बाँकेको खजुरा गाउँपालिकाले पालिकाको केन्द्र तोकेको बि गाउँमा अत्याधुनिक प्रशासनिक भवन निर्माण गर्ने भएको छ ।
सिंह दरबारको झझल्को दिने उक्त प्रशासनिक भवनको डिपिआर तयार भएको छ । तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन डिपिआर बारे प्रारम्भिक चरणमा शुक्रवार छलफल भएको छ ।
खजुरा गाउँपालिकाको चौथो गाउँसभाले केन्द्रको यसअघि नै टुंगो लगाई सकेको छ । प्रशासनिक केन्द्र नयाँ ठाउँमा सार्ने निर्णयसंगै प्रारम्भिक काम शुरु भएको खजुरा गाउँपालिका प्रम्ुख किस्मत कुमार कक्षपतिले जानकारी दिए । अध्यक्ष कक्षपतिले शुक्रबार निर्माणाधीन डिपिआरको बारेमा पहिलो छलफल भएको बताए । उनले प्रशासनिक भवनसंगै फनपार्कको पनि योजना अगाडि सारिएको बताए ।
डिपिआरमा छलफल गरेर अन्तिम टुङ्गो लगाउने अध्यक्ष कक्षपतिले जानकारी दिए । पहिलो चरणमा गाउँपालिकाको भवन निर्माण र दोस्रो चरणमा फनपार्क निर्माण हुने अध्यक्ष कक्षपतिले बताए । करीब ६ विगाहा क्षेत्रफलमा गाउँपालिका प्रशासनिक भवन र फनपार्क निर्माणको योजनासहितको डिपिआर स्टे«न्थ डेभलपर्स प्रालिले निर्माण गरेको जनाइएको छ ।
इन्जिनियर विवेक लामिछानेको नेतृत्वमा उक्त डिपिआर तयार पारिएको हो । करीब २ करोडको लगतमा आगामी आर्थिक वर्षदेखि निर्माण कार्य प्रारम्भ गरिने जनाइएको छ ।.