बाँकेमा गरिबको तथ्यांक संकलन गरिने

बाँकेका स्थानीय तहहरुले न्यून आय भएका नागरिकको तथ्यांक संकलन गर्ने तयारी गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको कार्यक्रम अनुसार बाँके स्थानीय तहले गरिब घर परिवारको तथ्यांक संकलन गर्ने भएका हुन् ।

मन्त्रालयले बाँकेमा गरिबीको रेखामुनी रहेका जनताको पहिचान गरी गरिब परिचय पत्र स्थानीय तह मार्फत वितरण गर्नेछ । सरकारले गरिबको पहिचान पछि उनीहरुको जीवनस्तरका उकास्न तथा विभिन्न योजनाहरु सञ्चालनका लागि तथ्यांक संकलन गर्न लागेको हो ।


परिचय पत्र वितरणका लागि गरिब घर पहिचान गर्न बाँकेका स्थानीय तहहरुले सुपरिवेक्षक र गणकहरु खटाउने छन् । बाँकेका आठ वटा स्थानीय तहमा ८० जना गणक र १२ जना सुपरिवेक्षक छनौट गरिनेछ । त्यसका लागि स्थानीय तहहरुले कर्मचारी माग गरिसकेका छन् । गणक र सुपरिवेक्षक असार २५ गतेदेखि फिल्डमा खटाउने तयारी भैरहेको छ ।


गणना कार्य मन्त्रालयको सहयोगमा जिल्ला समन्वय समिति बाँकेको समन्वयमा स्थानीय तहहरुले गर्नेछन् । सरकारले चालु आवमा ७ वटा प्रदेशका १२ वटा जिल्लामा गरिब घर परिवारको तथ्यांक संकलन गर्दैछ । प्रदेश ५ को बाँकेमा मात्र गणना कार्य हुने मन्त्रालयले जानकारी दिएको छ । गणनाका पाँच महिना भित्र सक्ने लक्ष्य रहेको छ । तथ्यांक संकलनका लागि घरधुरीमा गणक तथा सुपरीवेक्षक पुग्ने स्थानीय तहरुले बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया