बाँके जिल्ला अदालतबाट फैसला भएका मुद्दा मध्ये ५६.०२ प्रतिशत फछ्यौट भएको पाइएको छ । फैसला कार्यान्वयनका लागी जम्मा १४ निवेदन परेकोमा ४५६ वटा निवेदन मात्रै फछ्यौट भएको र ३५ निवेदन फछ्यौट हुन बाँकी रहेको तहसिलदार हेमराज तिमिल्सेनाले जानकारी दिएका छन् ।
कैद तर्फ ३ हजार ९ सय २८ बर्ष ९ महिना २३.५ दिन भएकोमा १ हजार ४ सय ८९ बर्ष ७ महिना १६ दिन फछ्यौट भएको तिमिल्सेनाले बताए ।
प्रतिशतका हिसावले ३७ प्रतिशत मात्रै कैद असुल भएको छ । यसै गरि जरिवाना तर्फ जम्मा लगत रु ७ करोड २६ लाख ९८ हजार ८ सय ८१ भएकोमा १ करोड ६२ लाख ३५ हजार ६ सय ४ फछ्यौट भएको छ भने अझै ५ करोड ६४ लाख ६३ हजार २ सय ७७ असुल हुन बाँकी रहेको छ । प्रतिशतका हिसावले २२.३३ प्रतिशत जरिवाना असुल भएको तिमिल्सेनाले जानकारी दिएका छन् ।