अदालतमा अनावश्यक ब्यक्तिहरुको प्रवेश, मुद्दाका पक्ष बिपक्षमा हुने नारावाजी र अदालत परिसर भित्रै हुने बिवाद र झगडाका घटनालाई मध्य नजर राख्दै अदालतमा सुरक्षा ब्यवस्थालाई अझै ब्यवस्थित बनाउने निर्णय उच्च अदालत न्याय क्षेत्र समन्वय समिति गरेको छ ।
स्मरणीय छ केही समय पहिले मुद्दाको बिषयलाई लिएर एक समुह अदालत भित्र प्रवेश गरि नारावाजी गरेको थियो भने नेपालगन्ज उच्च अदालतमा बहुबिवाह मुद्दाका पक्षहरु आपसमा हात हालाहाल गरि झगडा गरेका थिए ।
बैठकमा बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले शुक्रबारदेखि नै अदालतको सुरक्षा ब्यवस्थामा प्रहरीले सक्रियता बढाउने र अदालत भित्र मुद्दाका सरोकारवाला पक्षहरु बाहेक अन्यलाई प्रवेशमा रोक लगाइने बताए ।
मिसिलको ढिलाइले न्याय सम्पादनमा समस्या
समन्वय समितिको बैठकमा अदालतबाट माग गरिएका मिसिल कागजात श्रेस्ताहरु नापी, भुमिसुधार लगायतका कार्यालयबाट समयमा प्राप्त नहुदा र प्राप्त भएका कागजातका श्रेस्ता पनि नबुझिने हुँदा न्याय सम्पादनमा समस्या परेका कुरा उठे पछि समाधानको पहल गर्ने निर्णय बैठकले गरेको छ ।