पिठोमा भ्याट लगाइएको भन्दै आलोचना गरिएको छ । उपभोक्ता हित संरक्षण मञ्च र नेपालगन्ज उद्योग वाणिज्य संघले दैनिक रुपमा खानामा प्रयोग हुने पिठोमा सरकारले भ्याट लगाउने निर्णय गरेको भन्दै आलोचना गरेका हुन् ।
मञ्च र संघले आइतबार संयुक्त विज्ञप्ति जारी गरेर सरकारले बजेट मार्फत पिठोमा भ्याट लगाउने निर्णय गरेको भन्दै फिर्ता लिन माग गरेका हुन् ।
संघका अध्यक्ष नन्दलाल वैश्य र मञ्चका अध्यक्ष बसन्त गौतमले पिठोमा भ्याट लगाउँदा उपभोक्ता प्रत्यक्ष मारमा पर्ने उल्लेख गर्दै उक्त निर्णय फिर्ता लिन माग गरेका हुन् ।