उपमहानगरपालिकामा ८ हजार विद्यार्थी विद्यालय बाहिरै

कृष्ण अधिकारी

सरकारले सबै बालबालिकालाई बिद्यालय भर्ना गराएर आधारभुत तह अर्थात कक्षा १ देखि ८ सम्मको शिक्षा निशुल्क प्रदान गर्ने घोषणा गरे पनि नेपालगन्ज उप महानगरपालिका क्षेत्रमा भने अझै पनि करिब ८ हजार बालिबालिका बिद्यालयको पहुँच भन्दा बाहिर छन् । १ लाख ४६ हजार ८ सय ७६ जनसंख्या रहेको नेपालगन्ज उप महानगरपालिका क्षेत्रमा अझै पनि करिब ८ हजार बालिबालिका बिद्यालयको पहुच भन्दा बाहिर रहेको जनाउदै बाल क्लब संजालले उपमहानगरपालिकाको ध्यानकर्षण गराएको छ ।


बाल क्लब संजालले नेपालगन्जमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा सहभागी भएका बालबालिकाहरुले पढ्ने चाहाना भए पनि आर्थिक अभाबका कारण पढ्न नपाएको भन्दै बिद्यालय भर्ना गराई सहज रुपमा पढन पाठनको ब्यबस्था मिलाउन आग्रह गरेका छन ।
बाल क्लब संजाल बाकेकी अध्यक्ष मेनका राबलले गरिब तथा बिपन्न समुदायका बालबालिकालाई बिद्यालयमा भर्ना गरि किताब मात्रै दिएर नपुग्ने बताउदै कपी, कलम, झोला र पोशाक लगायत अन्य शैक्षिक सामाग्री सहयोग गरि दिन नेपालगन्ज उप महानगरपालिकाकी उपमेयर तथा वडा अध्यक्षहरुलाई आग्रह गरेकी छिन ।


बाल क्लब सञ्जाल , लगायत बिभिन्न संघ संस्थाहरुको सहयोगमा २ बर्ष पहिले नेपालगन्ज उप महानगरपालिकाले तयार पारेको तथ्याङ अनुसार उपमहानगरपालिका क्षेत्रका ४ हजार ९९ बालबालिका बिद्यालयको पहुच बाहिर छन भने बिद्यालय भर्ना भएका मध्ये पनि ४ हजार ६० जना बालबालिकाहरुले बिचैमा पढाई छाडेको बाल क्लब संजाल, बाकेका पुर्ब अध्यक्ष साहिल अन्सारीले बताए । कक्षा ६ मा भर्ना भए पनि बिद्यालय छाडेकी खुस्बु राइले पढ्ने चाहाना भए पनि आर्थिक अभाबका कारण पढ्न नपाएको बताउदै पढ्ने चाहनालाई पुरा गर्न सहयोगको आशामा रहेको बताइन ।


नेपालगन्ज उप महानगरपालिकाकाकी उप प्रमुख उमा थापा मगरले बिद्यालय भर्ना हुन नसकेका र भर्ना भएर पनि बिचैमा पढाई छाडेका बालबालिकालाई सहज रुपमा पढन पाठनको ब्यबस्था मिलाउन उपमहानगरपालिकाको गत बर्ष ५० लाख बजेट बियोजन गरेर बिभिन्न कार्यक्रम संचालन गरेको बताइन ।

अभिभाबकहरुमा आफ्ना बालबालिकालाई पढाउनु पर्छ भन्ने सचेतना जगाउन नसक्दा अझै पनि धेरै बालबालिका बिद्यालयको पहुचबाट बाहिर भएको बताउदै उप मेयर थापा मगरले सबै बालबालिकालाई बिद्यालयको पहुचमा पुराउन उप महानगरपालिकाले बिभिन्न कार्यक्रम संचालन गरेको जानकारी दिइन । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा प्राथमिक, आधारभुत र माध्यामिक गरेर १ सय ५३ वटा बिद्यालय छन । तर २७ हजार २ सय जना भने अझै पनि निरक्षर रहेको तथ्याङ छ ।

प्रतिक्रिया

प्रतिक्रिया