पत्रकारका लागि कठोर कानुन किन ?

बाँकेबाटै गोरखापत्र छापिने

सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटा ज्यूले आइतवार बाँकेको कोहलपुरमा रहेको गोरखापत्र संस्थानको जग्गा निरिक्षण गर्नु भएको छ ।
जग्गा निरिक्षण गर्दै उहाँले छिटै बाँकेको कोहलपुरबाट गोरखापत्र संस्थानका प्रकाशनहरुको प्रकाशन प्रारम्भ गर्ने बताउनु भएको गोरखापत्रका नेपालगन्जस्थित समाचारदाता सिराज खानले जानकारी दिनु भयो ।

‘सबै अवलोकन पछि मन्त्रीज्यूबाट एक वर्ष भित्र भवन बनाउने र छापाखाना ल्याएर पत्रिकाको संस्करण सुरु गर्ने प्रतिबद्धता व्यक्त भएको छ,’ पत्रकार खानले भने ।
गोरखापत्रले कोहलपुरमा छापाखाना निर्माण लगायत कार्यालय समेत निर्माणका लागि २ बर्ष पहिले एक विगाहा जग्गा खरिद गरेको थियो । आजै बाँकेका पत्रकार बीच मन्त्री बाँस्कोटा पछिल्लो विवादित विधयकबारे अन्तरक्रिया गर्दैछन् ।

पत्रकारका लागि कठोर कानुन किन ? संचारमन्त्री गोकुलप्रसाद बास्कोटासंग आज दिउँसो २ बजे होटेल ग्यालेक्सी दरबार नेपालगन्जमा पत्रकारसँग अन्तरक्रिया गर्दैछौं, आयोजक नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले भन्नु भयो।

प्रतिक्रिया

प्रतिक्रिया