प्राकृतिक विविधताले भरिपूर्ण बाँके राष्ट्रिय निकुञ्ज ५५० वर्ग किलोमिटरमा फैलिएको छ । प्राकृतिक र भौगोलिक रुपमा धनी यस राष्ट्रिय निकुन्ज विभिन्न प्रजातिका रङ्गीविरङ्गी चराचुरुङ्गी, जङ्गली जनावर हात्ती, बाघ, हरिण, चौका लगायत हेर्दै लोभ लाग्दा जनावर प्रशस्त मात्रामा देख्न पाइन्छ ।
तपाई हामी जोकोही प्रकृति प्रेमी बाँके राष्ट्रिय निकुञ्जको प्राकृतिक विविधता तपाई आफ्नै आँखाले प्रस्ट देख्न सक्नुहुन्छ रमाउन सक्नुहुन्छ । पर्यटन पर्यावरणको लागि यो क्षेत्र निकै उत्कृष्ट अब्बल हुन सक्ने मेरो ब्यक्तीगत धारणा रहेको यस संरक्षित क्षेत्र राष्ट्रिय स्तर देखि नै सुचिकृत हुने देखिन्छ । बाँके जिल्लाको पर्यटन पर्यावरण र स्तरोन्नतीका लागि यो हाम्रो हरियो वन नेपालको धनलाई जोगाउन तपाई हामी आफ्नै ठाउँबाट जागरुक हुन आवश्यक छ ।
यसै सिलसिलामा म र विनोद बुढाथोकी बाँके राष्ट्रिय निकुञ्जको सुन्दरता तपाई सामु पु¥याउन कोहलपुरबाट उत्तर तर्फ गाभर भ्याली क्षेत्र हुँदै निकुञ्ज जंगल भित्र पुग्यौं र क्यामेरा मार्फत सुन्दर रमणिय दृश्य तथा सप्तरङ्गी र नौ रङ्गी चराचुरुङ्गीहरुको फोटो लिन थाल्यौं ।
कालो तित्रा, बट्टाई, खरबट्टाई, मयुर, सानो बाज, मलाहा चील, कालो चील, माछाकुल, सर्पहारी चील, खरमजुर, कण्ठे ढुकुर, हलेसो, कण्ठे सुगा, टुइँसी सुगा, जुरे कोेइली, घाँसे लाटोकोसेरो, कोकले, कोचलगाँडे लाटोकोसेरो , ठेउवा, छिरबिरे माटीकोरे, मुरलीचरा, राजधनेश, न्याउली, कुथुर्के, काष्ठकूट, गर्दनथोप्ले लाहाँचे, गाजले पिट्टा, रानीचरी, कालो चिबे, जुरेली आठ सय प्रजातीका चराचुरुङ्गी हाम्रै निकुञ्जमा तर हामीलाई आज सम्म थाहा छैन, आज भोलीका प्रचण्ड गर्मिका दिन जगंल भित्र त्यती सहज त नहोला तर प्रकृतिको काख, हरियाली वातावरण, रमणीय दृश्य चराचुरुङ्गीका मनै लोभ्याउने सुसेली भौतिक जीवन भन्दा बेग्लै आनन्द छ । ‘पृथ्वीको दीव्य सौन्र्दय नअटाएर पट्ट भई, फुटी बाहिर निस्क्योकी पुष्पका रुपमा सबै’ हेरौं तस्बीर ।