यस्तो छ खजुराको नीति तथा कार्यक्रम र बजेट

‘खजुराको विकास गर्ने नीतिबाट परिचालित’

किस्मत कुुमार कक्षपति

भौगोलिक विविधताले भरिएको यो देशमा खजुरा गाउँपालिकाको आप्mनो छुट्टै इतिहास छ नयाँ मुलुक भनी चिनिने बाँके जिल्ला भित्र रहेको साविकमा पुर्नवास कम्पनी मार्फत बस्ती विकास भई इजरायली मोडालिटीमा रहेको साविकको राधापुर, सितापुर र वागेश्वरी गा.वि.स. हरु हुन भने सयौ वर्ष अगाडी घनघोर झाडी भित्र गुजुमुज्ज परि बसेको बस्ती आप्mनै मौलिक कला, संस्कृतिहरु बोकेको मधेशी वाहुल्यता रहेको बस्ती साविकको उढरापुर, सोनपुर र रनियापुर गा.वि.सहरु रहेका छन् ।

यसरी इजरायली मेडालिटीमा पुनर्वास कम्पनी मार्फत रहेको पहाडी बस्ती र मधेशी बस्ती यी दुवै बस्तीलाई एकिकृत पारी खजुरा गाउँपालिका विविध धर्म, संस्कृति, भाषा र विविध समुदाय रहेको यस गाउँपालिकालाई प्रदेश नं. ५ को सिंगो नमुना गाउँपालिका बनाउने सपनाका साथ हाम्रो गाउँसभा अगाडि बढेको कुरा म खजुरा गाउँपालिका तपाई सभासदहरु र यस गाउँपालिकाका सबै जनसमुदायहरुलाई जानकारी गराउन चाहान्छु ।

हामी हाम्रो खजुराको जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात गरी सामाजिक एंव सांस्कृतिक समानता र सहिष्णुतामा आधारित सद्भावको बाटोबाट एकता मजबुत बनाउदै खजुराको विकास गर्ने नीतिबाट परिचालित छौ ।

लोकतन्त्र प्राप्तीका लागि गरेको लामो संघर्ष पछि जारी भएको नेपालको संविधान अनुरुप संघीयतालाई संस्थागत गर्ने क्रममा स्थानिय सरकारको गठन पश्चात स्थानिय सरकार संचालन ऐन २०७४ मा भएको अधिकार प्रयोग गरि चौथो गाउँ सभाबाट यस खजुरा गाउँपालिका केन्द्र एकताका साथ टुंगो लगाउन सफल भएका छौ । गाउँ सभाका सम्पूर्ण सभाका सदस्यज्यूहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छु । सामुहिक निर्णय गर्ने क्रममा साना तिना विवाद आउनु स्वाभाविक भएको र यसलाई आपसी समझदारीबाट विवाद निरुपण गर्दै लगैका छौं । स्थानीय सरकारले गरेका निर्णयहरुमा विरोधाभाष सृजना गर्ने कार्य प्रति हाम्रो ध्यानाकर्षण भएको छ ।

चालु आ.व.मा हासिल गरिएका महत्वपूर्ण उपलब्धीको सन्दर्भमा संक्षिप्त समीक्षा

१. भौतिक पूर्वाधार अन्र्तगत वडा नं. १ देखि ४ सम्ममा १८ कि.मि.सडक कालो पत्रे गर्ने कार्य निर्माणाधीन ।
२. चालु आ.व.मा करिब ४० कि.मि. बाटो उपभोक्ता समितिबाट ग्रावेल गरि बाटो स्तरउन्नती ।
३. बहुउद्देश्यीय सभा हल निर्माणका लागि बहुवर्षे कार्यक्रम अन्तर्गत कार्य आदेश दिई कार्य संचालन ।
४. साक्षर गाउँपालिका घोषणाका लागि निरक्षर व्यक्तिहरुलाई निशुल्क शिक्षा ।
५. खजुरा शैक्षिक महोत्सव आयोजना ।
६. प्रथम मेयर कप खेल सम्पन्न । खजुरा गाउँपालिका भित्र ४ वटा विधामा आठांै राष्ट्रिय खेलकुद प्रतियोगिता सफलताका साथ सम्पन्न गरि सकिएको छ ।
७. एक पालिका एक खेल मैदान अन्र्तगत वडा नं.४ मा आधुनिक फुटबल रंगशाला निर्माणका लागि प्याराफिट वाल बनाउने कार्य सम्पन्न भएको छ ।
८. आठ वटै वडाहरुमा निशुल्क जेष्ठ नागरिक स्वास्थ्य सिविर संचालन ।
९. सम्पत्ती कर सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन गरि हरेक वडा कार्यालयमा समेत सम्पत्ति कर सम्बन्धी जनचेतना मुखी कार्यक्रम सम्पन्न ।
१०. आ.व. ०७६।०७७ श्रावण १ गते देखि सम्पूर्ण वडाहरुमा सम्पत्ति कर पूर्ण रुपमा लागु गर्ने गरि तयारी पुरा भएको छ ।
११. हरेक वडा कार्यालयबाट अनलाइन सेवा संचालन । अनलाइन प्रविधिमा घटना दर्ता गर्ने कार्य आरम्भ ।
१२. हरेक वडा कार्यालयबाट घुम्ती सेवा संचालन गरि अपाङ्ग परिचय पत्र वितरण । गाउँ पालिकाबाट महिनाको ५ गते अपाङ्ग परिचय पत्र वितरण कार्य गर्दै आएको छ ।
१३. जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यलाई निरन्तरता दिइएको छ ।
१४. न्यायिक सेवा अन्तर्गत मेलमिलापकर्ताहरुको तालिम दिई वडा स्तरिय मेलमिलाप केन्द्र गठन गरि सकिएको छ ।
१५. Village Profile, Master Plan र सडक गुरुयोजना जस्ता कार्य अगाडि बढाइ सकिएको छ ।
१६. गाउँ पालिकाको केन्द्र रहने स्थानको छनौट भई विस्तृत गुरुयोजना बनाउने कार्य अन्तिम चरणमा रहेको छ र आ.व. ०७६।०७७ देखि प्रशासनिक भवन बनाउने प्रक्रिया अगाडि बढाइने छ ।
१७. हाल सम्म आवश्यक भएका ऐन, नियम कार्यविधि तयार गरि राजपत्रमा प्रकाशन गरि सकिएको छ र गाउँपालिकाको वेभसाइड, फेसबुक पेज र ट्वीटर मार्फत गाउँपालिकाको महत्पुर्ण सूचनाहरु प्रकाशनमा ल्याइएको छ ।
१८. गाउँपालिकामा आएका सेवाग्राही लगायत सबै नागरिकहरुलाई गाउँपालिकाका कार्यहरुबाट सुसुचित गर्न डिजिटल सुचना पाटी राखिएको छ ।
१९. सामाजिक सुरक्षा भत्ता रकम बैंक मार्फत वितरण गर्ने कार्यलाई निरन्तरता दिइएको छ ।
२०. मापदण्ड अनुरुप विद्यार्थी संख्या नपुगेका विद्यालयलाई मर्ज गर्ने प्रकृया अघि बढाई सकिएको छ ।
( वडा नं. ३ स्थित शान्ति प्रा.वि. लाई जनता माध्यमिक विद्यालयमा मर्ज गरिएको छ ।)
२१.किसानहरुलाई सुविधा उपलव्ध गराउने गरि १५०० मे.ट क्षमता भएको शीत भण्डार निर्माण कार्य अगाडि बढाइएको छ ।
२२. सामुहिक आवास कार्यक्रम अन्तर्गत विपन्न परिवारहरुलाई २५ वटा घर निर्माण गरि उपलव्ध गराइएको छ ।
२३. सार्वजनिक सेवा प्रणालीलाई डिजिटलाइज्ड गर्दै लगिएको छ ।

क्षेत्रगत नीति तथा कार्यक्रमहरु
१,आर्थिक विकास : कृषि, पर्यटन, उद्योग तथा बाणिज्य, सहकारी, वित्तीय संस्था सम्बन्धि नीति तथा कार्यक्रमहरु
कृषि तर्फ
क) कृषिमा आधुनिकीकरण र व्यवसायिकरणका लागि कृषकहरुलाई प्रोत्साहन गरिनेछ ।
ख) मल, विउ, कृषि विद्युत महशुलमा अनुदानका लागी आवश्यक वजेटको व्यवस्था गर्दै लगिनेछ ।
ग) कृषि भूमिमा पानी, सिँचाइमा लगानी भन्ने मूल नारा सहित सम्पूर्ण कृषि योग्य भूमिमा आधुनिक सिँचाइ प्रणालीबाट सिचाई सुविधा पुग्ने गरी पूर्वाधार निर्माण गरिनेछ ।
घ) कृषि उपज विक्रिका लागि व्यवस्थित कृषि तथा हाट बजारको स्थापना र प्रवद्र्धन गरिने छ ।
ङ) कृषि बाली तथा पशु विमाका लागि कृषकहरुलाई अनुदान दिने व्यवस्था मिलाइनेछ ।
च) कृषियोग्य जमिन चक्लाबन्दी गरी आधुनिक फार्महरूको विकास गर्नका लागि कृषकहरुलाई प्रोत्साहन गर्न सहुलियत तथा अनुदान उपलब्ध गराइने छ ।
छ) कृषि तथा भेटनरी प्राविधिकहरूले कृषि फार्म तथा कृषकको घरदैलो मै पुगेर सेवा दिने प्रबन्ध गरिने छ ।
ज) कृषकहरुको क्षमता अभिवृद्धिका लागि तालिम, भ्रमण लगायतका कार्यक्रम संचालन गरिने छन् ।
झ) अर्गानिक तरकारी खेतिलाई विशेष प्रोत्साहन गरिने छ ।
ञ) वास्तविक कृषकको हातमा अनुदान तथा कार्यक्रम पुर्याउनका लागि बलियो अनुगमन संयन्त्र बनाईने छ ।
पर्यटन तर्फ
क) कृषि तथा पशुपन्छी पर्यटन प्रर्वधनको नीति लिई स्थानिय तहमा रोजगार सृजना गर्न अनुदानका कार्यक्रमहरु ल्याईने छ ।
उद्योग तर्फ
क) गाउँपालिकामा दर्ता भई संचालनमा ल्याउन उद्योगहरुको दर्ता प्रक्रियालाई सरलीकृत गर्दै व्यवसायी अनुकुल वातावरण निर्माण गरिने छ ।
ख) बेरोजगारहरूलाई उत्पादक सहकारीमा आबद्ध गरी स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न प्रेरित गरिने छ साथै सरोकारवाला निकायहरुसंग समन्वय गरि त्यस्ता बेरोजगारहरुका लागि सीपमूलक तालिमको व्यवस्था गरि प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगार प्राप्त गर्न सुनिश्चित गरिने छ ।
ग) बैदेशिक रोजगारमा जाने युवाहरुको तथ्यांक संकलन गरिने छ । प्रवासमा रहँदा आर्जन गरेको सीपलाइ प्रमाणीकरणको व्यवस्था गरी फर्किएर आएका श्रमिकलाई स्वदेशमै पेशा व्यवसायमा लाग्न प्रेरित गरिनेछ ।
घ) सबै नागरिकलाई वित्तीय क्षेत्रमा पहुँच पुर्याउने कार्यक्रम ल्याइनेछ ।
ङ) सबै प्रकारका पेशा व्यवसायहरुलाई दर्ता गर्ने प्रक्रिया व्यवस्थित बनाई लागु गरिने छ । सबै व्यवसायहरुको अनिवार्य रुपमा लगत राखि तथ्यांङ्क व्यवस्थित गरिने छ ।
च) असंगठित क्षेत्रमा रहेका मजदूरहरुको पंजिकरण गर्ने र श्रमिकको सम्मान गर्ने निति लिईनेछ ।
छ) साना तथा मझौला उद्योगहरु संचालन र प्रवर्धनका लागी लगानीमैत्री वातावरणको श्रृजना गरिनेछ ।
ज) स्थानीय उद्योगहरु संचालन गर्न प्रोत्साहन गरिनेछ ।
झ) केन्द्र सरकार तथा प्रदेश सरकारको एक पालिका एक औद्योगिक ग्रामको निति अनुरुप आ.व. ०७६।०७७ मा खजुरा गा.पा. वडा नं. ६ पुरैना स्थित नेपाल सरकारको नाममा रहेको जग्गा भित्र औद्योगिक ग्राम स्थापनाको विस्तृत अध्ययन र प्रारम्भीक कार्य अगाडि बढाइने छ ।
ञ) लघु घरेलु तथा साना उद्योगी व्यवसायीहरुका लागि क्षमता अभिवृद्धि गर्न सरोकारवाला निकायसंग समन्वय गरिने छ ।
ट) स्वच्छ मासु उत्पादन गर्नका लागि आधुनिक बधशाला निर्माण कार्यलाई अगाडि बढाइने छ ।

सहकारी तर्फ
क) सहकारीको प्रबद्र्धनबाट वस्तु र सेवाको उत्पादन, वितरण र बजारीकरणलाई व्यवस्थित गरिने छ ।
ख) सहकारीहरुलाई उद्यमशीलता र रोजगारी प्रबद्र्धनका लागि साझेदार बनाउन पहल गरिने छ ।
ग) गाउँपालिका भित्र रहेका सम्पूर्ण सहकारीहरुको संचालन सम्बन्धि विस्तृत अध्ययन गरिने छ ।

२. सामाजिक विकास ः शिक्षा, स्वास्थ्य, खेलकुद,खानेपानी तथा सरसफाई, संस्कृति प्रर्वधन, लैगिक समानता र सामाजिक समावेशीकरण (महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, आदिवासी जनजाति, मधेशि, मुस्लिम, थारु, अल्पसंख्यक समुदाय सम्बन्धि नीति तथा कार्यक्रमहरु

शिक्षा तर्फ
क) सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ः खजुरा गाउँपालिकाको सबृद्धिको आधार भन्ने मुल नाराका साथ यस गाउँपालिकामा बसोबास गर्ने १५ देखि ५९ उमेर समूहका व्यक्तिहरुलाई साक्षर बनाई सबै व्यक्तिलाई शिक्षाको मूलधारमा ल्याइने छ ।
ख) सबै वालबालिकाको पढ्ने अधिकारको सुनिश्चितता गर्न अनिवार्य निशुल्क आधारभूत शिक्षा सुनिश्चिता गर्ने र माध्यमिकतह सम्म निशुल्क गर्दै लगिने छ ।
ग) विद्यालय शिक्षाको शैक्षिक गुणस्तरमा प्रमुख भूमिका अभिभावकको नै हुनेहुदा शिक्षक, विद्यार्थी र अभिभावक संग निरन्तर छलफल गरि अभिभावक शिक्षा संचालन गरिने छ ।
घ) विद्यालय अनूगमनलाई प्राथमिक्ता दिई सबै जनप्रतिनिधिलाई आ(आफ्नो वडा भित्रको विद्यालयको सबै पक्षको अनुगमन गरि सुधारका कार्ययोजना बनाउन लगाई विद्यालयलाई चुस्त दुरुस्त र उत्तरदायी बनाउँदै लगिने छ ।
घ) विद्यालय शिक्षालाई निरीक्षण,सुपेरीवेक्षण,अनुगमन र मुल्याङ्कन गर्न स्थानीय स्तरबाट शिक्षा समिति,विषय विज्ञ,प्रधानाध्यापक र स्रोत शिक्षकको व्यबस्था गरि शैक्षिक गुणस्तर मापन गर्ने व्यवस्था गरिने छ ।
ङ) सबै विद्यालयका प्रधानाध्यापलाई विद्यालय सुधार कार्ययोजना गाउँपालिकामा पेश गर्न लगाउने र सो मुल्याङ्कन गरि र सबै पक्षको सूचकको विश्लेषण गरि विद्यालयलाई Grading गर्ने व्यवस्था गरिने छ ।
च) पञ्च वर्षिय गाँउ शिक्षा योजना निमार्ण गरि कार्यान्वयन गरिने छ ।
छ) सामूदायिक विद्यालयहरुमा शिक्षक दरबन्दी मिलान नियमित गरी माध्यमिक र अधारभूत तहमा विद्यार्थी भएका विद्यालयमा शिक्षक नहुने र शिक्षक भएका विद्यालयमा विद्यार्थी नहुने परिपाटीलाई अन्त गर्ने साथै तहगत रुपमा स्थायी शिक्षकहरुलाई प्रधानाध्यापकको व्यबस्थापन गरिने छ ।
ज) सबै विद्यालयको एकै किसिमको रंग लगाउन पहल गरिने छ ।
झ) विद्यार्थी संख्या र सेवा क्षेत्रको आधारमा विद्यालय मर्ज र कक्षा वा तह घटाउँदै लगिने छ ।
ञ) विद्यालयको परिसर, शौचालय, बाहिरी वातावरण र सरसफाई गर्न लगाउने व्यवस्था गरिने छ ।
ट) पढाई उत्सव र शैक्षिक प्रदर्शनी मेला र अतिरिक्त क्रियाकलाप र कक्षाकोठामा आधारित पठन सिप परिक्षण, स्तरमापन परीक्षा र Bench Marking लाई प्राथमिकता दिई पठन सिपको विकास गरिनेछ ।
ठ) प्राविधिकधार र नमूना विद्यालयलाई विषेश जोड दिदै एक वडा एक प्राविधिक शिक्षालयको अवधारणालाई मुर्तरुप दिने व्यवस्था गरिने छ ।
ड) विद्यालयलाई उपलब्ध गराउने विभिन्न अनुदान विद्यालयले सम्पन्न गरेको कार्य सम्पादनका आधारमा उपलब्ध गराउने व्यवस्था गरिने छ ।
ढ) “जग बलियो भयो भने घर बलियो हुन्छ“ भन्ने कथनलाई मुर्तरुप दिन प्रारम्भिक बालविकासलाई पहिलो प्राथमिकता दिई शिक्षकहरुलाई बालविकास र मन्टेश्वरी तालिम संचालन,कक्षाकोठा व्यबस्थापनमा ध्यान दिई नमूना वालबिकास केन्द्र बनाउने, बालविकासको नकसांङ्कन गरी ब्यबस्थित गर्ने साथै प्रत्येक विद्यालयमा विद्यार्थी संख्याको आधारमा एक विद्यालय एक बालविकास कार्यक्रमलाई अगाढी बढाईने छ ।
ण) प्र.अ र विषयगत एवम् कक्षागत शिक्षकहरुसंग करार सम्झौता गरी सो अनुसार कामको मूल्यांकन गर्दै जाने साथै गत बर्ष गरिएको सम्झौताको समिक्षा गर्दै लगिने छ ।
त) विद्यालय व्यबस्थापन समिति तथा शिक्षक अभिभावक संघको क्षमता विकास गरिने छ ।
थ) मुस्लिम समुदायमा अझै पनि विद्यालय उमेर समूहका बालिका विद्यालय बाहिर रहेको र शिक्षाको मूलधारमा ल्याउन नसकिएकाले संविधानमा उल्लेखित शिक्षाको मौलिक हकलाई कार्यान्वयन गर्न एक मुस्लिम छात्रा मात्र अध्ययन गर्ने सामुदायिक विद्यालय स्थापना गर्दै लगिने छ ।
द) यस गाउँपालिकामा संचालित मदरसालाई शिक्षाको मूलधारमा ल्याई गुणस्तरीय शिक्षा प्रदान गर्न विभिन्न कार्यक्रम संचालन गरिने छ ।
ध) यस गाँउपालिकामा संचालित सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीको पोशाकमा एकरुपता ल्याईने छ ।
न) प्रत्येक दिन शिक्षामा नयाँ शिक्षण सिकाई आयामको प्रादुर्भाव भै रहेको सन्दर्भमा प्रधानाध्यापक र विषयगत शिक्षकलाई शैक्षिक गुणस्तर बृद्धिमा नविन्तम चिन्तन जगाउन पेशागत क्षमता विकास तालिममा संचालन गरि उच्च स्तरीय जनशक्ति उत्पादन गरिने छ ।
प) दण्ड र पुस्कारको पाटोलाई संगसंगै लैजान उत्कृष्ट कार्य सम्पादन गर्ने प्रधानाध्यापक,शिक्षक र कर्मचारीलाई पुरस्काररप्रोत्साहन गर्दै जाने र आफ्नो कार्यसम्पादन सन्तोषजनक नगर्ने प्र.अ.,शिक्षक र कर्मचारीलाई नियमानुसार कार्वाही गर्ने व्यवस्था गरिने छ ।
फ) विद्यालयमा विद्यार्थीलाई टिकाउने,सिकाउने र विकाउने कार्यक्रमलाई प्राथमिकता दिई विद्यालयमा विद्यालयको वातावरण विद्यार्थीका लागि बसूँ बसू, पढूँ पढूँ जस्तो मनोरम बनाउन विभिन्न किसिमका कार्यक्रम संचालन गरिने छ ।
ब) संस्थागत विद्यालयमा न्यूनतम मापदण्ड अनुसार संचालन हुनु पर्ने, शुल्क निर्धारण, छात्रवृत्ति लगायत अन्य क्रियाकलाप संचालन गरे नगरेको एकिन गर्नुका साथै सामुदियक र संस्थागत विद्यालयको विचको असल अभ्यास आदानप्रदान कार्यक्रमलाई प्राथमिकताका साथ संचालन गरिने छ ।
भ) कुनैपनि विद्यार्थीलाई जातजाति, भाषा धर्म,वर्ग विशेष वा लैंगिक वा शारीरिक हिसाबले विभेद नगरी सबै प्रकारले विभेदशून्य र बालमैत्री विद्यालयको रुपमा रुपान्तरण गरिने छ ।
म) उत्तीर्ण दर, कक्षा दोहोर्याउने दर, कक्षा छाड्ने दर, निश्चित तह पूरा गर्ने दर, खुद भर्ना दर, कोरा भर्ना दर, उपलब्धि स्तर जस्ता सूचकहरूका आधारमा प्रत्येक विद्यालयको आन्तरिक सक्षमता पहिचान र विश्लेषण गर्दै मौजुदा अवस्थाको आधारमा पछिल्ला वर्षहरूका लागि लक्ष्य निर्धारणकासाथ शैक्षिक उपलब्धि बढाउन बस्तुगत कार्यक्रम संचालन गरिने छ ।
य) कम्प्युटर, Internet Connectivity जस्ता सूचना तथा प्रविधिको माध्यमबाट शिक्षक, कर्मचारी र विद्यार्थीलाई त्यससँग सम्बन्धित आधारभूत ज्ञान, सीप प्राप्त गर्न अभिप्रेरित गर्दै शिक्षण सिकाइ क्रियाकलापमा ICT को प्रयोग गर्न अभिप्रेरित गरिने छ ।
र) स्काउट, बालक्लव, जुनिएर रेडक्रस सोसाइटी आदि गठन गरी विद्यार्थीमा सामाजिक र कामप्रति श्रद्घाको भावना विकास गराइने छ ।
ल) यस गाउँपालिकालाई Green City को अवधारणा लाई मुर्तरुप दिन सबै सामुदायिक विद्यालयमा “एक विद्यालय एक बगैचा कार्यक्रम“ संचालन गरि हरित विद्यालय बनाई जैविक प्रयोगशालाको रुपमा विकास गरिने छ ।
व) अझै पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा आशातीत् सुधार हुन नसकिरहेको परिप्रेक्ष्यमा सवै सरोकारवालाई जिम्मेवार बनाउन “सामुदायिक विद्यालयमा मेरो एक दिन“ कार्यक्रम संचालन गरिने छ ।
स) विद्यालयको भौतिक संचना निर्माण,मर्मत संम्भार,सवलिकरण तथा व्यबस्थापन खर्च आवश्यक्ता अनुसार उपलब्ध गराइने छ ।
ष) विद्यालयले शैक्षिक गतिविधि सुधार गर्न कुनै न कुनै अभियान संचलन गरिने छ ।
श) विद्यालयको नाममा रहेका जग्गाहरु व्यवसायिक कृषि तथा अन्य व्यावसायिक प्रयोजनका लागि उपयोगमा ल्याउन आवश्यक पहल र सहकार्य गरिनेछ ।
ह) प्राविधिक तथा व्यवसायिक शिक्षा संचालनलाई विशेष जोड दिने निति अवलम्बन गरिनेछ ।
क्ष) एक विद्यालय एक बगैचाको अवधारण अगाडि सारिएको छ ।
त्र) ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसलाई स्तानोकोत्तर कक्षा संचालनका लागि सम्बन्धित निकायमा पहल गरिने छ साथै जनता नमुना माध्यमिक विद्यालयलाई यसै वर्ष देखि विएससीएजीको कक्षा संचालनमा ल्याईने छ ।
ज्ञ) आर्थिक र सामाजिक रुपमा पछाडि पारिएका समुदायका बालबालिकाहरुलाई छात्रबृति प्रदान गर्नका लागि जनतासंग गाउँपालिका प्रमुख कार्यक्रम संचालन गर्दै लगिने छ ।

स्वास्थ्य क्षेत्र
क) Healthy village को अवधारणा अनुसार स्वच्छ खानेपानी, सुविधा सम्पन्न शौचालय लगायतका सुचकहरु तयार गरी लागु गरिनेछ ।
ख) प्राथमिक स्वास्थ्यकेन्द्र र स्वास्थ्य चौकिबाट दिइने सेवालाई आधुनिक र सेवाग्राही मैत्री बनाइने छ ।
ग) ७० बर्ष नाघेका जेष्ठ नागरिकका लागी प्रत्येक ६।६ महिनामा विशेषज्ञ डाक्टर सहितको निःशुल्क घुम्ती स्वास्थ्य शिविर संचालन कार्यलाई निरन्तरता दिईने छ । र ८४ वर्ष पुरा भएका अति जेष्ठ नागरिकहरुलाई घरदैलो स्वास्थ्य सेवा उपलव्ध गराइने छ ।
घ) मुटु, कलेजो, मृगौला, क्यान्सर जस्ता कडा रोग लागेका असहाय, विपन्न वर्गका लागी आर्थिक सहयोग र स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन पहल गरिेनेछ ।
ङ) गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकार सुनिश्चित गर्ने निति अनुसार स्वास्थ्य विमा कार्यक्रम लागु गर्न सम्वन्धित निकायहरुसंग पहल गरिनेछ ।
च) महिला स्वास्थ्य स्वयंसेविकाहरुको भूमिकालाई प्रभावकारी बनाउन प्रोत्साहन स्वरुप खाजा भत्ता उपलब्ध गराइने छ ।
छ) महिला तथा बालबालिकाको पोषण अवस्था सुधार गर्न विशेष कार्यक्रमहरु बनाई लागु गरिनेछ ।
ज) किशोर किशोरीहरुका लागि प्रजनन स्वास्थ्य, एच.आई.भी. एड्स रोग रोकथाम सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु संचालन गरिनेछ ।
झ) यसै बर्ष देखि खजुराको प्राथमिक स्वास्थ्य केन्द्र १५ शैयाको अस्पतालमा परिणत भई सकेको हुंदा आ.व. ०७६।०७७ देखि पूर्णरुपमा संचालन ल्याउन पहल गरिनेछ ।
ञ) रक्त संकलन केन्द्र स्थापनाका लागि नेपाल रेडक्रश सोसाइटी बागेश्वरी उपशाखा लगायतका संस्थासंग समन्वय गरीनेछ ।
ट) पुर्ण खोप सुनिश्चिततालाई निरन्तरता कायम राख्नका लागि कार्यक्रम संचालन गरिने छ ।
ठ) वडा नं. ४ मा स्वास्थ्य चौकी नभएकोले स्वास्थ्य चौकी खोल्न विशेष पहल गरिनेछ ।
ड) खजुरा गाउँपालिकामा सुचारु अवस्थामा रहेको क्यानसर अस्पताललाई क्यानसरका सम्र्पुण सेवाहरु सुचारु र व्यवस्थित ढङ्गले संचालन गर्नका लागि सम्बन्धित निकायमा आवस्यक पहल गरिने छ ।
स्वास्थ्यका लागि योगा पार्क निर्माणका सम्भाव्यता अध्ययन गरिने छ ।

खेलकुद तर्फ
क) खजुरा गाउँपालिका भित्र दर्ता भएका क्लवहरुलाई खेलका सामाग्री सहयोग उपलब्ध गराउन पहल गरिनेछ ।
ख) गाउँपालिकाका वडाहरुमा खेलकुद प्रतियोगिता संचालन गर्न उत्प्रेरित गरिनेछ साथै खजुरा गाउँपालिका अन्र्तगत राष्ट्रिय,अन्र्तराट्रिय खेलाडीहरुलाई सम्मान गरिनेछ ।
ग) यस गाउँपालिका भित्र निर्माण भई रहेको वडा नं.४ स्थित रंगशालालाई पूर्णता प्रदान गर्न र अन्य वडाहरुमा समेत कवर्ड हल, रंगशाला र प्रशिक्षण केन्द्र निर्माण कार्यका लागी सम्भाव्यता अध्ययन गरि कार्य शुरु गरिनेछ ।
घ) खजुरा मेयर कम खेल सम्पन्न गरिसकेकोमा आउदा दिनहरुमा पनि यसलाई निरन्तरता दिइनेछ ।
ङ) राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा गाउँपालिकाको तर्फबाट सहभागी गराइने छ ।
च) राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा भाग लिन छनौट खेलाडीहरुलाई अन्तराष्ट्रिय स्तरको तालिममा सहयोग गरिने छ ।
खानेपानी तथा सरसफाई
क) खानेपानी तथा सरसफाईमा जनसहभागितालाई जोड दिईने छ ।
ख) धाराको पानीको आर्सेनिक चेक जाँचलाई यस वर्ष अभियानको रुपमा सबै वडाहरुमा संचालन गरिने छ ।
ग) गाउँपालिका भित्रका सबै बस्तीहरुमा स्वच्छ खानेपानी पुर्याउने नीति अनुरुप स्वच्छ खानेपानी नपुगेका वडाहरुमा क्रमिक रुपमा खानेपानी पुर्याउने कार्यक्रम ल्याईनेछ ।
सस्कृति तर्फ
क) गाउँपालिका भित्र प्रचलनमा रहेका सबै खाले चाडपर्व, भाषा, कला, संस्कृतिको संरक्षण सम्र्वद्धन गरिनेछ ।
ख) स्थानीय चाड, पर्व, मेला, परम्परा, भाषा, संस्कृतिको प्रवर्धन गरिनेछ । सोको लागि आवस्यक बजेट व्यवस्था गरिने छ
ग) सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ गर्न अभियानहरु सञ्चालन गरिने छ ।
घ) गाउँपालिका भित्र रहेको मठ, मन्दिर, गुम्बा, मस्जित, चर्जहरुको अभिलेख राख्ने र तिनिहरुको संरक्षण गरिने छ ।

लैगिक समानता तथा समावेशिकरण
क) बिशेष राष्ट्रिय, अन्तर्राष्ट्रिय दिवस तथा पर्वहरु बिशेष कार्यक्रमका साथ मनाइनेछ ।
ख) लक्षित वर्गका लागि वजेट विनियोजन गरी कार्यक्रम कार्यान्वयन गरिनेछ ।
ग) महिलाहरुका लागि शिपमूलक, स्वरोजगार तथा आयमुलक तालिम संचालन गरी व्यवसाय संचालनका लागि विउपूँजी उपलब्ध गराईनेछ ।
घ) हिंसापिडित महिला तथा बालबालिकाहरुको उचित व्यवस्थापन गर्न पहल गरिनेछ र राहत कोषको स्थापना गरिने छ ।
ङ) बालक्लवहरु गठन, पुर्नगठन र सवलीकरण गरी उनिहस्को भुमिकालाई बालमैत्री अभियानमा प्रभावकारी बनाइनेछ ।
च) ज्येष्ठ नागरिकहरु समाजका गहना भएकाले सम्मान गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।
छ) ६० वर्ष नाघेका ज्येष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण गर्ने व्यवस्थालाई निरन्तरता दिईनेछ ।
ज) लैगिंक समतामूलक नीति, ज्येष्ठ नागरिक संरक्षण नीति, अपांगता सम्वन्धि नीति, बाल अधिकार र संरक्षण नीति बनाइ कार्यान्वयन गरिने छ ।
झ) गाउँपालिकाका वडाहरु क्रमशः बालमैत्री वडा घोषणा गर्नका लागि पुरा गर्नु पर्ने सुचक तथा खुटकिलाहरु पार गर्न आवस्यक कार्यक्रम संचालन गरिने छ । यस वर्ष वडा नं १ र २ लाई वाल मैत्री वडा घोषणा गरिने छ ।
ञ) बालमेला आयोजना गरी गाउँपालिका स्तरिय बालबालिकाको बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार, सहभागिताको अधिकारको सुनिश्चता गर्न पहल गरिनेछ ।
ट) जेष्ठ नागरिकहरुलाई भलाकुसारी गर्ने एक दिवा सेवा केन्द्रको स्थापना गरिनेछ ।
ठ) पुर्वाधार विकास सगै सगै नागरिकमा चेतना स्तर बृद्धि गर्दै लगिने छ ।
न्याय क्षेत्र तर्फ
क) न्यायिक समितिका पदाधिकारीहरुको क्षमता विकास गरी न्यायिक निरुपणको कार्यलाई अझै प्रभावकारी बनाईने छ ।
ख) मेलमिलाप संयोजकहरुको लागि पारितोषिक र क्षमता विकास तालिमको व्यवस्था गरिने छ ।
ग) शान्त र विवादमुक्त समाज निर्माणका लागि वर्तमान कानूनका प्रावधानहरुका सम्बन्धमा प्रत्येक वडाहरुमा कानूनी सचेतनामुलक कार्यक्रम संचालन गरिने छ ।
घ) मेलमिलाप केन्द्रहरुको भौतिक क्षमताको विकास गरिने छ ।

३. पुर्वाधार विकास ः सडक तथा पुल, सिचाई तथा शहरी विकास, लघु तथा साना जलविघुत, संचार सम्बन्धि नीति तथा कार्यक्रमहरु
क) सडक लगायतका पूर्वाधार विकासमा बातावरणमैत्री र गुणस्तरीय पूर्वाधार विकासमा जोड दिइनेछ ।
ख) सडक, सिंचाई, ढल निकास, विद्युतीकरण योजनामा जनताको लागत सहभागीता अनिवार्य गर्ने कार्यक्रम अवलम्वन गरिनेछ ।
ग) गाउँपालिका भित्रका सडकहरुको क्रमीकरुपमा स्तरउन्नती गर्दै लगिने छ । सडकको दायाबाँया पक्की नाली बनाइने छ ।
घ) विद्युतीकरण नभएका बस्ती तथा वडामा विद्युत सेवा विस्तारलाई प्राथमिकता दिइनेछ जसमा ट्रान्सफरमर, पोल तथा तारको व्यवस्थापन गरिनेछ ।
ङ) नमुना बस्ति निर्माणका लागि एकिकृत ग्रामिण वस्ति विकास योजना बारे सम्भाव्यता अध्ययन गरि कार्य शुरु गर्न पहल गरिनेछ साथै बस्ति व्यवस्थापनका लागी आवश्यक प्रकृया अघि बढाई जनताको बसोबासको सुनिश्चितता गरिनेछ ।
च) साविक वस्तीहरुका साना बाटाहरुमा समेत एम्बुलेन्स वा दमकल पुग्न सक्ने गरी कम्तीमा ६ मिटर हुने गरी गाउँपालिकाले बाटो विस्तार गरिने र नयाँ बाटाहरु मापदण्ड अनुसार निर्माण गरिने छ ।
छ) मनमोहन पार्क, चिल्ड्रेन पार्कको निर्माण र सौन्दर्यकरण गरिनेछ ।
ज) पुराना सिँचाइ प्रणालीलाई मर्मत संभार तथा पुनर्निर्माण गरी संचालन गरिनेछ ।
झ) गाउँपालिकाका सबै ताल तलैया, पोखरी र पानीका स्रोतहरूको संरक्षण गरिनेछ ।
ञ) यस गाउँपालिका क्षेत्रमा प्रयोग विहिन अवस्थामा रहेको कपास विकास समितिको भौतिक पूर्वाधार सम्पतिको संरक्षण गरि उद्योग संचालन गर्न सम्भाव्यता अध्ययन गर्ने र जनक शिक्षा सामग्री लिमिटेडको छापाखाना संचालन र प्रवर्धनका लागी पहल गरिनेछ ।
ट) गाउँपालिकाका आवश्यक रहेको पुल पुलेसा निर्माणका लागि संघ तथा प्रदेश सरकारमा अनुरोध गरिने छ ।
ठ) हरेक वर्ष १८ किलो मिटरबाटो कालोपत्रे गर्दै लगिने छ ।
ड) संचार क्षेत्रको विकासका लागि संचारमैत्री नीति अवलम्वन गरिने छ ।
ढ) पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने नीति लिइने छ ।
ण) खजुरा गाउँपालिका क्षेत्रभित्र पर्ने ठूला आयोजनाहरुका लागि प्रारम्भिक अध्ययन र परियोजना निर्माणको लागि प्रोजेक्ट बैंक बनाउने नीति लिइने छ ।
त) सुविधा सम्पन्न सभागृह निर्माणको लागि यसै वर्ष देखि शुरु गरिनेछ ।
थ) खजुरा कपास विकास समिति देखि धनौलि चौकी सम्मको पहिलो चरणको चार लाईन बाटोलाई खजुरा सिमा क्षेत्र मानखोलासम्म पु¥याउन सम्बन्धित निकायमा पहल गरिने छ ।
द) सडक निर्माण पछि सम्बन्धित समुदायलाई हस्तान्तरण गर्ने प्रक्रियाको शुरुवात गरिने छ ।
ध) यसै आर्थिक वर्षमा साविकका उढरापुर, सोनपुर र रनियाँपुरमा १८ किलोमिटर कालोपत्रे बाटो निर्माण गरिने छ ।
न) तराई मधेस सबृंद्धि कार्यक्रम अन्र्तगत विपन्न परिवारका लागि कम्तीमा पनि ३० घर निर्माण गरी सामुहिक आवासको कार्यक्रम संचालन गरिने छ ।
४.वन, वातावरण तथा विपद व्यवस्थापन ः वन तथा भु संरक्षण, जलाधार संरक्षण, जलवायु परिवर्तन, फोहरमैला व्यवस्थापन, वारुण यन्त्र संचालन सम्बन्धि नीति तथा कार्यक्रमहरु
क) गाउँपालिकाको विपद् जोखिम नक्सांकन गरि यसैका आधारमा विपद् जोखिम न्यूनिकरण योजना निर्माण गरिने छ ।
ख) विपद् तथा जोखिममा परेकाको तत्काल राहत र उद्दार गर्नका लागि विपद् व्यवस्थापन कोषको स्थापना गरि कार्यविधि तयार पारी लागु गरिनेछ ।
ग) सामुदायिक वनहरुलाई प्रवद्र्धन गरिने नीति लिइने छ । नयाँ सामुदायिक वन स्थापनाका लागि प्रोत्साहन गरिनेछ ।
घ) प्लाष्टिक मुक्त खजुरा अभियान संचालन गरिने छ । आगामी ५ वर्षमा प्लाष्टिक रहित खजुरा कार्यान्वयन गर्ने गरी कार्ययोजना निर्माण गरिने छ ।
ङ) गाउँपालिकाको बातावरणलाई स्वच्छ, सफा, हराभरा र फोहरमैला रहीत बनाउन टोल विकास संस्थालाई परिचालन गरिने छ ।
च) घरलाई धुँवारहित बनाउने र बाह्य प्रदुषण नियन्त्रणका लागि उद्योग कलकारखानाबाट उत्पादन हुने हानिकारक धुँवा, धुलो र रसायनको उचित व्यवस्थापनका लागि मापदण्ड निर्धारण गरी कार्यान्वयन गराइने छ ।
छ) ताल तलैया, खोला नालामा विष, विद्युतीय यन्त्र प्रयोग गरी माछा मार्न पुर्णत प्रतिवन्ध लगाइने छ ।
ज) एक घर दुई विरुवा तथा खाली प्रति जग्गाहरुमा बृक्षारोपण लाई प्राथमिकता दिईनेछ ।
झ) सार्वजनिक महत्वका सम्पदाहरु, खुल्ला क्षेत्र, पार्क, ताल तलैया, पोखरी, मनोरन्जनस्थल, पिकनिक स्थल संरक्षण गरि थप निर्माणका आवश्यक पहल गरिनेछ ।
ञ) खुल्ला दिशामुक्त गाउँपालिका घोषणा भैसके पश्चात् यस अभियानलाई निरन्तर रुपमा संचालन गरि गाउँपालिकालाई पुर्ण सरसफाई युक्त गाउँपालिका बनाउन कार्यक्रम संचालनमा बिशेष ध्यान दिईनेछ ।
ट) नदी कटान तथा भु–क्षयलाई रोक्न जैविक प्रविधिमा आधारित क्रियाकलापहरुलाई प्रोत्साहन गरिनेछ ।

५) सुशासन तथा संस्थागत विकासका क्षेत्र
(सुशासन, पारदर्शिता, जवाफदेहीता र गुणस्तरीय सेवा प्रवाह सम्बन्धी नीति तथा कार्यक्रमहरु)
क) गाउँपालिकाले प्रत्येक वर्ष संचालन गर्ने योजना तर्जुमा र कार्यान्वयनमा जनताको प्रत्यक्ष सहभागिता गराइनेछ । शासन प्रकृयामा जनताको अधिकतम सहभागीता गराउने नीति अवलम्बन गरिने छ ।
ख) योजना तर्जुमा र कार्यान्वयनमा अधिकतम जनताको सहभागीता गराउने नीति लिइनेछ ।
ग) सबै वडा कार्यालयहरुमा डिजिटल प्रविधिको नागरिक वडापत्रको व्यवस्था गरिनेछ ।
घ) स्वीकृत नीति, कार्यक्रम तथा योजनाहरु र बैठकका निर्णयहरु संचार माध्यमबाट सार्वजनिक गरिनेछ ।
ङ) नागरिक सन्तुष्टि सर्वेक्षणको शुरुवात गरिने नीति लिईनेछ ।
च) योजनाहरुको सार्वजनिक सुनुवाइ, सार्वजनिक परिक्षण गरेर मात्र भुक्तानी गर्ने नीति लिइनेछ ।
छ) कार्यालयले गरेका काम र सेवा प्रवाहको बारेमा यस अघि गर्दै आइरहेका चौमासिक सार्वजनिक सुनुवाईलाई निरन्तरता दिइनेछ ।
ज) सूचकका आधारमा अनुगमन गर्ने गरी नतिजामुलक अनुगमन पद्धतिको विकास गरिनेछ ।
झ) सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धी बनाइनेछ ।
ञ) स्थानीय स्तरमा उत्पादित बस्तु तथा सेवाको प्रयोग गर्ने नीति लिइनेछ ।
ट) गाउँपालिकामा कार्यरत जनशक्तिबाट सम्पादन हुन नसक्ने कार्यहरु तथा सेवाको लागि मात्र परामर्श तथा विज्ञ सेवा लिने नीति लिइनेछ ।
ठ) सुचना र संचारको सन्जाल तथा नेटवर्क मार्फत गाउँपालिकाका सुचनाहरुलाई सबैको पहुँचमा पुर्याउने नीति लिइनेछ ।
ड) ई–गर्भनेन्स अवधारणा बमोजिम कार्यालयको कामलाई कम्प्यूटराइज्ड प्रणालीमा आवद्ध गरिने छ । साथै कार्यालयको काममा कम्प्यूटरको प्रयोगमा जोड दिइनेछ ।
ढ) सेवाग्राहिको कामलाई छिटो छरितो बनाउन नागरिक सहायता कक्षलाई व्यवस्थित गरिने छ ।
त) कार्यालय भित्रको आन्तरिक समन्वय र संचारलाई तथा समय पालना र नियमितालाई सुदृढ बनाउन जोड दिइनेछ।
थ) कार्यालय एंव वडा कार्यालयहरुका कर्मचारीहरुलाई सुचना प्रविधी सम्बन्धी आवश्यक पर्ने तालिम उपलव्ध गराइनेछ ।
द) विशेष राष्ट्रिय अन्तराष्टिय दिवस तथा पर्वहरु विशेष कार्यक्रमका साथ मनाइनेछ ।

६) तत्थ्याङ्क तथा अभिलेख व्यवस्थापना र योजना तर्जुमा सम्बन्धी नीति
क) गाउँपालिकाको यथार्थ अवस्था झल्कने सूचना प्रविधिमा आधारित प्रोफाइल भित्र रही कार्यक्रम कार्यान्वय गरिने छ ।
ख) सामाजिक सुरक्षा भत्ता तथा बाल पोषण भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको लगतलाई अनलाइन कम्प्यूटराइज्ड प्रणाली मार्फत अद्यावधिक गरिनेछ ।
ग) गाँउपालिका भित्र क्रियाशिल सरकारी, गैरसरकारी, वित्तीय, सामाजिक, धार्मिक संस्थाहरुको अभिलेख राखिनेछ ।
ङ) कार्यालयबाट सम्पादित कार्यहरुको अभिलेखलाई कम्प्यूटर प्रणालीमा राख्ने पद्धतिको विकास गरिनेछ ।
र लेखा तथा व्यक्तिगत घटना दर्तालाई प्रत्येक वडा कार्यालयमा कम्प्यूटराइज्ड प्रणालीमा आवद्ध गरिनेछ ।
च) आर्थिक तथा अन्य क्षेत्रको अवसर, समस्या र चुनौती र समाधानका उपायहरुको पहिचानको लागि अध्ययन गरी तथ्य र सूचनामा आधारित नीति निर्माण र योजन तर्जुमा गरिनेछ ।

७) संस्थागत क्षमता विकास सम्बन्धी नीति तथा कार्यक्रम ः
क) गाउँपालिका कार्यालयको सुविधा सम्पन्न भवन केन्द्र तोकिएकै स्थानमा यसै वर्षदेखि शुरु गरिने छ ।
ख) वडाकार्यालय भवन नभएको स्थानमा कार्यालय भवन निर्माण गर्दै सबै वडा कार्यालयहरुलाई सुविधा सम्पन्न र सेवाग्राही मैत्री बनाइनेछ ।
ग) गाउँपालिकाको संगठन संरचना र व्यवस्थापनका बारेमा अध्ययन गरी नयाँ संगठन संरचना लागु गर्न गृहकार्य गरिनेछ ।
घ) कर्मचारीहरुलाई काममा उत्साहित पार्न स्थानिय सरकारबाट थप सुविधा प्रदान गरिने छ ।
ङ) जनप्रतिनिधी र कर्मचारीहरुको क्षमता विकासमा जोड दिइनेछ ।

राजश्व र वित्तीय व्यवस्थापन सम्बन्धी नीति तथा कार्यक्रम
क) राजस्व क्षेत्रको सुधारका लागि राजस्व परामर्श समिति गठन गरि सो समितिसंगको परामर्शमा करका दरहरुलाई बैज्ञानिक बनाउने नीति लिइनेछ ।
ख) कर तथा राजश्वका सम्बन्धमा कर सम्भाव्यता अध्ययन कार्य गरि सकिएकोले करका दरहरुलाई समसायिक र दायरालाई फराकिलो बनाइ सबैलाई करको दायरामा समेटने नीति लिइनेछ ।
ग) कर प्रणालीलाई स्वस्छ र पारदर्शी बनाउदै स्वेच्छिक कर बुझाउने परिपाटिको विकास गरिने छ ।
घ) आर्थिक हरहिसाबलाई दोहोरो लेखा प्रणाली अनुरुप यथार्थपरक लेखा व्यवस्थापन गरिने छ ।
ङ) नतीजामा आधारित खर्च व्यवस्थापन तथा वजेट पद्दतीको विकास गरिने छ ।
च) कर शिक्षा अभियान तथा राजस्व प्रवद्र्धनात्मक कार्यक्रमहरु संचालन गरिने छ ।
छ) कर राजस्व सम्बन्धि स्पष्ट कानून, नीति, कार्यविधी बनाई र संस्थागत संरचनाका प्रर्वधन गरिने छ ।
ज) सबैभन्दा बढी कर तिर्ने करदाताहरुलाई प्रत्येक वर्ष सम्मान गर्ने नीति लिइनेछ ।
झ) सम्पत्ती कर यसै आर्थिक बर्षबाटै लागु गरिने छ ।

अन्त्यमा, आ.व. ०७६।७७ को नीति कार्यक्रम र बजेटको कार्यान्वयन एंव खजुरा गाउँपालिका भित्र बसोबास गर्ने स्थानिय जनताका तर्फबाट प्राप्त सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु । नीति तथा कार्यक्रममा हाम्रो खजुरा राम्रो खजुरा समुन्नत खजुरा हाम्रो चाहाना पुरा गर्ने गरि आवधिक योजनाबाट निर्देशित छ । योजना तयार गर्ने क्रममा गाउँ सभाका सदस्यहरु, राजनीतिक दलहरु, सहकारी निकाय, निजी क्षेत्र, सरकारी क्षेत्र नागरिक समाज लगायत सबै सरोकारवालाहरुको सक्रिय सहभागिता र प्रमुख प्रशासकिय अधिकृत, योजना अधिकृत लगायत गाउँपालिका विज्ञ ,गाउँपालिकाका कर्मचारीहरुको प्रत्यक्ष संलग्नतामा निति तथा कार्यक्रम तयार पारि यस सभामा प्रस्तुत गरेको छु सबै निकायका प्रतिनिधिहरुलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु । र यस निति तथा कार्यक्रम कार्यान्वय गर्ने क्रममा सक्रिय सहयोग एंव सहभागिता रहने विश्वास सहित यो सम्बोधन यही अन्त्य गर्दछु ।
(खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले मंगलवार पाँचौं गाउँसभामा प्रस्तुत आर्थिक बर्ष २०७६/२०७७ को बार्षिक नीति तथा कार्यक्रमको संक्षिप्त विवरण ।)

नीति तथा कार्यक्रम र बजेट पढ्नका लागि तलको क्लिक गर्नुहोस्

प्रतिक्रिया

प्रतिक्रिया