नेपालगन्ज : बाख्री बेच्नेलाई ५० हजार जरिवाना

नेपालगन्जका अधिकांश मासु पसलहरु मापदण्ड बिपरित, फोहर र गुणस्तरहित भएको पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले गरेको अनुगमनका क्रममा क्रममा मासु बिक्रेताले कानूनले निर्धारण गरेको मापदण्ड र गुणस्तरलाई ध्यान दिएको नपाईएको अनुगमनमा संलग्न उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।


बजार अनुगमनका क्रममा दर्ता नै नगरि ब्यवसाय सञ्चालन गरेको, सरसफाईलाई ध्यान नदिईएको, कतिपय ब्यवसायीले खुल्ला रुपमा मासु बिक्रि बितरण गरिएको, मुल्य सुचि राख्ने नगरेको, काटेर बिक्रि गर्न राखेको मासु फ्रिजमा राख्ने गरेको नपाइएको गौतमले जानकारी दिए ।
नेपालगन्जको एक मासु पसलले खसी भनी बाख्रीको मासु बेच्ने गरेको तथ्य बाहिर आएको छ । नियम बिपरित मासु बिक्री बितरण गरेको पाइए पछि रानीतलाउ सब्जीमण्डी नजिकै रहेको बब्लु फ्रेस हाउसका सञ्चालकलाई रु ५० हजार जरिवाना गरेको अनुगमन समितिले जनाएको छ । पसल नबिकरण नगरि संचालन गरेको, पसलमा मुल्य सुचि नराखेको, पसल फोहर रहेको र पसल भित्र जिउदा २ बाख्री राखेको पाईएकोले अनुगमन समितिले उपभोक्ता हित संरक्षण ऐन २०७५ बमोजिम रु ५० हजार जरिवाना गरिएको अनुगमनमा संलग्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए ।


खुल्ला रुपमा मासु बेच्ने ब्यवसायी भागाभाग
अनुगमनमा कडाई गरिएको थाहा पाए पनि मापदण्ड बिपरित मासु ब्यवसाय गर्नेहरु पसल छाडेर भागेका छन् । अनुगमन टोली सब्जि मण्डी नजिक पुग्दा खुल्ला रुपमा मासु माटेर बेच्ने ब्यवसायीहरु पसल छाडेर भागेका छन् । मासु ब्यवसायीले प्रहरी बस्ने बिटलाई समेत मासु काट्ने स्थल बनाएको पाइएको गौतमले बताए । अनुगमन टोलीले खुल्ला रुपमा मासु बेच्ने ब्यवसायीका मासु काट्ने र राख्ने सामाग्री लाई जफत गरेको थियो । अनुगमन टोली पसल नजिकै आएको देखेपछि पसलेहरु भागेको अनुगमनमा संलग्न बाणिज्य कार्यालयका प्रमुख कृष्ण पौडेलले बताए ।


अनुगमनका क्रममा फ्रिज नै नगरेर मासु स्टोर गर्ने गरिएको, मासु काटने औजार फोहर स्थानमा राख्ने गरेको, दुषित स्थानमा मासुको विक्री हुने गरेको, मासु काट्ने स्थान एकदमै फोहर दुर्गन्धित अवस्था फेला पारेको जनाएको छ ।


बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायको नेतृत्वमा रहेको अनुगमन टोलीले, मासु मण्डी, रानीतलाउ, फुल्टेक्रा लगायतको स्थानमा मासु विक्रीको अवस्थाको अनुगमन गरेको थियो । अनुगमनमा पशु क्वारेन्टाइन कार्यालयका डा. शितलबाबु श्रेष्ठ, पशु बिज्ञ केन्द्रका डा हरि बहादुर कुवर, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका शौरभ श्रेष्ठ, बाणिज्य कार्यालयका प्रमुख कृष्ण पौडेल, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य वसन्त गौतम, वडा प्रहरी कार्यालयका केशर बहादुर थापा, पत्रकार खगेन्द्र दाहाल लगायतको सहभागिता रहेको थियो ।


अनुगमन गरिका अधिकांश मासु पसलको बधस्थलको अवस्था नराम्रो रहेको, बधस्थल फोहर रहेको मासुको अवस्था पनि त्यति सन्तोषजनक नरहेको पशु क्वारेन्टाईन कार्यालयका पशु बिज्ञ केन्द्र नेपालगन्जका डा. हरि बहादुर कँुवरले जानकारी दिए । यसैबीच बाँके डुडुवा गाउँपालिका अन्र्तगत रहेका बजारको शुक्रबार सयुंक्त अनुगमन गरिएको थियो । गाउँपालिका वडा नंं. ४ सिधानिया र ५ कम्दीमा रहेका विभिन्न पसलहरुको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा मिठाई नास्ता पसलमा राखिएका मिठाईजन्य समाग्रीलाई राम्रोसंग सिसाभित्र राख्ने, सरसफाईमा विशेष ध्यान दिने, फर्म दर्ता नगरेका पसलहरुलाई दर्ता गर्नुपर्ने, पसलको बोर्ड राख्ने, रसायनको प्रयोग गरि फलफुल बिक्री नगर्न, दर्ता भएका पसलहरुको नियमित नविकरण गर्नुपर्ने जस्ता सुझाव दिइएको गाउँपालिका उपाध्यक्ष साहिदा बानोले बताइन् ।


पहिलो पटक स्थानीय तहका बजारमा संयुक्त अनुगमन टोली पुग्दा पसले व्यापारी दङ्ग परेका थिए । पहिलो पटक अनुगमन गरिएकोले मापदण्ड पुरा नगरेका पसलेहरुलाई सुरुमा सुझावसहितको चेतवानी दिइएको बाणिज्य कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेलले बताए । कम्दी मिलन चोकमा नास्ता पसल, फलफुल तथा तरकारी, दुग्ध डेरी उद्योग, किराना पसल, मासु पसल, हार्डवेयर जस्ता पसलहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया