खगेन्द्र दाहाल
स्थानीय निर्वाचनका बेला खजुरा गाउँपालिकामा उम्मेदवारहरुले पालिकालाई देशकै नमुना बनाउने भनेका थिए । उ बेला निर्वाचनको माहोलमा यस्तो भनेका होलान् भनेर धेरैले विश्वास गरेनन् । गाउँपालिकामा जनप्रतिनिधिहरुले गरेको काम र प्रगति हेर्दा साँच्चै केही प्रगति हुदैछ भन्ने भान थुप्रैलाई हुन्छ । गाउँपालिका क्षेत्रमा पक्कि अर्थात पिच, ग्रावेल सडक धमाधम बनिरहेका छन् । विद्यालयहरुको सुधारको लागि पहल भैरहेको छ । स्वास्थ सस्थाहरुको स्तरोन्ती हुने क्रममा छन् । किसानहरु व्यवसायिक बनिरहेका छन् । उद्योग खुल्नेक्रम बढ्दै छन । यो सगै स्थानीयले सहज रुपमा सेवा पाउन सकेका छन् । बाँकेमा रहेका अन्य नगर तथा गाउँपालिका भन्दा खजुरालाई नमुना रुपमा बनाउन विभिन्न करसत पनि भैरहेका छन् ।
पछिल्ला दिनमा खजुरालाई ग्रिन सिटिका रुपमा विकास गर्न पहल थालिएको छ । पालिकाका ८ वटै वडा समेटिने गरी ग्रिन सिटि त्यसमा पनि कृषिको विकासलाई महत्वपूर्ण पाटोका रुपमा लिइएको छ । यो बेला खजुरेली जनताले ग्रिन सिटीको सपना देख्न थालिसकेका छन् । गाउँका चोक चोकमा ग्रिन सिटी कस्तो बन्छ भन्ने चर्चा चल्न सुरु भैसकेको छ । हालको समयको करिव एक वर्ष अघि गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति साउस साउथ कर्पोरेसनले दुवैमा गरेको ग्रिन इकोनोमिक समिट सम्मेलनमा भाग लिन गएका थिए । नेपालको ७५३ स्थानिय तह मध्ये खजुरा गाउँपालिकाको तर्फबाट अध्यक्ष कक्षपतिले र बर्दघाट नगरपालिकाका मेयर धिरज बस्यालले प्रतिनिधित्व गरेका थिए । उक्त सम्मेलनमा अध्यक्ष कक्षपतिले खजुरालाई कसरी ग्रिन सिटि बनाउन सकिन्छ भन्ने अवधारणा प्रस्तुत गरेका थिए ।
कक्षपतिले प्रस्तुत गरेको प्रतावनालाई साउस साउथ कर्पोरेसनले चासोका रुपमा लिदै फेव्रवरी २३ मा पत्र कर्पोरेसनका तर्फबाट मिस्टर एलेक्समुले पठाएका थिए । उक्त पत्रमा खजुरा गाउँपालिकामा कसरी ग्रिन सिटिका रुपमा विकास गर्न सकिन्छ भनेर कागजपत्र सहित माग ग¥यो । गाउँपालिकाले पनि खजुराको पहिलेको अवस्था र अहिलेको अवस्था सहित आगामि योजना सहितको अनुमानित प्रतावनाका रुपमा पठाएको थियो । खजुरा गाउँपालिकाले पठाएको प्रतावनाको अध्ययन पनि पुनः कर्पोरेसनका एलेक्सले मार्च १८ तारिकमा चिठि पठाएका छन् । चिठिमा काम गरीने परियोजनाको स्थानिय लोकेशन, परियोजना स्थापना गर्ने मान्छे, कुल लागत बजेट, यसमा नेपाल सरकारको निति के छ , यसको प्रतिफल, मौसम सम्बन्धी जानकारी, नेपाल सरकारले के सहयोग गर्न सक्छ लगाएतका जवाफ मागिएको थियो । जसमा गाउँपालिकाले जियोलोजिकल सव्र्रेको काम सकिसकेको जनाएको छ ।
कागजपत्र माग गरे बमोजिम गाउँपालिकाले रिर्पोट कर्पोरेसनलाई बुझाए लगतै कर्पोरेसनका प्रतिनिधि एलेक्स मुले फोन मार्फत गाउँपालिकाका अध्यक्षलाई फोन मार्फत खजुरा गाउँपालिकामा आफुहरु एक पटक आएर हेर्ने र त्यसपछि मात्र परियोजना सन्चालन गर्ने नगर्ने बारे निर्णय गर्न सकिने भनेपछि करिव १० दिन अघि साउस साउथ कर्पोरेसनका डाइरेक्टर एलेक्स मु सहित प्रावधिकको टोलिले तगातार चार दिन सम्म खजुराको अनुगमन गरिसकेको छ । उनिहरुले पहिलो दिन खजुरा गाउँपालिकाको भौगोलिक अवस्था, आर्थिक अवस्था, सम्भावना, समस्या, परियोजनाको डिपिआर लगायतको जानकारी लिएका थिए । त्यसपछि सम्पूर्ण जनप्रनितिधिहरुसँग वडामै पुगेर भेटघाट गरेका छन् । गाउँपालिका भित्रका किसानको घरदैलोमा पुगेर भेट्दै छलफल गरेका छन् । विभिन्न धर्मगुरुहरु सगं नि चर्चा गरेका पाहुना टोलिले खजुराका साना देखि ठुला व्यापारीसम्मलाई भेटेर ग्रिन सिटिको बारेमा छलफल गरेका थिए । किसानको घरदैलोमा पुगेका उनीहरु खजुराको कृषिलाई आधुनिकीकरण गरि बैज्ञानिक तरिकाबाट गर्ने इच्छा व्यक्त गरेका थिए ।
खजुराको अवलोकन गरेर विदेशि टोली फर्किसकेपछि अहिले खजुरामा ग्रिन सिटिकै चर्चा हुन थालेको छ । ग्रिन सिटिमा ग्रिन एग्रीकल्चर पनि सघसगै लगिने भएकाले पनि यो परियोजना लागु भए खजुरेलि जनताको आर्थिक अवस्था बलियो बन्ने आसा गरिएको छ । परियोजना ल्याउन समस्या नभएको तर परियोजनालाई दिर्घकालिन रुपमा कसरी संचालन गर्ने विषयमा भने साउस साउथ कर्पोरेसन टिमको चिन्ता थियो ।
ग्रिन सिटिको डिजाएन तयार हुने क्रममै रहेको गाउँपालिका अध्यक्ष कक्षपति बताउछन । कर्पोरेसन टिमले ग्रिन सिटि निर्माणको लागी अत्यन्तै सकारात्मक सङकेत दिएकाले अब खजुरालाई ग्रिनसिटि बनाएर विकास गर्ने अध्यक्ष कक्षपतिले बताए । खजुराको वडा नम्बर १, २, ३ र ४ इजराइलि मोडालिटि बाट बनेको बस्ती हो । अनि वडा नम्बर ५,६,७ र ८ मदेशि तथा मुस्लिम समुदायको बाहुल्यताभएको बस्ती हो । यसलाई ग्रिन एग्रीकल्चरको रुपमा विकास गर्न खोजिएको र वडा नम्बर १, २, ३ र ४ लाई ग्रिन सिटिका रुपमा विकास गर्न खोजिएको छ । उक्त परियोजना लागु भए देशकै नमुना सुविधा सम्पन्न गाउँपालिका बन्नेमा खजुरेलिहरु सफलहुने जनप्रतिनिधिहरुले विश्वास लिएका छन । कक्षपतिले परियोजना पर्न सकेन भनेपनि खजुरालाई ग्रिनसिटिको रुपमा गाउपालिकाले लैजाने मनस्थिती बनाएको बताएका छन । ग्रिनसिटि निर्माणका क्रममा खजुरामा लाखौ बोट विरुवा रोपिने छन । हरेक घरमा रुखविरुवा, फलफुलका विरुवा, तरकारीबारी हुनैपर्ने गरी योजना बनाइने छ ।
खजुराका जनताको आयश्रोत उकास्ने मुख्य उद्देश्य राखिएको उक्त परियोजना जति सक्दो छिटो संचालन होस भन्ने खजुरेलीले चाहना राखेका छन् । ग्रिन सिटि परियोजनाले खजुराको मुहार परिवर्तन गर्ने अपेक्षा गरिएको छ ।