स्वास्थ्यका लागि साइकल

नेपालगन्जमा मनाइयो दोस्रो विश्व साइकल दिवस


दोस्रो विश्व साइकल दिवसको दिन सोमवार नेपालगन्जमा साइकल र्यालीको आयोजना गरिएको छ । स्वास्थ्यको लागि साइकल, पर्यावरण लाई साइक्लिङ्ग भन्ने नारा सहित नेपालगनका २० जना साइक्लिष्टहरुले सहभागिता जनाएका थिए ।

नेपालगन्जको स्थानिय बि।पि। चोकबाट सुरु भएको साइकल र्याली, धम्बोजी, कारकादो, न्युरोड, त्रिबेणिमोड, फुलटेग्रा, रामलिला मैदान, बान्के गाउँ, हुँदै भेरी अञ्चल अस्पताल अगाडि आएर समापन भएको थियो, समापन कार्यक्रममा भेरी अञ्चल अस्पतालका हाडजोर्नी विशेषज्ञ डा। प्रकाश थापाले साइकल चलाउनु स्वास्थ्यका लागि धेरैनै उपयोगी रहेको कुरा बताउनु भयो।

साइकल चलाउनेलाइ समाजमा हेर्ने दृस्ठिकोणमा परिवर्तन आउनु जरुरी रहेको र नेपालगन्जका सडकलाइ साइकल मैत्री बनाउनु पर्ने कुरा र्यालिका सहभागी हरुले बताएका थिए । नेपालगन्ज साइक्लिङ्ग क्लवको आयोजनामा उक्त साइलल र्याली भएको हो, कार्यक्रममा क्ल्वका सचिव गगन थापाले साइकल अभियानमा सबैखाले साइकल प्रयोग कर्ताको सहभागिता हुनु पर्ने कुरामा जोड दिनु भएको थियो, कासगरी साइकलमै जिविकोपार्जण गर्ने साइकल चालक, सडकमा दुव्र्यवहारको सिकार हुने गरेको, साइकल लेन नहुदा, धेरै दुर्घटनामा पर्नु परेकोमा दुक्जेसो गर्नु भएको थियो, कार्यक्रममा, क्ल्वका उपाध्यक्ष लवराज श्रेष्ठ , सुरेन्द्र कार्की, बुद्धि अधिकारी लगाएतले बोल्नु भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया