छिमेकीगाउँको कलुवाएका बिहानै गोरु खेद्दै खेततिर जाँदै थियो । हामी मर्निङ वाकमा थियौं । मेरो मर्निङ वाकमा मेरा छिमेकी पनि थपिए । हातमा लठ्ठी र काँधमा हलो बोकेर कलुवाको इशारामा गोरु निकै आज्ञाकारी भएर अगाडि हिँडिरहेको थियो । मानौँ सदियौँदेखि तिनले कलुवाको ऋण बोकेको छ । कलुवाले मलाई देखेछ क्यार, लठ्ठी समाएको हातमाथि उठायो र भन्यो, ‘राम राम, मणि सर ।’ ‘राम, रामकलुवा ।’ मैले जवाफदिएँ । हामी मर्निङवाकमा मस्त थियौँ । ऊ भने गोरुको साथमा व्यस्त ।
कलुवागुरुदेवको भक्त हो । हामीहरूलाई भेट्यो भने राम, रामभनेर अभिवादन गर्छ आफ्नो समूहका मान्छेलाई भेट्यो भने जय गुरुदेव भनेर सम्बोधन गर्छ । मैले उसलाई बेलाबखतमा भेट गर्दा भन्थेँ – ‘हामीलाई पनि जय गुरुदेव भनेर सम्बोधन गर्न मिल्दैन र ?’ उसले मलाई भन्थ्यो रामकै अवतार हुन्, गुरुदेव । हजुरलाई राम, रामभन्दा राम्रो लाग्छ भनेर राम, रामभनेको हो ।’
०००
कलुवालाई देख्दा कहिलेकाहीँ अचम्म लाग्छ । सादा जीवनका लागि यति ठूलो मिहिनेत ? न त राम्रो लगाउनु छ न त राम्रो खानु । न त राम्रो ठाउँमा बस्नु छ । तर पनि उसको मिहिनेत देख्दा अचम्मै लाग्छ । कसका लागि केका लागि यति ठूलो मिहिनेत गर्छ होला यसले ?
एकदिन सोधेँ, ‘तिमीले न त मीठो खान्छौ । न त राम्रो लाउँछौ । न त राम्रो महलमा बस्छौ अनि किन यति धेरै मेहनत गर्छौ ?’
कलुवा भन्छ, ‘सर, हामी भूमिपुत्र हौँ । हामीले भूमिको सेवानगरे अरू कसले नै गर्छ र ? अहिले त गाउँका जवानहरू सबै विदेशतिर जान थाले । सबैको जमिन बाँझो रहन थाल्यो । हामी यहाँ भएकाले पनि जमिन जोत्न छाडे । अरू कसले जोत्ला र ?’ उसको जवाफनिकै गम्भीर र जिम्मेवार पूर्ण थियो ।
कलुवालाई मैले नै हो पार्टी सदस्य बनाएको । चुनावमा उसले मैले नै भनेको ठाउँमा भोट हाल्थ्यो । भोट हाल्छ पनि । अझ विश्वास दिलाउन गुरुदेवको कसम पनि खाएको थियो । मलाई पापै लागे जस्तो भएको थियो किउसलाई कसम खाने स्थिति सिर्जना गराएकोमा । गुरुदेवका भक्तहरू कहिल्यै असत्य बोल्दैनन् भन्ने कुरा उसैको मुखबाट सुनेको थिएँ ।
चुनावको परिणाम आएपछि सायदउसले भेटेको पहिलो मान्छे म नै थिएँ । ‘सर मैले भोट हालेको मान्छेले त हारेछ त ? यस्तो कसरी भयो ?’ उसले राजनीतिका कुरा त्यतिबुझ्दैनथ्यो । उसको जिज्ञासालाई मेटाउने प्रयास गर्दै उसलाई भनेको थिएँ । ‘हेर् भाइ राजनीति भनेको देउपेचको खेल हो । यसमा जे पनि हुन सक्छ । हारिसकेपछि अब कस्को पो के लाग्छ र ?’ मेरो कुरा सुनेर उसले गम्भीर हुँदै भन्यो, ‘मेरो एउटा काम हुन्छ किभन्ने सोचेको थिएँ अब त आसै म¥यो । काम हुन्छ कि भन्ने सोचेको थिएँ ।’
उसले के कुरा ग¥यो मैले बुझ्न सकिनँ । यद्यपि ऊ मेरो प्रियपात्रहो ।उसलाई मैले पार्टी सदस्य मात्र बनाएको छैन । उसले ममाथि पूर्ण विश्वास पनि गरेको छ । ‘तिम्रो समस्या के हो स्पष्ट भनकलुवा ।’ ‘मरेर लानु त केही छैन सर । खाली हात आएको हो खालीहात नै जाने हो । केटाकेटीहरू छन् । भोलि उनीहरू ठूला होलान् । एक हल गोरु छन् । खेत बटैयामालिएको छु । बालबच्चाका लागि भएपनि मैले बास बनाएको ऐलानी जग्गाको लालपूर्जा बनाउनपाएउनको कल्याण हुने थियो । केटाकेटीहरूको बिचल्ली हुन्छ किभन्ने लाग्छ ।’ खिस्स हाँसेर कलुवाले आफ्नो समस्या प्रस्तुत ग¥यो ।
अहिलेसम्म उसको वास्तविकतामलाई थाहा थिएन । चासो पनि दिन सकिएको थिएन । उसले आएर आपैmँ पनि भनेको थिएन । बाहिरबाट हेर्दा त उसको अवस्था राम्रै लाग्थ्यो । तर उसको अवस्था बुझ्दा ऊ प्रति निकै सहानुभूतिको भाव उर्लेर आयो । उसलाई भनेँ, ‘यस्तो कुरा मलाई पहिले नै भन्नु पर्दैन त ?’ उसले तत्कालै मलाई सोध्यो, ‘अब हुन सक्दैन र सर ?नयाँ नेताले मेरो काम गर्दैन र ?’
मैले उसलाई आश्वस्त बनाउँदै भनेँ, ‘आत्तिनु पर्दैन, अबपनि हुन्छ पहिले नै भनेको भए पहिले नै भैसक्थ्यो होला । तिमी अहिलेसम्म ढुक्क हुने थियौ । पहिले नै मनको अशान्ति मेटिन्थ्यो ।’ कलुवा आश्वासनको खुसीमा हवस् सर भन्दै गयो ।
०००
मलाई लाग्यो, वास्तविक सुकुम्बासी बल्ल भेटेँ । नक्कली सुकुम्बासी कतिले जग्गा पाए वास्तविक सुकुम्बासी अभैm पनि भौँतारिइरहेका छन् । पैसाको खेल न हो आखिर । जसले पैसा दियो उसले जग्गापायो । जसले दिन सकेन उसले पाएन । लामो समयपछि कलुवालाई पुरानै समय अर्थात् मर्निङ वाकजाँदा भेटेँ । ऊ लडियामा धानलिएर बजारतिर जाँदै थियो । उसले टाढैबाट राम, राम सर भन्दै मलाई बोलायो । मैले पनिउसको नजिकै गएर राम, रामभाइ भनेँ । ऊमलाई देखेर खुसीथियो । हुन त उसको हँसिलो अनुहार सधैँ हँसिलो देखिन्थ्यो । तर त्यो समयको उसको अनुहार कृतज्ञताको जस्तो देखिन्थ्यो ।
‘तिम्रो कामभयो त ?’ उसलाई मैले सोधेँ । उसले हाँस्दै भन्यो, ‘अबकामहुने निश्चितभयो । सर राजस्वबुझाउने पैसा जम्मागर्न धानलिएर बेच्नजाँदैछु ।’ ‘ल, राम्रो भयो । राजश्व त बुझाउनप¥यो नि⁄ कसैले पैसा खानखोज्यो भने खबर गर्नू ।’ मेरो भनाइ प्रति उसले पुनःभन्यो, ‘पैसा दिएको भए त पहिले नै कामहुन्थ्यो होला सर । तर पसिनाको कमाइ त्यसै खेर फाल्नकहाँ सक्छु र ?’
०००
कलुवाले साह्रै घत लाग्दो कुरा ग¥यो । वास्तमा यो उसको भोगाइहो । पैसा सानोतिनो दुःख गरेर आउँदैन । दुईनम्बरी गरेर कमाउनेकालागिपो पैसाको खास भाउ छैन । कलुवाजस्तो व्यक्तिकालागि पैसाको एकएकभाउ छ । सायदयही ठानेर उसले पैसा नखुवाइकामगर्ने सोच बनायो । वास्तवमात्यो उसको पसिनाको कमाइहो । स्वच्छ छविको कमाइ ।
०००
‘यसरी हजुर बिहान–बिहान बाटोमाकिन दौडिनुहुन्छ ? तपाईको पनि जग्गा जमिन छ । काम गर्ने प्रशस्त ठाउँ छ । उतै खेतमागएर काम गरे यस्तो कष्ट गरेर दौडिनै पर्दैनथ्यो नि सर ।’ मेरो मर्निङ वाकलाई धेरै समयदेखि नियालिरहेको कलुवाले आज हिम्मतका साथभन्यो ।
‘कलुवा तिमी किसानहरूले मर्निङ वाकको अर्थ बुझ्दैनौ ।’ हाँसो गरेर मैले कलुवालाई जवाफदिएँ र बाटो लागेँ ।
०००
मर्निङ वाकचल्दै रह्यो । जति अगाडि बढ्दै जान्छु उति उसले भनेको कुराले घोच्न थाल्छ । कलुवाले बडो गम्भीर कुरा गरेको रहेछ । मेरो यो पसिना खेतमा बगाउन पाए त्यसको स्वादकति मीठो हुन्थ्यो होला⁄ मान्छे बिहान–बिहानै उठेर ठसठसी कन्दै योगा गर्छन् । त्यो योगा काममा लगाएको भएकति राम्रो हुन्थ्यो होला । वास्तविक योगा त कर्म हो । निरन्तरको कर्म । जसले समयलाई सदुपयोग गरेर कर्म गर्छ, उसलाई योगा वा मर्निङ वाकको जरुरी नै पर्दैन । आजमजस्तै सिंगो सहरवासीको बिहान–बेलुकी नै योगा र मर्निङ–इभिनिङ वाकमा सक्किएको छ ।
तीकिसान, ज्यामी, भरिया याभनौँ श्रमिकहरू, तिनलाई कसले सिकाउनुपर्छ योगा ? किन गर्नुपर्छ मर्निङ–इभिनिङ वाक ? आजहामी रामदेवको योगा, फलानोको त्यो, डिस्कानोको त्यो भनेर उफ्रिरहेका छौँ । भन्ने बेलामा कृषिप्रधान देश भन्छौँ । गर्ने बेलामा नानाभार्तीँ योगाशन गछौँ । वास्तवमा कलुवाले भनेभैmँ पसिना बगाउने उपाय खेतीबारीमा वा कर्ममा लगाउने हो भने हामीकति सम्पन्न हुने थियौँ । हामीले खाने प्रत्येक गाँसमा अग्र्यानिक स्वाद प्रवेश गर्ने थियो ।
०००
एक हप्तापछि बिहानै कलुवा मेरो घरमा आइपुग्यो । घरमामलाई भेट्न भनी भुन्टीलाई सोधेछ । भुन्टीले खेतमा गएको कुरा सुनाइछन् । ऊ खेतमै आइपुग्यो । मलाई काम गर्दै गरेको देखेर हँसि मजाक गर्ने स्वरमा भन्यो, ‘मर्निङ वाकमा थिएँ । सरलाई भेटूँ भनेको सर त यता बारीमा पो हुनु हुँदो रहेछ । पसिनाको स्वाद साह्रै मिठो हुन्छ सर ।’ ०००