमा संलग्न खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय बाँकेका खाद्य निरिक्षक बिवेक सुवेदीले दुध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका २०७५ ले डेरी उद्योगले खुल्ला रुपमा दुध बिक्री बितरण गर्न नपाउने स्पष्ट गरेको बताए । तर नेपालगन्जका अधिकांश डेरी पसलले खुल्ला रुपमा दुध बिक्री बितरण गरिरहेका छन् ।


कतिपय डेरीले साइन बोर्डमै खुल्ला दुध पाइने ठाउँ भनी उल्लेख गरेको अनुगमनमा संलग्न उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष अधिवक्ता वसन्त गौतमले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया