बाँकेका स्थानीय तहहरुले मंगलबार आगामी आ.व.का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । मंगलबार भएको नेपालगन्ज उपमहानगरपालिकाको पाँचौ नगर सभाले २ अर्ब २८ करोड ८५ लाख रुपैयाँ बजेट प्रस्ताव गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले चालु खर्चतर्फ एक अर्व २१ करोड ४७ लाख ७२ हजार, पूँजीगत तर्फ एक अर्व ४ करोड ३७ लाख ८१ हजार विनीयोजित वजेट प्रस्तुत गरेकी हुन् । गत आर्थिक वर्ष २०७४÷०७५ मा आन्तरिक श्रोततर्फ रु. १४ करोड ११ लाख आय अनुमान गरिएकोमा हालसम्म रु.१२ करोड ११ लाख ३७ हजार राजस्व असुल भई करिब ८५ दशमलव ८२ प्रतिशत लक्ष्य हासिल भएको वजेट वक्तव्यमा उल्लेख छ ।
हालसम्मको आम्दानीको स्थितिलाई मध्यनजर गर्दै प्रस्तुत वजेटमा आन्तरिक श्रोत अनुमानको ९० प्रतिशत भन्दा बढी लक्ष्य प्राप्ती हुने पनि अनुमान गरिएको छ । आगामी आ.व. को आन्तरिक श्रोतको आय अनुमान १७ करोड ४१ लाख प्रस्ताव गरिएको छ । आगामी आ.व.मा एसियाली विकास बैंक, नगर विकास कोष र बाह्य श्रोतबाट प्राप्त हुने ऋण तथा अनुदानहरु एक अर्ब ८ करोड समेत गरि कुल आय दुई अरब २८ करोड ८५ लाख ५४ हजार हुने अनुमान गरिएको हो ।
नगर सभामा नगर प्रमुख डा. धवल शम्शेर राणाले पेश गर्नु भएको नीती तथा कार्यक्रम र उपप्रमुख उमा थापा मगरले पेशगर्नु भएको वजेट परिमार्जन र संशोधनसहित स्वीकृत गरिएको छ ।
त्यसअघि नगर प्रमुख डा. राणाले आ.व २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालगञ्जलाई विकासको उत्कृष्ट शहर बनाउने उदघोष गरेका थिए । उनले दश वटा विविध विषय समावेश प्रस्तुत नीति तथा कार्यक्रममा बागेश्वरी मन्दिर नजिक सात तले बागेश्वरी कम्पलेक्सदेखि हालको नगरभवनमा बहुतले पार्किङ सहितको सपिङ कम्पलेक्स निर्माणलाई प्राथमिकता दिइएको बताए । वडा नम्बर १४ मा सात सय क्षमताको निर्माणधिन सभाहल बनिसकेपछि नगरभवनमा ‘हाई राईज पार्किङ’ सुविधा सहितको सपिङ्ग कम्पलेक्स बनाउने पनि उल्लेख छ ।
खजुराको बजेट ६६ करोड
बाँकेको खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुका साथै ६६ करोड २६ लाख ६५ हजारको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरे भने उपप्रमुख एकमाया विकले बजेट प्रस्तुत गरेकी थिइन् ।
मंगलवार खजुरा गाउँपालिकाको पाँचौ गाउँसभामा संघ, प्रदेश र आन्तरिक गरी उक्त बजेट प्रस्तुत गरिएको हो । प्रमुख कक्षपतिले नीति तथा कार्यक्रमले नागरिकको जीवनस्तरमा देख्न सकिने र नाप्न सकिने पूँचीको विकास, उत्पादन सहयोगी भौतिक पूर्वाधारको विकास, कृषि क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउँदै बहुआयामिक कृषि क्षेत्रको विकासको गर्ने, गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित, समावेशी र सन्तुलित विकास प्रवद्र्धन गर्ने, आधारभूत शिक्षालाई थप सुदृढ र गुणस्तरीय बनाउने, वातावरण संरक्षण विपद् व्यवस्थापनको पूर्वतयारी, न्यूनीकरण गर्ने पर्यटनलाई क्रस कटिङ क्षेत्रको रुपमा विकास गरी कृषि तथा पर्यापर्यटनलाई प्रवद्र्धन गर्ने, चुस्त दुरुस्त शासनको प्रत्याभूति दिनका लागि सुशासन र जवाफदेहिता प्रवद्र्धन गर्ने लक्ष्य र उद्देश्य लिएको बताए ।
नयाँ कार्यक्रमको रुपममा यसपालीको नीति तथा कार्यक्रममा खजुराका जनतासंग गाउँपालिका प्रमुख कार्यक्रम ल्याइएको छ । मूल नीति तथा क्षेत्रगत नीति तथा कार्यक्रम अन्तरगत आर्थिक विकास, कृषि, पर्यटन, उद्योग, सहकारी, शिक्षा, स्वास्थ्य, खेलकूद, खानेपानी तथा सरसफाई, संस्कृति, पूर्वाधार, लैंगिक समानता तथा समावेशीकरण, सामाजिक विकास, न्यायलगायतका विषयलाई जोड दिइएको छ । बजेटले वडा नं. ५, ६, ७ र ८ मा सडक कालोपत्रे, गाउँपालिकाको प्रशासनिक भवन निर्माण, चिल्डे«नपार्क, जेष्ठ नागरिकका लागि खुशीयाली घर निर्माण, विपन्न नागरिकका लागि आवास, फुटबल मैदान जस्ता गौरबका योजनालाई जोड दिएको छ । नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ भने विधान समिति संयोजक योगमाया खनालले प्रस्तुत गरेको आर्थिक तथा विनियोजना विधेयक पनि पारित गरिएको छ । प्रस्तुत बजेटमाथि थप छलफलका लागि पुनः बुधवार बैठक बोलाइएको छ ।
कोहलपुर नगरपालिकाको मंगलबार भएको नगरसभाले आगामी आ.व. २०७६÷०७७का लागि ८० करोड बजेट बिनियोजित गरेको छ । नगरका उपप्रमुख सञ्जु कुमारी चौधरीले कोहलपुर नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७का लागि ८० करोड, ६१ लाख, १७ हजार, ४ सय बराबारको अनुमानित बजेट पेश गरेकी थिइन् ।
उप्रमुख चौधरीले प्रस्तुत गरेको बजेट वक्तब्यमा प्रशासनिक तथा चालु खर्च तर्फ १३ करोड ५० लाख र पूँजीगत खर्चतर्फको आर्थिक विकास तर्फ रु. ४ करोड ५१ लाख ४५ हजार, सामाजिक विकास तर्फ २८ करोड ५८ लाख २ हजार, पूर्वाधार विकासमा रु. ३० करोड ९६ लाख ७० हजार, वातावरण तथा विपत्त ब्यवस्थापनमा रु. १ करोड, २५ लाख, संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा १ करोड ८० लाख र प्रशासनिक खर्चतर्फ रु. १३ करोड ५० लाख रकम बिनियोजन गरिएको छ । चालु आर्थिक वर्ष २०७५÷०७६ मा आन्तरिक राजश्व तर्र्फ रु. ५ करोड ६० हजार आय अनुमान गरिएकोमा हालसम्म रु. ४ करोड ९० लाख हजार राजस्व असुल भईसकेको बजेट वक्तव्यमा उल्लेख छ ।
बाँकेको नरैनापुर गाउँपालिकाले ४३ करोडको बजेट ल्याएको छ । मंगलबार भएको गाउँपालिकाको तेस्रो गाउँसभामा गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आर्थिक बर्ष २०७६/७७ का लागि ४३ करोड ३४ लाख १ हजारको बजेट प्रस्तुत गरेका थिए ।
पूर्वाधार विकासमा १३ करोड ६५ लाख ५० हजार, शिक्षामा ३ करोड २५ लाख ९० हजार, स्वास्थ्यमा १ करोड ३२ लाख ४० हजार र कृषिमा ९४ लाख रुपैयाँ विनियोजन गरिएको
छ ।
राप्तीसोनारीको ७२ करोड
बाँकेको राप्तीसोनारी गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ को बजेट तथा कार्यक्रम मंगलबार प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष एवम् सभाध्यक्ष लाहुराम थारुको अध्यक्षतामा मंगलबार बसेको पाँचौ गाउँसभामा उपाध्यक्ष धनीकुमारी खत्रीले आगामी वर्षका लागि कुल ७२ करोड ६ लाख ३२ हजार प्रस्तावित बजेट पेश गरेकी हुन् । राप्तीसोनारीको नीति तथा कार्यक्रम सोमबार नै प्रस्तुत गरिएको थियो ।
गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि तेस्रो गाउँसभामा कुल ६९ करोड ५२ लाख ४५ हजार बजेट प्रस्तुत गरेको थियो । चौथो गाउ सभाबाट थप बजेट तथा कार्यक्रम सहित कुल बजेट ७७ करोड १३ लाख ६९ हजार बजेट प्रस्तुत गरेकोमा सबै योजना तथा कार्यक्रम कार्यान्वयन भएर पनि सम्पन्न गर्ने अवस्थामा पुगेका छन् ।
बजेटले यसवर्ष आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन, वातावरण तथा विपद व्यवस्थापन, सुशासन तथा संस्थागत विकासलाई जोड दिएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि आर्थिक विकास कार्यक्रमा २ करोड ८० लाख ७५ हजार विनियोजन गरेको छ । सामाजिक विकास कार्यक्रमका लागि ५ करोड ६६ लाख, पुर्वाधार विकास कार्यक्रमका लागि २१ करोड १५ लाख, वन वातावरण तथा विपद व्यवस्थापनमा १ करोड ७५ लाख र सुशासन तथा संस्थागत विकास कार्यक्रममा १ करोड ७ लाख रुपैया विनियोजन गरेको जनाएको छ ।
यस्तै चालु खर्च तर्फ कार्यालय सञ्चालन तथा उपभोग खर्चका लागि १२ करोड ८२ लाख ५७ हजार रुपैयाँ विनियोजन गरेको छ । कार्यक्रम सञ्चालन गर्न संघिय सरकारबाट प्राप्त हुने बित्तिय समानिकरणबाट १६ करोड २४ लाख, सशर्त अनुदानबाट २१ करोड राजश्व वाँडफाबाट १७ करोड २५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरि प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरणबाट ४८ लाख ९८ हजार, सशर्त अनुदानबाट ८० लाख र राजश्व वाँडफाडबाट २ करोड १ लाख ६ हजार मात्र प्राप्त हुने गाउँपालिकाको अनुमान छ ।
बा“केको डुडुवा गाउँपालिकाले पनि मंगलबार आर्थिक वर्ष २०७६/०७७ को निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । डुडुवाको ५औ गाउँसभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।
गाउँपालिकाले बालिका तथा किशोरीलाई उच्च शिक्षा अध्ययन गर्न र शिक्षा आर्जनका लागि सहयोग पुरयाउने उद्देश्यले जन्मिने वित्तिकै शिशु बालिकाको कन्या मुद्दती शिक्षा योजना ल्याएको छ । उक्त योजनामा गाउँपालिकाले रु ५ हजार र अभिभावकको रु ५ हजार गरि रु १० हजारमा २० वर्षको मुद्दती खाता खोलिनेछ । यसैगरि एसइई पास भएका किशोरीलाई विशेष प्रोत्साहन प्रदान गरिनेछ, गाउँपालिका अन्र्तगत रहेका सामुदायिक विद्यालयहरुमा कक्षा १, २ र ३ मा अंग्रेजी माध्यममा अध्यायपन गराइने, अपागंता भएकाहरु ग र घ श्रेणीलाई गाउँपालिकाले सेवा सुविधा उपलब्ध गराउनेछ, गाउँपालिकाले यस अघि संचालन गर्दै आएको घर घरमा पशु र स्वास्थ्य सेवा अभियानलाई थप प्रभावकारी बनाउने अध्यक्ष चौधरीले निति तथा कार्यक्रम उल्लेख गर्नुभएको छ ।
जानकीको बजेट ५१ करोड
बाँकेको जानकी गाउँपालिकाको जारी पाँचौ गाउँसभामा मंगलबार आर्थिक वर्ष २०७६÷०७७ का लागि बजेट पेश भएको छ । गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले ५१ करोड ५१ लाख ५१ हजारको बजेट पेश गरेकी हुन् । जसमध्ये चालु खर्चतर्फ ८ करोड ५ लाख ५० हजार, पूँजीगत तर्फ ४३ करोड ५० लाख १ हजार विनियोजित गरिएको छ ।
यो वजेट गत वर्षभन्दा ११ करोड ६१ लाख १४ हजार ७ सय ५६ ले बढी छ । आर्थिक वर्ष ०७५/०७६ मा चालुतर्फ ५ करोड ६२ लाख ५० हजार र पूँजिगततर्फ ३४ करोड २७ लाख ८६ हजार २ सय ४४ गरी ३९ करोड ९० लाख ३६ हजार २ सय ४४ रुपैया रहेको बजेट प्रस्तुत भएको थियो ।
आर्थिक वर्ष २०७६/७७ को लागि प्रस्तुत अनुमानित बजेटको श्रोतहरुमा नेपाल सरकारको संघीय समानीकरण रु. १२ करोड ८ लाख सशर्त अनुदान तर्फ रु.१० करोड ७० लाख, प्रदेश सरकारको सम्मानीकरण तर्फ रु.४५ लाख ६८ हजार, प्रदेश सरकारको सशर्त अनुदान तर्फ ९० लाख, प्रदेश सरकारको विशेष अनुदान तर्फ ५२ लाख, समपुरक तर्फ १ करोड ५० लाख र राजश्व बाँडफाँड तर्फ संघीय सरकारको ७८ लाख, प्रदेश सरकारको ६० लाख प्राप्त हुनेछ ।
यसैगरी आन्तरिक आयतर्फ १५ प्रतिशत सम्म करको दर वृद्धि गरी थप करको दायरा बढाई ३ करोड ४७ लाख ६६ हजार पुर्याउने अनुमान गरिएको छ । सामाजिक सुरक्षा रकम १० करोड ५० लाख आवश्यक हुनेछ र बैंक मौज्दात २ करोड गरी कूल वार्षिक बजेट ५१ करोड ५१ लाख ५१ हजार पु¥याईने बजेटमा उल्लेख गरिएको छ ।