राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षणका लागि बनाइएका नीति तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखेकी छन् । ‘हामी वातावरण संरक्षणका राम्रा नीति तथा कार्यक्रम बनाउँछौं, त्यसमा विभिन्न कोणबाट छलफल पनि गर्छौ’, विश्व वातावरण दिवसका अवसरमा नेपालगन्जमा बुधबार नेपालगन्जमा आयोजित वातावरण संरक्षण तथा जलवायु परिवर्तन विषयक राष्ट्रिय कार्याशाला गोष्ठी उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘तर कार्यान्वयनको पक्षमा बढी ध्यान दिनुपर्ने कुरा महसुस गरेको छु ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ जीवन जिउन स्वस्थ वातावरण आवश्यक हुने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले स्वस्थ वातावरण बनाउने दायित्व सबैको साझा भएको बताइन् ।
नेपाल भुपरिवेष्टि राष्ट्र भएकाले जलवायु परिवर्तनहरुको जोखिम ठूलो मात्रामा बढ्दै आएको छ । ‘हरित गृह ग्याँस उत्सर्जनले पृथ्वीको तापक्रम बढ्न गएकाले प्राकृतिक विपत्ति भोग्न बाध्य भएका छौं’, राष्ट्रपति भण्डारीले भनिन् । उनले दिगो वातावरण संरक्षणका लागि एकीकृत प्रयास आवश्यक रहेकोमा जोड दिएकी थिइन् ।
राष्ट्रपति भण्डारीले विकसित राष्ट्रहरुका कारण नेपाल जलवायु परिवर्तनको ठूलो जोखिममा परेको भन्दै समस्या समाधानका लागि नीतिगत पहल गर्न सरकारलाई सुझाव दिएकी थिइन् । देशको स्वास्थ्य, शिक्षा तथा विकासमा खर्च गर्नुपर्ने राष्ट्रिय ठूलो हिस्सा हरेक बर्ष जलवायुजन्य प्रकोप न्यूनीकरण र जोखिममा परेको समुदायको जीवन पुस्थार्पनामा खर्च गरिरहनु परेको राष्ट्रपति भण्डारीले बताइन् । ‘नेपाल हरिग गृह ग्याँस न्यून उत्सर्जन गर्ने भएपनि नगरेको अपराधको सजाय भोग्नु परिरहेको छ’, उनले भनिन्, ‘त्यसतर्फ अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट गरिसकेको छु ।’
जलवायु परिर्वतनको असरका कारण विश्वव्यापी रुपमा वातावरण विनाश हँुदै गएको भन्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘हामीलाई वन र प्रकृति जोगाउनुपर्ने साझा चुनौती छ । संरक्षणमा हामी सबै एकजुट भएर लाग्नुपर्छ । औपचारिकता निभाउनुभन्दा काम गरेर देखाउने बेला आएको छ । यसमा सबैको हातेमालो जरुरी छ ।’
आगामी पुस्ताका लागि अमूल्य र विशिष्ट जीवजन्तु तथा वनस्पति र वन क्षेत्रको संरक्षण एवं संवद्र्धन गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न राष्ट्रपति भण्डारीले सबैमा अपिल गरेकी थिइन् । उनले भनिन्, ‘जलवायु परिवर्तनको प्रभाव वातावरणीय ह्रास विकास र वातावरणबीचको सन्तुलनलाई सम्बोधन गरी प्रत्यक्ष तथा स्वच्छ वातावरण सिर्जना गर्न हामी सबै गम्भीर भएर लाग्नुपर्दछ ।’
राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण विश्वमा वातावरण विनाश भइरहेको सन्दर्भमा प्राकृतिक र जैविक विविधताले सम्पन्न राष्ट्र नेपालले वातावण संरक्षणमा पु¥याएको उल्लेख्य योगदानको चर्चा समेत गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीले विश्व वातावरण दिवसकै अवसरमा जिल्ला वन डिभिजन कार्यालय बाँकेको हाताभित्र आँपको बिरुवा रोपेकी थिइन् । उनले ‘एक घर, एक बिरुवा’ अभियानलाई सार्थक बनाउन आम नागरिकमा जनचेतना आवश्यक रहेको बताइन् । सो अवसरमा वनमन्त्री शक्तिबहादुर बस्नेत, प्रदेश मन्त्रीहरु, सङ्घीय तथा प्रदेशसभाका सांसद लगायतको उपस्थिति रहेको थियो ।